दिपा आलेमगर
काठमाडौ , श्रावण ६ – नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिले आयोजना गरेको १६ औं अरुण स्मृति संगीत पुरस्कार वितरण समारोह एवं सम्मान कार्यक्रम मंगलबार प्रज्ञा प्रतिष्ठान भवनमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रमले राष्टिय वरिष्ठ लोक गायक मिरा रानामगरलाई छनौट गरी अरुण स्मृति संगीत पुरस्कारबाट सम्मान गरिएको हो । रानामगरलाई नगद रु ७ हजार रकमका साथै दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो ।
१६ औं अरुण स्मृतिको उद्घाटन एवं सम्बोधनकालागि भुमिसुधार व्यवस्था मन्त्री दलबहादुर रानामगरले सम्मानीत व्यक्तित्व वरिष्ठ गायक मिरा रानामगरलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका हुन् । अरुण थापामगरको जीवनीको बारेमा संघका सचिव विशाल रानामगरले प्रस्तुत गरेका थिए भने सम्मानीत व्यक्तिको बारेमा कोषाध्यक्ष कोकिल अस्थानीमगरले प्रस्तुत गरेका हुन् ।
त्यसैगरी कार्यक्रममा अरुण स्मृतिको सम्झनामा उनका गीत गाएर मगर सांस्कृति संघले माहोललाई तताएको थियो । त्यसैगरी कार्यक्रममा नेपाल मगर विद्यार्थी संघलाई विशेष सहयोग गर्दै आउनु भएका अग्रज व्यक्तित्व आर्शिवाद पुनमगरलाई पनि सम्मान पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि भूमिसुधार व्यवस्था मन्त्री दलबहादुर रानामगरले लोकप्रिय गायक अरुण थापामगरलाई राज्यले राष्टीय कलाकारको रुपमा सम्मान गर्नु पर्ने एवं उनको स्मृतिमा खोलिने प्रतिष्ठानकोलागि राज्यले व्यवस्था गर्न सक्दो प्रयास गर्ने बताए ।
अरुण थापा मगरलाई राष्टीय सम्मान सहित पुरस्कृत गर्नको लागि राज्यलाई दवाव दिन स्यम मगर समुदाय लाग्नु पर्ने बताए । उनले नेपालका प्रथम सहित लखन थापामगरलाई राज्यले छिटटै सम्मान गर्ने तयारी भएको कुरा समेत बताए । लखन थापालाई नेपालकै प्रथम सहित घोषित गर्नु पर्छ भनेर लामो समय मगर समुदायले राज्यलाई जनदवाव दिएको हुंदा राज्यले त्यो कदम चालेको समेत बताए । मन्त्री रानाले भने अरुण थापामगर मगर समुदायको मात्र नभएर राष्टिय अन्तराष्टिय जगतमै लोकपिय कलाकार भएको हुंदा राज्यले उनको कलालाई सम्मान गर्नु पर्ने र आफूले सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा नेपाल मगर संघका वर्तमान महासचिव नविन रोका मगर, पूर्व अध्यक्ष एवं सल्लाहकार यमबहादुर बुढाथोकीमगर, नेपाल मगर विद्यार्थी संघका सल्लाहकारहरु बम कुमारी बुढामगर, रामबहादुर थापामगर, उमा थापामगर, त्यसैगरी मगर सांस्कृति संघका अध्यक्ष खडक बुढामगर, आदिबासी जनजाति विद्यार्थी महासंघका अध्यक्ष दुजांग शेर्पा, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी, लगायतले १६ औं अरुण स्मृतिमा आ आफ्ना धारणाहरु राख्दै सम्मानीत व्यक्तिलाई शुभकामना दिएका थिए ।
१६ औं अरुण स्मृतिको सम्झनामा चर्चित गायक बमबहादुर कार्की, सिवा आले, आकाश थापामगर,खडक बुढामगर लगायतले माहोललाई अरुणमयबनाएका थिए ।
कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष दिपा आलेमगरले गरेका थिए । उनले कार्यक्रममा आउने सम्पूर्ण संघ संस्था एवं कलाकार, सुरक्षाकर्मी, पत्रकारलाई धन्यवाद दिर्दै मगर विद्यार्थीको उद्देश्य सहितको बारेमा धारणा व्यक्त गरे । १६ औं अरुण स्मृतिमा स्वागत मन्तब्य संघका वरिष्ठ उपाध्यक्ष कमल थापामगरले गरेका हुन् भने कार्यक्रम सञ्चालन महासचिव गोम रानामगरले गरेका थिए ।
त्यसैगरी उक्त कार्यक्रममा संघका सल्लहाकार गौ बहादुर आलेमगर, बौद्ध मगर संघको अध्यक्ष देव बहादुर रानामगर, संघका पूर्व महासचिव हेमन्त बुढाथोकीमगर,पूर्व अध्यक्ष माधव दर्लामीमगर, निःवर्तमान सचिव युरिका मगर, युवा मगर संघका प्रतिनिधि तिलक मगर, संघका निःवर्तमान कोषाध्यक्ष सुभाष आलेमगर,लागयतको उपस्थिति थियो । केन्द्रीय वर्तमान पदाधिकारी केन्द्रीय सदस्यहरु सहभागिता रहेको थियो । मगर विद्यार्थीका विभिन्न क्याम्पस समितिका पदाधिकारीहरुको समेत उपस्थित रहेको थियो ।