एनआरएन बेलायतको चहलपहललाई नजिकबाट नियाल्दा

Read Time:5 Minute, 31 Second

रोशन मेवाँहाङ्ग

लण्डन ,३ साउन –  मास्टर राष्ट्र राई बेलायत समुदायमा चिरपरिचित नामहो ।

 

खेलकुद, मार्सल आर्ट क्षेत्रका हस्ती, सगरमाथा तेक्वान्दो डोजाङका संस्थापकतथा बर्तमान अध्यक्ष मास्टर राष्ट राई बताउनु हुन्छ ।

एनआरएन वेलायत सम्पूर्ण गैरआवासीय नेपालीहरुको साझा संस्थाहो। यसमा सबैको हक र अधिकार हुनुपर्छ र यहाँको नेपाली समुदायहरुलाई साथ सहयोग, देन र सहीमार्गदर्शन यो संस्थाले दिनु पर्छ भन्ने मलाई लाग्दछ। तर यसको अलवा यो संस्थाअबिधिवत र अबैधानिक रुपमाचलिरहेको छ साथै पदको भागबण्डा र गुटबन्दि भईरहेको कुरा छर्लङ्ग देखीईरहेको छ। अझ संबेदनसिल कुरा त लेखाहिसाबकिताब नै अस्पस्ट, अपारदर्शिहुनका साथै कोष हिनामिनाभएको कुरा खुलासाभएको छ। यो बेलायतबासी नेपालीहरुको लागीबडो बिडम्वनाको कुरा हो।

खेलकुदआजको समाजमाकति महत्वपूर्ण छ र यसले युवापिंडिहरुलाई कसरी सहि मार्र्ग्तिर डोर्याउँछ ?

खेलकुदजसमादशौं अन्र्तराष्ट्रिय मैत्रीपूर्ण खुल्ला तेक्वान्दो प्रतियोगितागतबर्ष जुलाई २०१४ मा वेलायतको रिडिङ्मा सगरमाथा तेक्वान्दो दोजाङ र जेन मार्सल आर्टको संयोजनमा सम्पन्नभएको थियो । त्यस प्रतियोगितामा साथसहयोगको अपेक्षा राखिएनआरएन वेलायतसंग सहकार्य गरि कार्यक्रमलाई अगाडि बढाईएको थियो।

तर , एनआरएनका केहि ब्यक्तिहरुले मात्र सहयोग गरे।आफ्नै झुण्डको अनलाईन पत्रिकामाभने एनआरएन बेलायतले दशौं अन्र्तराष्ट्रिय मैत्रीपूर्ण खुल्ला तेक्वान्दो प्रतियोगितासंपन्न गरे भनेर झुटो समाचार छपाए । सरसल्लाह र सहमतिमुताबिकएनआरएनले जेम्मेवारी ननिभाई धोकादिएको र यस बिषयमादुःखलागेको बताउदैखेलकुद र युवापिंडिहरुलाईएनआरएन जस्तो संस्थाले कुनै सहयोग नगरेको राईले गुनासो पोखे ।

युवाहरुले एनआरएन, वेलायतको लागि साथै सम्पूर्ण गैर आवासीय नेपाली समुदायको भलाईको लागि यस संस्थामाभईरहेको नकारात्मक र गल्तिबिषयबस्तुमा उठाईरहेको आवाजलाई बेवास्तागरिरहेको छ र जुन कुरा जनमानसमा सर्ब्बिदितै छ। यसरी वेलायतमा रहेकालगभग ५० प्रतिसत गैरआवासीय नेपालीयुवाहरुलाई यो संस्थाले समेट्न नसकेको राईले बताए। जबसम्मयुवाहरुलाई समेटिदैन र स्थान र अभिभारा दिईंदैन तबसम्महाम्रो समाज अगाडि बढ्दैन भन्ने धारणा ब्यक्तगरे।

दर्जनौ प्रतिस्प्रधीहरुले धमाधम अध्यक्षपदमाउम्मेदवारी घोषणा गरिरहेका छन । यसमातपाईको कस्तो विचार रहला?

एनआरएन, वेलायतमा सुधार आई सहि ढंगले अगाडि बढ्छ भन्ने आशा र अभिलासा राख्दा राख्दै झन्नै सैदान्तिकमतभेद, जातिय भेदभाव र गुटबन्दि भईरहेको कुरा हालै हुनगईरहेको अधिवेशन र उम्मेदवारीकोचहलपहलले प्रस्टाईरहेको बताउँछन । अबपनि यस्तै खालको नकारात्मकक्रियाकलाप हुन्छ भने एनआरएन वेलायतको कुनै औचित्य नरहने र बिकल्प सोच्नुपर्ने राईको अड्कल छ।

बोरामाबोकेर सदस्यताशुल्क पारादर्शि नगर्ने बोरे पदाधिकारीहरुको चहलपहल शुरुवात

अधिवेशनमाआफ्नो मतदिन अनुरोध गर्दै सोझा साँझा बेलायतबासी नेपालीहरुलाई ठगि गर्न चहलपहल शुरुवात थालेका छन । आफ्नो मतखसाल्न शुल्कभुक्तानी गरी परिचयको प्रमाण जुटाउनु पर्ने । आईतबारेमाकुनै सामान सौद्घा गरे जस्तो । तिनै पदाधिकारीहरुलाई पाचौ अधिवेशनमाबोरे संस्थाको आरोप पनिलागेको थियो । बोरे पदाधिकारीहरुको कारण एनआरएन बेलायत विवादको भुङरोमाहोमिएको हो ।

विवादअहिले सम्म टुङ्गो नलागे पछि एनआरएन बेलायतको बैंक खाताबन्द गरेको जानकारी एनआरएन बेलायतका बरिष्ठ सल्लाकार तथाआर्थिक छानविन समितीका उपसंयोजक राईलेजानकारी गराए । एनआरएन बेलायतको बैंक खाताबन्द भएपनि अर्कै विधिअपनाएर नयाँव्यवस्थालागु गरिएको भन्दै सोझासाँझा नेपालीहरुलाई बोरे पदाधिकारीहरुले सदस्यतानविकरण गर्न झुक्याउनथालेको स्रोतले जनाएको छ ।  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %