निर्दोषलाई पोखरा लोक ताराको उपाधी

Read Time:1 Minute, 33 Second

मनोज घर्तीमगर

गायन प्रतिभाको खोजी गर्ने भन्दै पोखरामा अनेकन नामधारी कार्यक्रम भइरहन्छन् ।

 

पछिल्लो सयम थपिएको छ, पोखरा लोक तारा २०७२ । संगीत सिकाउने सँस्था त्रिवेणी संगीतालयको आयोजनामा भएको पहिलो सँस्करणको उपाधी बाग्लुङका रेशम निर्दोषले जितेका छन् । शनिबार पोखरा उद्योग वाणिज्य संघमा भएको अन्तिम प्रतिस्पर्धामा ११ जनालाई पछी पार्दै निर्दोषले उपाधीसहित  ३० हजार रुपैंया र सिल्ड पुस्कार पाए ।

उपविजेता निश्चल दवाडी, प्रथम उपविजेता पवित्रा मगर, सान्त्वना पुरुस्कार माया केसी र पब्लिक च्वाइस अवार्डको पुस्कार भवी थापामगरले पाइन् । उनीहरुले क्रमशः २० हजार, १० हजार र ??? पुस्कार पाए । लोक तारा छान्न  लोकदोहोरी गायक पुरुषोतम न्यौपाने, कुलेन्द्र बि.क र संगीतकार बिबि अनुरागी निर्णायक थिए ।

त्यस अवसरमा भुकम्प पीडित संचारकर्मी रमेश तिमिल्सिनालाई रु १० हजार १० रुपैंया सयोग पनि गरिएको थियो । कार्यक्रम सन्चालन पदम थापा मगरले निकै गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %