बर्षवास भनेको के हो ?

Read Time:4 Minute, 51 Second

✍ भिक्षु बुद्ध रक्खितो ‘रनु पुलामी मगर ’

– वर्षात् समयमा बस्नु भन्ने अर्थमा वर्षावास हो । वर्षात् तीन महिना अर्थात् आषाढ पुर्णिमादेखि असोजपुर्णिमासम्म भिक्षुहरु एकै ठाउँ वा विहारमा अधिष्ठान गरी नियमपूर्वक बस्नुलाई वर्षावास भनिन्छ ।

भगवान बुद्धले  जम्मा कति बर्ष  वर्षावास बिताउनु भएको छ ?

– ३५ वर्षदेखि ८० वर्षसम्म जम्मा ४५ वर्षवास बर्ष वास विताउनु भएको छ ।

 भगवान् बुद्धले पहिलो वर्षावास कहाँ बिताउनु भयो ?

– सारनाथको ऋषिपतन मृगदावनमा

भगवान् बुद्धले ऐतिहासिक वेणुवन विहारमा कति वर्षावास बिताउनु भएको छ ? 

 ५ पटक |(दोश्रो , तेश्रो , चौथो ,सत्रौं , बीसौं )

भगवान् बुद्धले नेपालको कपिलबस्तुमा आफ्नो कतिऔँ वर्षावास सम्पन्न गर्नु भएको थियो ?

– १५ औँ , कपिलवस्तुको न्युग्रोधाराममा

भगवान् बुद्धले श्रावस्तीको जेतवन  विहारमा कतिपटक वर्षावास सम्पन्न गर्नुभयो ?

– १५ पटक सम्म | (१४ , २१ , २३ , २५ , २७ , २९ , ३० , ३१ , ३३ , ३७ , ४१ , ४३ , ५४ औँ वर्षावास )

भगवान् बुद्धले श्रावस्तीको पुर्वाराम विहारमा कति पटक वर्षावास बस्नु भयो ?

– ११ पटक सम्म ।  २२ , २४ , २६ , २८ , ३२ , ३४ , ३६ , ३८ , ४० , ४२ , ४४ औँ वर्षावास)

भगवान् बुद्धले पारिलेयक वनमा वर्षावास बिताउनु भएको कतिऔँ वर्षावास थियो ?

१० औँ वर्षावास ।

व्यक्तिको कारण ठाउँ छोड्ने विशेष अवस्थामा, खानपान प्रतिकूलतामा मात्र नभई व्यक्तिको प्रतिकूलतामा पनि भगवान् बुद्धले वर्षावास बसिरहेको ठाउँलाई छोडेर जान मिल्ने अनुमति दिनुभएको छ व्यक्तिको प्रतिकुलतालाई विनयमा उल्लेख भएअनुसार बुद्धवचनलाई यसरी स्पष्ट पार्न सकिन्छः

१) भिक्षुहरु , यदि वर्षावासबसेको भिक्षुलाई स्त्रीले प्रलोभन  देखाउछ- “भन्ते, तपाइलाई धन, सम्पति, नोकर सबै दिन्छु, स्वास्नी दिन्छु वा म आफै बन्छु वा अर्को ल्याइदिन्छु ।” तब भिक्षुलाई यस्तो लाग्छ कि बुद्धले चितलाई छिट्टै बदल्ने भन्नुभएको छ, के थाहा,  मेरो ब्राह्मचर्य पनि बिग्रने हो कि ! यस्तो अवस्थामा भिक्षुले त्यो ठाउँ छोडेर जानुपर्छ, वर्षावास बिग्रने डर छैन ।

२) भिक्षुहरु, यदि वर्षावास बसेको भिक्षुलाई वेश्याले प्रलोभन ……….,

३) भिक्षुहरु, यदि वर्षावास बसेको भिक्षुलाई स्थुल कुमारी(उमेर गएको अविवाहित स्त्री) ले प्रलोभन …..,

४) भिक्षुहरु , यदि वर्षावास बसेको भिक्षुलाई हिजडा (पंडक) ले प्रलोभन …………..,

५) भिक्षुहरु , यदि वर्षावास बसेको भिक्षुलाई चोरले प्रलोभन ………,

६) भिक्षुहरु , यदि वर्षावास बसेको भिक्षुलाई राजाले प्रलोभन …..,

७) भिक्षुहरु , यदि वर्षावास बसेको भिक्षुलाई जातिवालाले प्रलोभन …..,

८) भिक्षुहरु , यदि वर्षावास बसेको भिक्षुलाई बदमाशले प्रलोभन ………….,

९) भिक्षुहरु , यदि वर्षावास बसेको भिक्षुलाई खजाना भेट्टीयो भने जसको कोहि मालिक छैन । तब भिक्षुलाई यस्तो लाग्छ कि बुद्धले चितलाई छिट्टै बदल्ने भन्नुभएको छ , के थाहा मेरो ब्राह्मचर्य पनि बिग्रने हो कि । यस्तो अवस्थामा भिक्षुले त्यो ठाउँ छोडेर जानुपर्छ, वर्षावास बिग्रने डर छैन ।

यसरी नै , संघभेद रोक्नको लागि संघभेदकोसंभावना रहेको ठाउँमा पनि वर्षावास त्याग गर्नुपर्छ | यस सम्बन्धमा पनि भगवान् बुद्धले वृतान्त बताउनुभएको कुरा विनय पिटकको  महावग्गपालि ग्रन्थमा उल्लेख भएको छ ।

श्रोत:- महाविद्यालय महाचुलालोङ्करणराज विद्यालय, थाइल्याण्ड

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %