मगर संघ कतारको एघारौं महाधिवेशन तथा १५ औं वार्षिक उत्सव सम्पन्न

Read Time:13 Minute, 29 Second

महेन्द्र थापा मगरको अध्यक्षतामा २७ सदस्यि समिति निर्विरोध निर्वाचित

विजय मगर

 

दोहा – कतार, श्रावण ६ –  नेपाल प्रवासी मगर संघ दोहा कतारले “भाषा, धर्म तथा संस्कृतिको संरक्षण—सम्बर्धन , मगरहरुको अभियान , जातिय पहिचान सहितको संघीयता , संघीयता सहितको संविधान” भन्ने नाराको साथमा मगर संघ कतारको एघारौं महाधिवेशन तथा १५ औं वार्षिक उत्सव सम्पन्न भएको छ ।

का.वा. अध्यक्ष महेन्द्र थापा मगरको सभापतित्वमा नेपाल मगरसंघका सचिव ज्ञानेन्द्र पुन मगरको प्रमुख आतिथ्यमा तथा महासचिव रमेश कनौजे मगरको सञ्चालनमा “११ औं महाधिवेशन तथा १५ औं वार्षिक उत्सव” १७ जुलाई २०१५ का दिन दोहा कतारको नज्मा स्थित शालिमार रेष्टुरेण्टमा सम्पन्न भएको छ ।

कार्यक्रममा विशिष्ट अतिथिहरुमा एन.आर.एन.ए (आई.सि.सि.) को सदस्य उमेश अधिकारी, एन.आर.एन.ए. (एन.सी.सी.) कतारको उपाध्यक्ष सुक ब. तामाङ, नेपाल प्रवासी आदिवासी जनजाति महासंघका अध्यक्ष सियाराम चौधरी, मगर संघ, दोहा कतारका सांस्कृतिक वाङ् (राजा) २०१५/०१६ रबिन मगर मगर संघ, दोहा कतारका प्रमुख सल्लाहकार भिम तरामुमगर थिए ।

अन्य अतिथिहरुमा किंरात याक्थुम चुम्लुङ दोहा, कतार अध्यक्ष मन कुमार आङ्वो, किंरात राई यायोख्खा शाखा दोहा, कतार अध्यक्ष, अमृत कुमार राई, तमु (गुरुङ) समाज, कतार अध्यक्ष, कृष्ण तमु, नेपाल प्रबासी तामाङ समाज, कतार प्रथम उपाध्यक्ष तिर्थ लामा, थारु कल्याणकारी सभा, च्याप्टर कतार सचिव भगवती प्रसाद चौधरी, सुनुवार सेवा समाजशाखा दोहा कतार अध्यक्ष नरवहादुर सुनुवार, माझी सेवा समाज, कतारका भरत माझी, प्रबासी नेपाली मंच, कतारका मुनाफ मियाँ, नेपाली संघीय समाज, कतारका सचिव तिलक काङवाङ, नेपाली एकता समाज, कतारका मदन श्रीस मगर, संघीय लिम्बुवान समाज, कतारका हुसेन खान, राष्ट्रिय जनमुक्ति मञ्च, कतार अध्यक्ष राज खुम्वु, नेपालीमहिला समाज, कतार  अध्यक्ष रेखा राई, खस क्षेत्री सेवा समाज,कतारका रेशम व. वस्नेत, तमु प्हे लु संघ, शाखा कतारका प्रथम उपाध्यक्ष, समाजसेवी, बुद्धिजिवि तथा ब्यवसायीहरु कमलमणि गुरागाईं, चानक पोख्रेल, विनेश तामाङ्, थिए ।

त्यस्तै अन्तर्राष्ट्रिय कलाकार मञ्च, शाखा कतारका अध्यक्ष भविन्द्र तामाङ, नेपाली कला केन्दका अध्यक्ष बविन राई, प्रवासी सांगितिक परिवारका अध्यक्ष शक्ति क्षेत्री, खोटाङ्ग सेवा समाजका प्रथम उपाध्यक्ष तिल खत्री, मोरङ सुनसरी सेवा समाजका टि.एन.बराल, चितवन युवा समुहका भुमिराज कार्की, गुल्मी सेवा समाजका उपाध्यक्ष झविन्द्र आचार्य, तनहु सेवा समाजका सचिव दिल ब. रानाभाट, धनकुटा सेवा समाजका का.वा.अध्यक्ष ललित लिम्वु, पाल्पाली सेवा समाजका चोलाकान्त डोटेल, समाज सेवा अभियान रुपन्देहीका सञ्जक रजक, दाङ देउखुरी सेवा समाजका बसन्तराज पुरी, कास्की आर्दश सेवा समाजका सचिव मन प्रसाद रानामगर,पाचथर सेवा समाजका खडानन्द वास्कोटा, पाथिभारा यूवा समाजका लक्ष्मी कुमार गुरुङ, अर्घाखाँची  सेवा समाजका युवराज पाण्डे, नेपाल पत्रकार महासंघका अध्यक्ष गणेश वन्जाडे, पत्रकार ईन्द्र तामाङ, गल्फ टाईम्स पत्रिकाका संवाददाता श्रीमतीउषावाग्ले (गौतम) रहेका थिए ।

अन्य अतिथिहरुमा संस्थापक सदस्य/सल्लाहकार सदस्य नारायण रानामगर, पुर्व अध्यक्ष तथा बर्तमान सल्लाहकार सदस्य देववहादुर रानामगर, बर्तमान सल्लाहकार सदस्य जनक थापामगर, पुर्व प्रमुख सल्लाहकार  डि एन.पाङ्मी मगर, मानार्थ सदस्य बविन राई, मानार्थ सदस्य टेक रसाईली, खिम ब. राना मगर, झविन्द्र आचार्य, बचत कोष, कतारका अध्यक्ष लिलम चिदि मगर, दोहा एरिया समिती अध्यक्ष उद्धव सारु मगर, सनैया ‘ए’ एरिया समिती अध्यक्ष मिन ब. थापा मगर, सनैया ‘बी’एरिया समिती अध्यक्ष याम थापा मगर, साहनिया एरिया समिती — अध्यक्ष पदम थापा मगर,  वक्रा एरिया समिती अध्यक्ष अमृत थापा मगर, अवुहमुर एरिया समिति अध्यक्ष चित्र ब. थापा मगर, सईलिया एरिया समिति अध्यक्ष कोलबहादुर थापा मगर, अल खोर एरिया समिति — अध्यक्ष मन कुमार थापा मगर, उम सलाल एरिया समिति अध्यक्ष टोव ब. थापा मगर थिए ।

कार्यक्रममा सभापति, प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिहरुवाट ब्यानर अनावरण गरेर तथा १५ वटा बत्तिमा दिप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरिएको थियो ।

मातृभुमिलाई सम्झेर नेपाली राष्ट्रिय गान र मगरहरुलाई एकताको शुत्रमा बांधिराख्ने मगरहरुको आफ्नै जातिय गान मगर गान गाय पछि देशको लागि लडाईं लडेर विर गति प्राप्त गर्नु हुने प्रथम शहिद लखन थापा मगर, जयसिं चुमि मगर, सुपति गुरुङ, सुकदेव गुरुङ तथा अन्य ज्ञात अज्ञात शहिदहरुको सम्झनामा एक मिनट मौन धारण पछि “११ औं महाधिवेशन तथा १५ औं वार्षिक उत्सव”  कार्यक्रमको वारेमा जानकारीको साथमा उपस्थित सम्पुर्ण अतिथिगणहरुलाई संस्थाको तर्फवाट ने.प्र.म.सं.,कतार (केन्द्रिय समितिका द्धितिय उपाध्यक्ष) शेर ब. रोका मगरले स्वागत गरेका थिए ।

शुभकामना मन्तब्य दिने क्रममा अतिथिहरुवाट १०औं कार्यकालका पदाधिकारीहरुले दोहामा अतिनै राम्रा र संस्थाको नाम उच्च राख्ने कार्यहरु गरेको र आज वाट वन्ने नयां कार्यसमितिलाई अग्रिम बधाई तथा पुर्ण कार्यकालको शुभकामना दिएका थिए ।

प्रमुख अतिथि नेपाल मगर संघ,(केन्द्रिय समिति) काठमाण्डौंका सचिव ज्ञानेन्द्र पुन मगरले हामी मगरहरु जहां रहे पनि आफ्नो भाषा, लिपि, संस्कृति, भेष भुषालाई संधै जोगाई राखि मगरहरुलाई एकताको शुत्रमा माला गांसेझैं गांसिदै एकआपसमा सहयोग गरी मगरहरुको एउटै मुद्दा  जातिय पहिचान सहितको संघियता, संघियता सहितको संविधानको नारालाई सार्थक बढाउन संसार भरका आदिवासी जनजातिहरुलाई एक भएर अगाढी बढ्नलाई आहवान् गरे।

कार्यक्रममा यस दशौं कार्यकाल (२०१३/०१५)सफल वनाउन सहयोग गर्नुहुनेस्वयंसेवक, खेलाडी, कलाकार तथा संस्थालाई हर समयमा सहयोग गर्नु हुने विनेश तामाङ, मन ब. पुन मगर र कमलराज थापा मगरलाई कदर पत्रद्धारा सम्मान गरिएको थियो भने यस संघमा आवद्ध रहेर लगातार १३ वर्ष देखि योगदान गर्नु हुने संस्थाका सल्लाहकार सदस्य तथा नृत्य निर्देशक जनक थापा मगरलाई संस्थाले उहांको योगदानको उंच्च मुल्यांकन गर्दै तात्र पत्रद्धारा सम्मान गरिएको थियो ।  कार्यक्रममा कला तथा सांस्कृतिक विभागका कलाकारहरुले मगर सांस्कृतिक झल्किने नृत्य तथा एकल गायनद्धारा अतिथिहरुलाई भरपुर मनोरञ्जन प्रदान गरिएको थियो ।

अन्तमा सभापतिद्धारा संपुर्ण उपस्थित महानुभावहरुलाई कार्यक्रममा आएर महाधिवेशन सफल पारि दिनु भएकोमा हार्दिक धन्यवाद सहित यस कार्यक्रम उद्घाटन शत्रलाई समापन गरिएको थियो ।

कार्यक्रमको बन्द शत्रमा नेपाल मगर संघ,(केन्द्रिय समिति) काठमाण्डौंका सचिव ज्ञानेन्द्र पुन मगरको प्रमुख आतिथ्यमा भएको उक्त वन्द शत्रमा संस्थाको चालु दशौं कार्यकाल (२०१३/०१५)को विदेश विभागको प्रतिवेदन, कला तथा सांस्कृतिक विभागको प्रतिवेदन, सांगाठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदनलाई महाधिवेशनको उपस्थित प्रतिनिधिद्धारा सामान्य संसोधनका साथमा सर्वसहमतले पारित गरिएको थियो ।

विधान मस्यौदा समितिका संयोजक देव व. रानामगरको समितिले तैयार पारेको नेपाल प्रवासी मगर संघ, दोहा कतारको विधान २००० (संसोधन २०१५)लाई संसोधित गरि नेपाल मगर संघ,केन्द्रिय समिति काठमाण्डौंवाट बैदेशिक शाखाका यस संस्थालाई आधिकारीक मान्यता प्राप्त भएकोले यस अधिवेशन देखि यस संस्थको नाम नेपाल मगर संघ, शाखा कतार अंग्रेजीमा Nepal Magar Sangh, Qatar Chapter रहेको  छ । अन्तमा यस संस्थाका का.वा. अध्यक्ष महेन्द्र थापामगरले बर्तमान कार्यसमिति विघटन भएको जानकारी दिएका थिए ।

निर्वाचन समितिका संयोजक भिम तरामु मगरको गठित समितिले एघारौं कार्यकाल अर्थात दुई वर्षका लागि महेन्द्र थापामगर (चितवन)को अध्यक्षतामा २७ सदस्यिय कार्यसमितिमा सर्व सहमतले निर्वाचित भएको थियो ।

अन्य पदमा समितिको प्रथम उपाध्यक्षमा शेरबहादुर रोकामगर (रुपन्देही), द्धितिय उपाध्यक्षमा लिलम्बर चिदीमगर (रुपन्देही), महासचिव विजय कुमार मगर (झापा) सचिव रविन मगर (धनकुट्टा), संगठन सचिव विवेक पुलामीमगर (काठमाण्डौ), कोषाध्यक्ष केशब रानामगर (धनकुट्टा), सहकोषाध्यक्ष केशब घर्तीमगर (रुपन्देही), सदस्यहरुमा अभिमत पुनमगर (रोल्पा), भक्तबहादुर रानामगर (उदयपुर), हिमबहादुर थापामगर (रुपन्देही), खगी पुनमगर (बाग्लुङ), लक्ष्मी घर्तीमगर (बाग्लुङ), चित्रसिंह थापामगर (तनहु), मिन बहादुर सारुमगर (पाल्पा), गणेश बहादुर थापामगर(गोरखा), खम्बराज थापामगर (खोटाङ), रवि पुलामीमगर (सुनसरी), मिलन घर्तीमगर (प्यूठान), टोपेन्द्र रहादीमगर (गुल्मी), शुक्रबहादुर पुलामीमगर(मोरङ), गायत्री पुनमगर (रुपन्देही), इश्वरा थापामगर (उदयपुर), बलहरी रानामगर(तनहुं), बाँकी खाली रहेको सदस्य पदमा पछि मनोनयन गर्ने गरि गठन गरिएको थियो । नवनिर्बाचित समितिलाई नेपाल मगर संघ केन्द्रीय समितिका सचिव ज्ञानेन्द्र पुनमगरले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए  ।

यस संघको मातहतमा रहेको ९ वटा एरिया समितिका पदाधिकारी तथा सदस्यहरु गरेर २०० जना भन्दा बढि प्रतिनिधिहरुको सहभागिताको माझमा महाधिवेशन सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %