हुमबहादुर थापा पचभैया मगर
कोपनहेगन, सावन ४ – डेनमार्कको राजधानी कोपनहेगन पुगेका नेपालीहरूले नेपालको संबिधानको पारम्भिक मस्यौदालाई च्यातेर मैला ढ्वाँगमा फ्याकिदिएका छन ।कामको सिल्सिलामा स्कटलान्ड बाट डेनमार्क तर्फ जादै गर्दा उनिहरूले उक्त मस्यौदा बाटोमै प्राप्त गरि अध्यान गर्दै कोपनहेगन पुगेका थिए ।
कोपनहेगन पुगेकै भोली जस्तो उक्त मस्यौदालाई मर्मेडको मूर्ति नजिकै र शहरको मुटू मानिने अति ब्यस्त र मेन स्क्वायरमा पुगी बिरोध गर्दै च्यातेर मैला ढ्वाँगमा फ्याकिदिएका हुन । ‘मर्मेड’ माथी अति सुन्दरी केटी र तल माँछाको सरिर भएको बिश्व चर्चित मर्मेडले परिचित प्रतेक दिन यो मुर्ती हेर्न पर्यटकको घुईचो लागदछ । यो कोपनहेगन शहर नजिकैको समुन्द्रि किनारमा रहेको प्रयटकको केन्द्रबिन्दुमा पर्दछ ।
सम्बिधानको पारम्भिक मस्यौदाको धारा-धारामा आदिवासी जनजातिलाई बिभेद र अधिकारबिहिन बनाईएकोले यो कार्य गर्न आफु बाध्य भएको भवानी नेम्बाङले बताए ।स्व.राजा महेन्द्रले २०१९ सालमा लागु गरेको सम्बिधानमा गाइलाइ राष्ट्रिय जनवार बनाएका थिए । २०४७ सालका अन्तिरिम प्रधानमन्त्रि स्व.कृष्ण प्रशाद भट्टराइको नेतृत्वमा बनेको सरकारले सम्बिधान निर्माण गर्दा पनि यस्लाइ निरन्तरता दियो ।
अैले बन्दै गरेको सम्बिधान र पहिलाकोमा तात्विक भिन्नता नरहेको,हुबहु राखिएकोले यो पश्चगामि सम्बिधानले भबिश्यमा देशलाइ गृहयूद्दमा लैजाने प्रा:यनिश्चीत रहेको अर्का सहभागी लोकबहादुर मगरले बताए । आदिवासी जनजाति तथा उत्पीडित, दलित आन्दोलन, २०६२/०६३ को जनआन्दोलन, माओवादी सशस्त्र संघर्ष र मधेस विद्रोहले राजतन्त्रलाइ बिदा दिदै गणतन्त्र ल्याएकोमा यो मस्यौदाले पुन राजतन्त्रको पुनरागमनको गन्दा दिएको अर्का सहभागी लक्षमर्णगुरूङले बताए ।
यो जनघाती ६०१ सभासद र बर्तमान सरकारले जनहितकारी, समाबेसी र क्रान्तिकारी सम्बिधान नल्याए यो कदम नरोकिने कार्यक्रम आयोजक हुम थापाले बताए ।
फोटो : भवानी नेम्बाङ/कोपनहेगन
