लुम्बिनी मञ्चको छैठोै अधिबेशन सम्पन्न

Read Time:2 Minute, 45 Second

राज्यसत्ता

लुम्बिनी मञ्च हङकङले छैठोै अधिबेशन जोर्डन रोड हङकङ स्थित लुम्बिनी क्लबमा मञ्चको अध्यक्ष नर प्रसाद थापाको अध्यक्षता सम्पन्न गरेको छ । प्रमुख अतिथिको अाशन ग्रहण मञ्चका बिधान मस्योैदाकार तथा संस्थापक अध्यक्ष हेम राज थापाले गरेका थिए । कार्यक्रमको सन्चालन मञ्चका सचिव भरत थापाले गरेका थिए । साथै कोष बिबरण कोषाध्यक्ष यम लाल कडेलले प्रस्तुत गरेका थिए । बार्षिक प्रतिबेदन बिबरण सचिव भरत थापाले प्रस्तुत गरेका थिए ।
उपस्थित सभाले बिधान संसोधन सम्बन्धमा छलफल गर्दा केहि बुंदा माथि संसोधन गर्ने निर्णय गरेको छ । लुम्बिनी मञ्च, हङहङमा स्थापित संघ संस्थाहरू मध्ये भिन्न प्रकारको स्वच्छ छवि कायम गर्न सफल मध्येको संस्थामा लिन सकिन्छ । बुद्धको जन्मभुमी पवित्र स्थल लुम्बिनीको नाउमा स्थापना भएको मञ्च पवित्र, स्वच्छ,र निर्मल संस्था मध्ये एक हो । बिधानको प्रस्तावनामा लेखिए बमोजिम मञ्च सबै नेपालीको साझा फूल बारी हो । यस मञ्च भित्र सबै प्रकारका फूलहरू फुलन सक्नेछन । हाल सम्म यो मञ्चले यहि बिधानको नियमलाइ अनुसाशित तरिकाले पालना गर्दै अाएको पाइन्छ ।
यसै अनुरूप हेम राज थापा र एम बि थापाको अध्यक्ष मन्डलले निम्न बमोजिमका नयाँ कार्यसमितिका पदधिकारीलाइ प्रस्ताब राखेकोमा उपस्थित जन सभाको सर्ब सम्मतिमा नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ चयन कार्यसमितिका पदाधिकारीहरूः

१.अध्यक्ष- गणेश जंग राना
२.उपाध्यक्ष- पुरन खडका
३.सचिव- देबिन थापा
४.सहसचिव- रिक्त (पछि पदपूर्ती)
५.कोषाध्यक्ष- यम लाल कडेल
६.सहकोषाध्यक्ष- रिक्त (पछि पदपूर्ती)
सदस्यहरूः
१.वरिष्ट सदस्य- प्रेम बहादुर गलामी
२.सदस्य- (क) लक्ष्मी थापा
३.सदस्य- (ख) लक्ष्मी थापा
४.बिनोद थापा
५.रमेश चोैधरी समेत गरी एघार सदस्यिय कार्यसमिति चयन गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %