कतारमा पनि जनमुक्ति जुर्मुरायो

Read Time:2 Minute, 28 Second

प्रमेश तमु

कतार, १० जुलाई – राष्टिय जनमुक्ती पार्टिको भातृ संगठन “जनमुक्ति मंच कतार” राज खम्बुको नेतृत्वमा गठन भएको छ ।

 

कतार स्थित अल्दरिन टावर (सिटि सेन्टर) मा आयोजित उक्त कार्यक्रमले राज खम्बुको नेतृत्वमा ३३ सदस्सिय कार्यसमिति चयन गरेको हो ।

नब गठित कार्य समितिमा क्रमश: अध्यक्ष राज खम्बु (राई) बरिस्ठ उपाध्यक्ष- टोपबहादुर मगर,उपाध्यक्ष- निता लामा, महा सचिब-रोहन लिम्बू,सचिबमा प्रेम चन्द्र राई, कोष अध्यक्षमा सुरेन्द्र चोखाङ राई र सह कोषध्यक्षमा सीता तामाङ चयन भएका छन ।

सदस्यहरुमा क्रमश:

सन्त दुमि राई,अमृत अकेला,यकुब हुसेन, नर्बिर आङ्दाङ्बे लिम्बू,सेरबहादुर  रोका मगर,केसाब धर्ती मगर,गजेन्द्र गुरुङ,गणेश गुरुङ,दल वीर मगर,यिम कुमार तामाङ,लक्छु मान श्रेष्ठ,जीवन लिम्बू लगाएतका रहेको कातारबाट राज खम्बुले जानकारी दिए ।

राष्ट्रिय जनामुक्ति पार्टीले बिगत २ दशक अगाडी बाट उठाएका संघियता, धर्म निरपेक्षता ,राज्यको हरेक अंगमा जातीय जनस्ख्याको आधारमा समानुपातिक प्रतिनिधित्व जस्ता मुद्दाहरुबाट उनि प्रभावित थिए ।

नेपालमा देखिएका सबै खाले विभेदको अन्त्य राष्ट्रिय जनमुक्ति पार्टी बाट मात्र सम्भब रहेछ भनि बिगत लामो समय देखि जातिय मुक्तिको आन्दोलमा होमिएका हुन खम्बु  । राज्य देखि पछाडी पारिएका सबै उत्पीडित, उपेक्षित जात जाति, भाषा, धर्म,क्षेत्र लिङ्ग आदिको खातिर बिदेशमै बसेर पनि अरुलाई केहि सचेत र संगठित गर्न सकिन्छ भन्ने हेतुले “राष्ट्रिय जनमुक्ति मंच कतार” गठन गरेको खम्बुले बताए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %