सोनामदोर्जे लामा
युएई ,अगष्ट १ – नेपाल आदिवासी जनजाति परिषद् युएइले २१औं विश्व आदिवासी दिवश ९ अगष्टलाई, आगामी १४ अगष्टका दिन आबुधाबीको कर्नेशपार्कमा विशेष चियापान एवं भेटघाट कार्यक्रमको साथ मनाउने निर्णय गरेको छ ।
गत शुक्रवार परिषद्का कार्यवाहक अध्यक्ष भिम घिसिङको अध्यक्षता र प्रमुख संरक्षक हरि घर्ती मगरको प्रमुख आतिथ्यतामा हम्दाम कर्नेश पार्कमा भएको परिषद्को तेर्सो बैठकले उक्त निर्णय गरेको हो ।
विशेष कारणवश अध्यक्ष मोहन कुमार तामाङ नेपाल विदामा वस्नु भएकोले, का.वा.को जिम्मा समेत लिएका घिसिङले, नेपालको अधिकान्स आदिवासीहरुको ऐतिहासिक वस्तीमा, गत बैशाख १२ र त्यसपछी पटकपटक गएको बिनासकारी भुकम्पको कारण भएको ठुलो धन जनको क्षतिको कारण मुलुक शोकमग्न रहेको सम्वेदनालाई ख्याल गर्दै, विगतका वर्षहरुमा जस्तै यस वर्ष सास्कृतिक कार्यक्रम नगरी, मात्र चियापान एवं भेटघाट कार्यक्रमका साथ विश्व आदिवासी दिवस ९ अगष्ट मनाउने निर्णय गरिएको जानाकारी दिए ।
उक्त चियापान एवं भेटघाट कार्यक्रम तैयारीको निम्ती उपाध्यक्ष चन्द्रा साम्पाङ् राइको सम्योजकत्वमा ५ सदस्यीय तैयारी समिती गठन गरीएको छ । जसमा महासचिव नवराज गुरुङ,उप-महासचिव सोनाम् दोर्जे लामा, महिला विभाग प्रमुख माया गुरुङ र सद्स्य सुर्यमान आले मगर रहेका छन् ।