मस्यौदाकारले किन विर्सिए “बुद्ध” लाई ?

Read Time:3 Minute, 33 Second

अमरदिप मोक्तान

विश्व मानचित्रमा नेपाल सानो राष्ट्र भएतापनि नेपाली धेरै भाग्यमानीमा पर्दछन् ।

  नेपाल परिचय गराउने तीन नाम मध्ये रणबाकुरा वीर गोर्खा, विश्वको सर्वोच्च शिखर सगरमाथा तथा नेपालको पवित्र माटोमा विश्व प्रख्यात “एसियाको ज्योती” अहिंसाका प्रर्वतक भगवान “बुद्ध” को जन्म भएको हो । नेपालीको दुर्भाग्य के हो भने “बुद्ध” प्रति अगाध सम्मान तथा श्रद्धा भएतापनि महामानव भगवान “बुद्ध” को निर्माणाधिन संविधानमा उल्लेख नहुनू हो ।

भगवान “बुद्ध” भारतमा जन्मेका हुन् भन्ने भ्रमपुर्ण असत्य तथ्यलाई सच्याउन बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सत्यलाई स्थापित गर्न देश विदेश जँहा भएपनि “बुद्ध” नेपालमा जम्मेका हुन् भन्ने बारे विभिन्न कार्यक्रम, गोष्ठि गरेर तथा भगवान “बुद्ध” नेपालमा जन्मेका हुन् लेखिएको ब्यानर, टिशर्ट लगाएर नेपाली जनताले विश्व जनमानस सामु सन्देश प्रवाहको फलस्वरुप “बुद्ध” जन्मस्थली नेपाल नै हो भन्ने कुरा धेरै हदसम्म स्थापीत भएको छ ।

यदि निर्माणाधिन नेपालको संविधानको सुरुवात “अहिंसाका प्रर्वतक गौतम “बुद्ध” को जन्मस्थल पवित्र भुमी नेपाल ” शब्द देखि प्रस्तावना शुरु गरिए यसले निर्माणाधिन संविधान पवित्र ग्रन्थको रुपमा उच्च सम्मान प्राप्त गर्नेछ साथै गौतम “बुद्ध” नेपालमा जन्मेका हुन् भन्ने आधारको पुष्टि सवल तथा मजबुत हुने थियो ।

थाहा छैन विश्व मानचित्रमा सम्मानित “बुद्ध” आफ्नो जन्मभुमि नेपालको निर्माणाधिन संविधानको प्रस्तावनामा किन अटेनन्, किन स्थान पाएनन् ? प्रस्तावना लेखनमा आवद्ध भएका बुद्धिजिवी मस्यौदाकारहरुको पुर्वाग्रही सोचका कारणले हो कि ? जानी नजानी भुलवशतः छुट्न गएको हो की ? कसैलाई खुशी पार्न कसैको आदेशमा “बुद्ध” नाम प्रति बेवास्ता गरेका हुन् बुझ्न सकिएन ।

प्रारम्भिक मस्यौदा माथि जनताको सुझाव लिने कार्य सम्पन्न भएको छ । प्रस्तावनामा अझै पनि सच्याउन सक्ने समय विद्यमान छ । नेपालका नेताहरुले नेपालको गरिमालाई विश्व सामु उच्च बनाउन बुद्ध प्रतिको सम्मान प्रकट गर्न अत्यन्त आवश्यक छ । तसर्थ प्रस्तावनाको शुरुवातमा “बुद्ध” शब्द कुनै पनि हालतमा छुट्नु हुदैन । “बुद्ध” प्रति सम्मान तथा श्रद्धा गर्ने नेपाली जनताले “बुद्ध” शब्द लेखिएमा हर्ष प्रकट गर्दै समर्थन गर्नेछन् ।

डाडाखर्क, दोलखा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %