“फ्री भिषा फ्री टिकेट” नीति अक्षरस पालन गरियोस् – यसको बिरुद्धमा उत्रिनेहरू प्रति गम्भीर आपत्ति।
Ref.No.2015/7-0011
९ जुलाइ २०१५
सम्माननीय प्रधानमन्त्री श्री सुशिल कोईरालाज्यू
प्रधानमन्त्रीको कार्यलय,
सिह दरबार, काठमाण्डौ नेपाल ।
सम्माननीय प्रधानमन्त्रीज्यू ,
बिषयः वैदेशिक रोजगारको लागि ६ राष्ट्रमा फ्रि भिसा फ्रि टिकेट सम्वन्धमा ।
नेपाली श्रमिकहरूको लागि वैदेशिक रोजगारीको एउटा प्रमूख गन्तब्य मुलूक साउदी अरेबिया हो । वैदेशिक राजगारी कै सिलसिलामा ६ लाख भन्दा बढि नेपाली कामदारहरू विभिन्न दर्जामा रहि कार्यरत छन् ।
साउदी अरेबियाका विभिन्न व्यवसायिक कम्पनिहरूले नेपाल लगायत अन्य देशहरूबाट कामदार आपुर्ति गर्ने प्रकृयामा प्रायः सबै कम्पनिहरूले “फ्रि भिसा फ्रि टिकेट” कै नीति अनुसार गर्ने गर्दछ । यो साउदी सरकारको श्रम ऐन अन्तर्गत नै पर्दछ । एकाध कम्पनिहरूले साउदी श्रम ऐनलाई उल्लङ्घन गर्दै कम्पनिका आधिकारिक व्यक्ति र म्यानपावर कम्पनि बीच अवैध रुपमा भिसा बापत केहि प्रतिशत शुल्क लिने र कामदारको लागि हवाई टिकेट पनि व्यवस्था नगरिने गरि गोप्य सहमति गरेर नेपालबाट कामदार आपुर्ति गर्ने गर्दछन् ।
यसले गर्दा श्रमको लागि साउदी आउने गरिब कामदारहरूले भिसा शुल्क, हवाई टिकेट र म्यानपावर कम्पनिलाई कमिशन बापत मोटो रकम तिर्नु पर्ने वाध्यता थियो । स्मरण रहोस्, यस्तो प्रकारले नेपालबाट पठाईएका कामदारहरू कम्पनिको अव्यवस्थित व्यवस्थापन कै कारणले समयमा तलब नपाउने, बस्नको लागि होस्टेलको राम्रो व्यवस्था नहुने, करार अवधि सकिसक्दा पनि स्वदेश फिर्ता नपठाउने, समय मै रेसिडेन्ट परमिट कार्ड (अकामा) नबनाईदिने र मानसिक तथा शारिरक यातना दिने जस्ता अति नै जतिल समस्याहरूसँग सामना गर्नुपर्ने नेपाली कामदारहरूको वाध्यता रहेको छ ।
“फ्रि भिसा फ्रि टिकेट” कै नीति अनुसार नेपालबाट आएका कामदारहरूलाई कुनै किसिमको समस्या नभएको र त्यस्ता कम्पनिहरू नै कामदारहरूको लागि भरपर्दो हुने गर्दछ जसले अन्तर्राष्ट्रिय श्रम कानुन अनुसार कम्पनिको व्यवस्थापन गरिएको हुन्छ । यस्ता खाल्का कम्पनिहरूमा कैयौं बर्षसम्म निरन्तर काम गरेर नेपाली कामदारहरूले आफ्नो सुन्दर भविश्य निर्माण गरेका छन् ।
त्यसैले नेपाली कामदारहरूको लागि नेपाल सरकारले साउदी अरेबिया लगायत अन्य ६ राष्ट्रहरूमा वैदेशिक रोजगारको लागि “फ्रि भिसा फ्रि टिकेट” को नीति लागू गरिएकोमा हाम्रो संस्थाले स्वागत गर्दछ र यसलाई अक्षरस पालन गर्न गराउन पनि हार्दिक अनुरोध गरिएको छ ।
साथै, म्यानपावर व्यवसायीहरूले केहि स्वार्थका लागि यस सराहनीय कार्यको विरुद्धमा केहि दिनदेखि देखाएको रबैयाप्रति हाम्रो संस्थाले घोर आपत्ति पनि जनाउदछ ।
भवदिय,
हुम सुनारी मगर
अध्यक्ष
सम्पर्कः ००९६६५३७६८०४४८
Email:humbsmgr@gmail.com
बोद्धार्थः नेपाली दूताबास, रियाद, साउदी अरेबिया ।