अरुण प्रतिस्थानबाट पत्र आए सहयोग गर्छु : मन्त्री राना

Read Time:3 Minute, 32 Second

भिम राना मगर

 (लोक गायिका मीरा राना मगरलाई सम्मानपत्रले सम्मानित गरिदै)

काठमाडौं , साउन ५ – नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिको आयोजनामा १६ औं अरुण स्मृति सभा तथा अरुण स्मृति संगीत पुरस्कार वितरण समारोह भव्यताका साथ सम्पन्न भयो ।

समितिकी अध्यक्ष दिपा आले मगरको सभाध्यक्षमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव गोम राना मगरले गरेका थिए भने स्वागत मन्तव्य समितिका वरिष्ठ उपाध्यक्ष कमल थापा मगरले दिएका थिए ।

(फोटो: भिम राना मगरको फेशबुक बाट)

भूमि सुधार तथा व्यवस्था मन्त्री माननीय दलबहादुर राना मगरको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा समितिका सचिव विशाल राना मगरद्वारा स्व. अरुण थापा मगरको जीवनी वाचन गरेका थिए । नेपाल प्रेस युनियनका महासचिव अजय बाबु शिवाकोटीले अरुण थापा प्रतिष्ठान राज्यबाट गर्नु पर्ने, उनको नाममा पुरस्कार स्थापना र जीवनी पाठ्यक्रममा राख्नु पर्ने अभिमत राखेका थिए भने अर्का वक्ता सल्लाहकार बम कुमारी बुढा मगरले पुरस्कारले उत्प्रेरणाको कार्य गर्ने हुँदा आजको दिनमा संगीतकर्मीहरुको सम्मान होस् भन्ने सुझाव दिए ।

 त्यसैगरी नेपाल मगर संघ केन्द्रिय समितिका महासचिव तथा विशिष्ट अतिथि नविन रोका मगरले अरुण स्मृति प्रतिष्ठानको लागि सरकारले जग्गा उपलब्ध गर्न माननीय मन्त्रीलाई आग्रह गरे ।

उक्त कार्यक्रममा पूर्व विद्यार्थी अध्यक्ष रामबहादुर थापा, लोक गायक बमबहादुर कार्की, आदिवासी जनजाति विद्यार्थी महासंघका अध्यक्ष डुजाङ शेर्पा, साँस्कृतिक संघका अध्यक्ष खड्ग बुढा मगर, सल्लाहकार उमा थापा मगरले आ–आफ्नो विचार व्यक्त गरेका थिए । साथै नेपाल मगर संघका पूर्व अध्यक्ष यामबहादुर बुढाथोकी मगरले अरुण स्मृति सभा तथा अरुण संगीत पुरस्कार कार्यक्रम काठमाडौंमा मात्र सिमित नराखी देशको विधिन्न ठाउँमा पनि गर्नु पर्ने सुझाव दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि माननीय मन्त्री दलबहादुर राना मगरले अरुण संगीत पुरस्कारद्वारा सम्मानित लोक गायिका मीरा राना मगरलाई सम्मानपत्र प्रदान गर्दै अरुण थापा जिउदो हुँदा सम्म राज्य बेखबर भएको र उनको मृत्यु भएपछि गीत बज्न थाले पछि मात्र चर्चित भएको स्मरण गराउदै अरुण स्मृति प्रतिस्थानबाट प्रक्रिया सहित जग्गाको माग भएमा आफूले सहयोग गर्ने प्रतिबद्घता व्यक्त गरे ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %