नगरकोटीको ‘मिस्टिक’ संवाद

Read Time:1 Minute, 39 Second

मनोज घर्तीमगर

‘फरक धार’ लेखकको रुपमा चिनिन्छन्, कुमार नगरकोटी ।

नगरकोटी भएपछि यौनको कुरा त हुने नै भयो । उनको लेखनमा यौनका कुराहरु बढि नै आउँछन् । नगरकोटीले लेखेको उपन्यास ‘मिस्टिक’ बारे जानकारी दिन पोखरामा आइतबार गरिएको ‘मिस्टिक मोकटेल’ संवाद कार्यक्रममा कवि सरस्वती प्रतिक्षाले नगरकोटीलाई उनको लेखन, जीवनशैली र व्यवसायिकतासंग सम्बन्धित प्रश्नहरु सोधिन् ।

प्राय नखुल्ने स्वभावका नगरकोटी सरस्वतीसंग भने खुलेरै सम्बादमा उत्रिए । उनीहरुबीच सम्बाद भैरहँदा हलमा कतिपटक हाँसोको फोहोरा छुट्थ्यो त कतिपटक हल शान्त हुन्थ्यो । यस्तो माहौल मिलाएको थियो एफएम बिग एफएमले ।

नगरकोटी र सरस्वती प्रतिक्षाबीच कुराकानी भैरहँदा उपस्थित सम्पूर्ण दर्शकले भरपुर मनोरञ्जनसंगै कुमार नगरकोटीका व्यक्तिगत र लेखकीय जीवनका किस्साहरु सुन्ने मौका पाए । ‘मिस्टिका’ बजारमा आउन भन्दा अगाडि यसको प्रकाशन संस्था ‘बुक हिल’ले उपन्यासको बजारिकरणमा सहयोग होस् भन्ने हेतुले यस्तो कार्यक्रम गरेको थियो । ‘मिस्टिका’ कुमार नगरकोटीले लेखेको पहिलो उपन्यास हो ।

तस्वीर : विवेक आचार्य / जक्शन डटकम

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %