सन्ध्या तमुलाई सम्मान

Read Time:1 Minute, 2 Second

रुद्र श्रीसमगर
  पोखरा, १४ साउन – एकीकृत नेकपा (माओवादी)निकट तमु राष्ट्रिय मुक्ति मोर्चा हङकङले मिस तमुस्यो–२०१४ की बिजेता सन्ध्या तमुस्योलाई सम्मान गरेको छ ।

मिस तमुस्यो सन्ध्यालाई मोर्चाका केन्द्रीय सदस्य एवं हङकङ शाखा अध्यक्ष दुर्गा तमु ‘मिलन’ले मोर्चाको तर्फबाट सम्मान गरेको हो ।

  सम्मान कार्यक्रममा एकीकृत नेकपा माओवादी हङकङ सचिव युवराज तमु, मोर्चाका केन्द्रीय सल्लाहकार बेलबहादुर तमु, मनप्रसाद तमु, सदस्य कृष्णकुमार तमु, बाबुलाल तमु, कलजित तमु, भक्त तमुलगायतको उपस्थिति थियो ।

अध्यक्ष दुर्गा तमु ‘मिलन’को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सह–सचिव पदम तमुले गरेका थिए।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %