आमाको मृत्‍युको कारण जान्न स्त्री रोग बिशेषज्ञ बने -वरिस्ठ स्त्रीरोग बिशेषज्ञ डा. धन बहादुर राना मगर

Read Time:16 Minute, 53 Second

राज्यसत्ता,

डा. धनबहादुर रानामगर वरिष्ठ स्त्रीरोग विशेषज्ञ हुन् । नेपाल प्रहरी अस्पतालमा कार्यरत एसएसपी रानामगर सिएमए, एचए, एमबिबिएस हुँदै एम एस गर्ने  नेपालका थोरै डाक्टरमध्ये पर्छन् । केही वर्ष निजामती स्वास्थ्य सेवामा काम गरेका रानामगर अचानक कसरी प्रहरीको स्वास्थ्य सेवामा प्रवेश गरे ? उनकै शब्दमा :

स्याङ्जाको बिर्घा गाविस–७ घ्याङसिङखर्कमा जन्मेको हुँ । ०३४ सालको एसएलसी दोस्रो श्रेणीमा उत्तीर्ण भएँ । त्यतिखेरमा सेकेन्ड डिभिजनको पनि राम्रै महत्त्व नै हुन्थ्यो । घरमा बुबा, काका इन्डियन आर्मी, दाइहरू ब्रिटिस तथा इन्डियन आर्मीमा भए पनि मलाई आर्मीमा भर्ती हुन रहर जागेन । मगर समुदायमा अहिले पनि छोरा आर्मीमा भर्ती भए इज्जत बढ्ने मानिन्छ । त्यसैले अभिभावक सामान्य शिक्षापछि छोरालाई सकेसम्म ब्रिटिस आर्मी, नसके इन्डियन आर्मी र त्यो पनि नसके नेपाल आर्मीमा भर्ती गराउन चाहन्छन् । मलाई भने सानैदेखि नै डाक्टर बन्ने इच्छा थियो ।
एसएलसीपछि दाइको प्रेरणा र आफ्नो चाहना बोकेर डाक्टरी पढ्ने बाटो खोज्दै पाल्पाको तानसेन आएँ । त्यतिवेला तानसेनमा एसएलसीपछि पढाइ हुने सिएमए क्याम्पस थियो, त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको । त्रिविले एकैपटक एमबिबिएस सुरु गरेको थिएन । अहेब, त्यसपछि सिएमए, एचए गर्दै एमबिबिएस सुरु गरेको हो । पाल्पाको सिएमए पनि त्रिविको पुरानो क्याम्पस थियो । ‘त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान सिएमए क्याम्पस पाल्पा’ नामको क्याम्पस अहिले खारेज भइसकेको छ सायद ।
एकवर्षे कोर्स थियो, तर असाध्यै प्रयोगात्मक अभ्यास हुन्थ्यो । प्रयोगात्मक अभ्यासका लागि कहिले नवलपरासीका हेल्थपोस्ट, कहिले रुपन्देही, कहिले पोखराका अञ्चल अस्पताल त कहिले पाल्पाकै विभिन्न गाउँमा लगेर गराइन्थ्यो । तानसेनको मिसन अस्पताल र सरकारी अस्पताल हाम्रा प्रयोगात्मक कोर्स गर्ने खास ठाउँ थिए । एकवर्षे कोर्स सकियो । हामी केही साथी बुटवलतिर प्राक्टिस गर्दै थियौँ ।
त्यत्तिकैमा साथीहरूले काठमाडौं स्वास्थ्य सेवा विभागले बोलाएको छ भने । किन रहेछ भन्दै म पनि काठमाडौं आएँ । विभागमा पुगेर एक कर्मचारीलाई भेटेँ । उनले नाम सोधे । मैले जवाफ दिएँ । उनले दराजबाट मेरो नामको खाम निकाले र मेरो हातमा थमाए । खोलेर हेरेको त त्यो ‘नियुक्ति–पत्र’ पो रहेछ । कैलालीको भजनिया हेल्थपोस्टका लागि नियुक्ति दिइएको रहेछ । कैलाली जान त्यतिवेला नेपालबाट सम्भव थिएन । भारतको सुनौली, आनन्दवन हुँदै रेल चढेर बर्दियाको सिमानामा पुगेँ । अनि कर्णाली नदी तरेर कैलालीको भजनिया पुगेँ । जान–आउन बडो मुस्किल । केही समयपछि सरुवा भयो भक्तपुरको ताथलीमा ।
त्रिविको क्याम्पसले पढाएका सिएमएका विद्यार्थीको लिस्ट र नतिजा विभागले राख्दो रहेछ । जो पास हुन्छ, उसले आफ्ना रिक्त स्थानमा अस्थायी नियुक्ति दिइहाल्थ्यो । सोही क्रममा म पनि एक्कासि भजनियाका लागि छनोट भएको थिएँ । भक्तपुर आएपछि स्थायीका लागि लोकसेवा दिनुपर्छ भन्ने ज्ञान भयो । आएको केही महिनामा आयोगले स्वास्थ्य सेवातर्फ केही सिट माग्यो । तर, १८ वर्ष उमेर नपुगेर दिन पाइनँ । अर्को वर्ष फेरि खुल्यो, पोखरा गएर फारम भरेँ र पास भएँ । लोकसेवा पास गरेपछि लमजुङ पोस्टिङ भयो । एक वर्षपछि पोखरा गई सरुवा मागेँ । तनहुँको दमौलीमा पठाइदिए । कहिलेकाहीँ काठमाडौं आउँदा साथीहरूको प्रगति सुन्थँे, कोहीले पढाइ माथि नै पुर्‍याएका, कोहीले के गरेका । मलाई बडो चिन्ता लाग्थ्यो ।
त्यतिवेला यस्ता खाद्य सामग्री प्लास्टिकमा होइन, गोरखापत्रमा पोको पारेर दिने चलन थियो । कोठामा लगेर दाल थालमा खन्याएँ । साथीले खाना बनाउँदै थियो । मैले भने दाल ल्याएको पत्रिका खोलेर यसो हेर्द थिएँ । त्यसमा त विज्ञापन पो रहेछ । त्यो पनि मेरो योग्यताका लागि । आफूलाई काठमाडौं आउन मन लागेको । तत्कालीन वीरेन्द्र प्रहरी हस्पिटल (हालको नेपाल प्रहरी हस्पिटल)का लागि सिएमएसहित एचए, एमबिबिएसलगायत थुप्रै सिटमा आवेदन मागिएको थियो ।

आधा किलो दाल किन्दा
छुट्टी हुनासाथ म काठमाडौं आइहाल्थँे । साथीको कोठा बागबजार थियो । म आउँदा त्यहीँ बस्थेँ । हामी बस्ने घरको भुइँतलामा घरबेटीको किराना पसल थियो । बिहान खाना बनाउने वेलामा दाल सकिएको रहेछ । दाल किन्न जान्छु भनेर झरेँ । आधा किलो दाल किनेँ । त्यतिवेला यस्ता खाद्य सामग्री प्लास्टिकमा होइन, गोरखापत्रमा पोको पारेर दिने चलन थियो । कोठामा लगेर दाल थालमा खन्याएँ । साथीले खाना बनाउँदै थियो । मैले भने दाल ल्याएको पत्रिका खोलेर यसो हेर्दर्ै थिएँ । त्यसमा त विज्ञापन पो रहेछ । त्यो पनि मेरो योग्यताका लागि । आफूलाई काठमाडौं आउन मन लागेको । तत्कालीन वीरेन्द्र प्रहरी हस्पिटल (हालको नेपाल प्रहरी हस्पिटल)का लागि सिएमएसहित एचए, एमबिबिएसलगायत थुप्रै सिटमा आवेदन मागिएको थियो ।
त्यो टुक्रा लिएर तल पसलमा झरेँ र यो गोरखापत्र कहिलेको होला भनेर साहुजीसँग सोधेँ । उनले २०–२५ दिन भयो होला भने । त्यसपछि कागजात रेडी गरी हान्निएँ, महाराजगन्जस्थित प्रहरी हस्पिटलमा । त्यहाँ पुगेपछि थाहा भयो, फारम भर्ने त्यो दिन अन्तिम रहेछ । तर, फारम भर्ने ठाउँ नक्साल रहेछ । फेरि दौडेर प्रहरी हेडक्वार्टर नक्साल पुगेँ । कागजात त थियो, तर प्रहरीमा जागिर खान दुईजना सरकारी अधिकृतले ‘ध्वंसात्मक कार्यमा सहभागी नभएको’ भन्ने प्रमाणित गर्नुपर्दो रहेछ । मलाई समस्या भयो । तर, भोलिपल्ट ल्याउने गरी फारम भरेर छाडेँ ।
परीक्षा दिइयो, नाम निस्कियो । अनि स्वास्थ्य सेवामा अस्थायी र स्थायी गरी चार वर्ष गरेको जागिरबाट राजीनामा दिएर काठमाडांैस्थित नेपाल प्रहरी अस्पतालमा जागिर सुरु गरेँ । त्यतिवेला असई तहको सो जागिर अहिले बढुवा भएर एसएसपीसम्म पुगेको छु । यदि त्यो दिन मैले नै दाल नकिनेको भए सायद प्रहरीमा छिरिँदैनथ्यो कि ? आधा किलो दालले मेरो जिन्दगीको बाटो मोडिदियो ।
प्रहरीमा सेवा सुरु गर्नुअघि नै एचए पढ्न कोसिस गरेको थिएँ । नाम निकालेर भर्नासमेत भइसकेको थिएँ । त्यसैले सुपरिटेन्डेन्टलाई आग्रह गरँे, ‘एचएमा भर्ना भएको छु, पढ्ने व्यवस्था मिलाइदिनुहोला । बरु नाइट ड्युटी गर्छु ।’ स्वीकृति पाएँ । ०४२ सालमा एचए सकेँ ।
भूकम्प (०४५ साल) को वेला होस् वा बर्खामा बाढीपहिरो जाँदा जिल्ला जानेमा होस्, म सधैँ अग्रपंक्तिमा थिएँ । प्राकृतिक विपत्ति वा अन्य उद्धार कार्यमा होस्, मेरा सिनियरहरू सधैँ मेरो नाम लिन्थे । अस्पतालमा काम सकेपछि पनि म सधैँ अस्पतालमै रहन्थेँ । खाली समय भयो कि पढ्थँे कि पढाउँथे कि सिक्थेँ । यही बानीका कारण एमबिबिएस पढ्न अस्पतालले सहयोग गर्‍यो । यही बानीले हाकिमको मन जितेँ । अन्तत: पढ्ने मौका पाएँ ।
हिरासतका नेताको उपचार
प्रहरी अस्पतालमा कार्यरत भएकाले पनि मैले माओवादी द्वन्द्वलाई नजिकबाट बुझेको छु । द्वन्द्वका वेला प्रहरीको शव देखेर रुन मन लाग्थ्यो । त्यसवेला म असाध्यै बिजी हुन्थँे, रेस्ट गर्ने समय नै हँुदैनथ्यो । उतिवेलै अस्पतालमा अप्रेसन गर्नुपथ्र्यो । उतिवेलै फिल्डमा गएर सेवा दिनुपथ्र्यो ।
दधिकोटस्थित कृषि तालिम केन्द्रमा राखिएका विद्या भण्डारी, रामकुमारी झाँक्रीलगायत नेतालाई पनि चेकअप गरिएको थियो ।
०५९ सालमा पूर्वराजाको प्रत्यक्ष शासन सुरु भएपछि राजनीतिक दलका धेरै नेता–कार्यकर्ता नजरबन्द र थुनामा राखिए । सरकारले नजरबन्द तथा थुनामा राखिएका नेता तथा कार्यकर्ताको स्वास्थ्य जाँच गर्ने टोली बनाएको थियो । त्यसमा नेपालमा आर्मी हस्पिटलबाट डा. प्रकाश, वीर हस्पिटलबाट डा. अवनीभूषण उपाध्याय र पुलिस हस्पिटलबाट म गरी तीन सदस्यीय टोली थियो । हामी तीनजनाले धेरै नेताको चेकअप गर्‍यौँ । घरमा नजरबन्द भएकाको घरमै र क्याम्पमा थुनेकाको क्याम्पमै गएर चेकअप गरियो ।
गिरिजाप्रसाद कोइराला, माधव नेपाल, शेरबहादुर देउवा, भरतमोहन अधिकारी, अमृत बोहोरा, खुमबहादुर खड्कालगायत नेतालाई घरमै गएर चेक गरिएको थियो । त्यस्तै, दधिकोटस्थित कृषि तालिम केन्द्रमा राखिएका विद्या भण्डारी, रामकुमारी झाँक्रीलगायत नेतालाई पनि चेकअप गरिएको थियो । त्यतिवेला शासनप्रति जे–जस्तो धारणा राखे पनि हाम्रो कामप्रति नेता–कार्यकर्ता सन्तुष्ट नै थिए जस्तो लाग्छ ।
यसकारण स्त्रीरोग विशेषज्ञ
मेरी आमाको मृत्यु ६३ वर्षको उमेरमा भयो । त्यतिवेला खास कारण के थियो, मैले बुझ्न पाइनँ । तर, दिदी भन्नुहुन्थ्यो, ‘उहाँमा महिनावारी रोकिएपछि पनि धेरै ब्लिडिङ भइरहन्थ्यो । ब्लिडिङ हुँदाहँुदै उहाँको मृत्यु भएको हो ।’ मलाई अहिले लाग्छ, त्यतिखेर आमालाई पाठेघरमा समस्या थियो कि ? त्यसैले मलाई स्त्रीरोगको अध्ययन गर्न मन लाग्यो ।
स्त्रीरोग उपचारसम्बन्धी विषयमा विशेषज्ञता हासिल गर्न खोज्दा ‘तँैले अरू विषय पाइनस्, यस्तो विषयमा विशेषज्ञ हासिल गर्ने’ भनेर धेरै साथीभाइ तथा आफन्तले प्रश्न गर्थे । तर, म हाँसेर टारिदिन्थेँ । जिज्ञासा राख्नेलाई कारण पनि सुनाउँथेँ । पछि, मैले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)बाट डिप्लोमा इन गाइने अब्स्टेट्रिक्स र त्यसैमा एम एस गरेँ ।
त्यसयता मैले हजाराँै महिलाको अप्रेसन र उपचार गरेको छु । स्त्रीरोग विशेषज्ञ भन्नासाथ स्त्रीको गोप्य अंगकै परीक्षण गरी उपचार गर्नुपर्ने हुन्छ । सुरु–सुरुमा अप्ठ्यारो मान्ने महिला पनि थिए । तर, म यस मानेमा एकदमै स्पष्ट छु किनभने यो एकदमै इथिकल र व्यावसायिक कुरा हो । मकहाँ आउने बिरामीको हिस्ट्री लिँदा सधँै महिला एसिस्टेन्स राख्छु । बिरामीलाई प्रस्ट भन्छुु, ‘तपाईंको यो–यो जाँच गर्नुपर्छ । यसमा तपाईंलाई अप्ठ्यारो लागे महिला चिकित्सकसँग जान पनि सक्नुहुन्छ ।’ पहिले कोही–कोहीले अप्ठ्यारो पनि मान्ने गर्थे र महिला डाक्टरतिर जान खोज्थे । तर, अहिले खासै त्यस्तो छैन । म इथिकल प्राक्टिस गर्ने हुनाले पनि धेरै महिला निश्चिन्त रूपमा मकहाँ चेकअप गर्नुहुन्छ ।
पहिलोपटक गर्भवती हुँदा गर्भपतन गरिए दोस्रोपटक गर्भ रहन्छ कि रहँदैन’ भन्ने छ । अधिकांशमा बिहेअघि नै गर्भपतन गराउँदा बिहेपछि गर्भ रहँदैन कि भन्ने चिन्ता पाएको पनि देख्छु । चिकित्सक भएको नाताले त्यसको जवाफ दिनैपर्ने हुन्छ ।
स्त्रीरोग विशेषज्ञ भएपछि टिनएजका केटीदेखि पाका उमेरका महिलाको समस्या पनि सुन्नुपर्ने हुन्छ । सरकारले गर्भपतनलाई कानुनी मान्यता दिएपछि गर्भपतन गराउनेका लागि सहज भएको छ । तर, असुरक्षित गर्भपतनले समस्या पनि थपिएका छन् ।
स्त्रीरोग विशेषज्ञ भएकाले मकहाँ आउने महिला तथा टिनएजका केटीहरूले गर्भ र त्यससँग सम्बन्धित केसबारे पनि बढी जिज्ञासा राख्नु स्वाभाविक ठान्छु । तर, कुरैकुरामा अधिकांशले सोध्ने भनेको ‘पहिलोपटक गर्भवती हुँदा गर्भपतन गरिए दोस्रोपटक गर्भ रहन्छ कि रहँदैन’ भन्ने छ । अधिकांशमा बिहेअघि नै गर्भपतन गराउँदा बिहेपछि गर्भ रहँदैन कि भन्ने चिन्ता पाएको पनि देख्छु । चिकित्सक भएको नाताले त्यसको जवाफ दिनैपर्ने हुन्छ ।
वास्तवमा पहिलो गर्भपतन गराउँदैमा दोस्रोपटक गर्भ रहँदैन भन्ने गलत हो । गर्भ नरहने अवस्था भनेको यौनांगमा संक्रमण भएमा, एकभन्दा बढीसँग सम्पर्क गर्दा पाठेघर वा डिम्ब बाहिनी नलीमा संक्रमण भएर नली ब्लक भएमा मात्रै गर्भ नरहन सक्छ । सही ढंगले गर्भपतन गराएमा, पाठेघर सफा गरेमा गर्भ रहन सक्छ । तथापि, नेपाली समाज र संस्कृतिमा बिहेअघिको शारीरिक सम्पर्कसमेत वर्जित भएकाले त्यस्तो कार्य नगर्नु नै बेस हो भनेर सुझाब दिने गर्छु । औषधि पसलमा पाइने गर्भपतनका औषधिको सही प्रयोग गर्न नसक्दा त्यसले थप असर पार्ने गरेको पनि देखेको छु ।
साभार :- नयाँ पत्रीका दैनिक,शिर्षक परिवर्तन गरिएको छ । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %