संविधानको मस्यौदा मातृभाषाको शिक्षाप्रति अनुदार, भोलि बृहत बहस हुँदै

Read Time:4 Minute, 50 Second

मनोज घर्तीमगर

पोखरा, २५ असार – नेपालको संविधान, २०७२ को प्रारम्भिक मास्यौदामा मातृभाषाहरुको हक, हित र अधिकारहरु कति वियबस्तुहरु समेटिएका छन् वा छैनन् भन्नेबारे बहस हुने भएको छ ।

 नेपालको अन्तरिम संविधान २०६३ मातृभाषाहको मामलामा केही खुकुलो भए पनि अहिलेको मस्यौदामा घुमाइफिराई मातृभाषालाई महत्व नदिइएकाले काठमाडौंस्थित अन्नपूर्ण माध्यामिक विद्यालय ज्याँठा कान्तिपथमा भोलि असार २६ गते शनिबार दिउँसो २ बजे बृहत बहस हुने भएको हो ।

नेपालमा १२३ वटा मातृभाषा भए पनि मस्यौदाले नेपाली भाषालाई मात्रै बढावा दिएकाले नेपालीबाहेक अन्य मातृभाषाको हक, हित र अधिकार संरक्षण गर्न कस्तो सुझाव दिने, के व्यवस्था गरे राम्रो हुन्छ भन्ने लगायतका विषयमा बहस हुने भाषाविद् अमृत योञ्जन तामाङले जानकारी दिए ।

सरकारले १५ दिनभित्र मस्यौदाबारे आआफ्ना सुझाव दिन विभिन्न माध्यमबाट सार्वजनिक गरेपछि मातृभाषि अभियन्ता, मातृभाषिहरुले बहस गर्न लागेका हुन् । भाषविद् अमृत योन्जन तामाङका अनुुसार सरकारलले शिक्षामा १७ प्रतिशत लगानी गरे पनि केवल नेपाली भाषालाई मात्रै बढावा दिने काम गरेको आरोप लगाए । उनका अनुसार अहिलेको मस्यौंदा शिक्षाका मामलामा पञ्चायतकालिन संविधानभन्दा अझ अनुदार रहेको छ । मस्यौदामा शिक्षाबारे भाग ३ धारा ३६ को उपधारा ५ मा ‘नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो मातृभाषामा माध्यमिक तहसम्म शिक्षा प्राप्त गर्न र कानुन बमोजिम विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक हुनेछ’ भनिएको छ । 

‘अन्तरिम संविधानमा मातृभाषामा प्राथमिक तहसम्म शिक्षा दिन पाउने अवस्था थियो । अहिले माध्यामिक तहसम्म भनेको छ । सुन्दा यो असाध्यै राम्रो लाग्छ । तर, व्यहोर्दा यसले मातृभाषीलाई धेरै पछि धकेल्छ’ भाषाविद् तामाङले उपधारा ५ को अर्थ लगाउँदे भने, ‘नेपाली भाषाको शिक्षालाई चाँही सरकारले अरबौं रकम दिने । मातृभाषामा शिक्षा दिन समुदाय आफैले विद्यालयले खोल्नुपर्ने । सरकारले आफै बनाउ, आफै गर भनेको छ । त्यो पनि कानुन बनाएर भनेको छ । १० वर्षसम्म कानुन बनेन भने लाखौं मातृभाषीहरु पछि पर्छन् ।’

उसो त मस्यौदामा सूचनाको हक मातृभाषामा हुने व्यवस्था पनि छैन । मातृभाषामा सूचनाको हक विश्वका विभिन्न मुलुकमा व्यवस्था छ । यति हुँदाहुँदै मस्यौदामा एउटा नितान्त नयाँ कुरा थपिएको छ, त्यो हो भाषा आयोगको स्थापना । नेपालको संविधान २०७२ को मास्यौदाको भाग ३४ को विविध अन्र्तगत धारा २८१ मा ‘भाषा आयोगको स्थापना’ को व्यवस्था गरिएको छ ।

बहसमा सम्पूर्ण मातृभाÈीहरुका बीच छलफल गरी सुझाब दिनुपर्ने वा फरक मत राख्नुपर्ने तथा भाÈिक आन्दोलनमा जानुपर्ने लगायतका विषयमा छलफल गरिने भएकाले सबैलाई उपस्थित मातृभाषाका अभियन्ता तथा लेखक विष्णुकुमार सिंजालीमगरले अनुरोध गरेका छन् ।

तस्वीर स्रोत :

http://www.ekantipur.com/uploads/tkp/news/2013/gallery_08_14/nepal-thapa-pix_20130815081819.jpg


कार्यक्रम हुने मिति, स्थान र समय
मिति : २०७२ असार २६ गते शनिबार
समय :  दिउँसो २ बजे
स्थान : अन्नपूर्ण माध्यामिक विद्यालय ज्याँठा, कान्तिपथ
सम्पर्क व्यक्ति
दिपक तुलाधर–९८५१०७५९१५
अमृत योन्जन तामाङ– ९८५१०८२५०३
विष्णु सिंजालीमगर – ९८४१२९१०२२

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %