मोना हङकङको खुल्ला फुटबल प्रतियोगिता सम्पन्न

Read Time:5 Minute, 22 Second

इन्द्र एलजि थापामगर

जुलाई ५,२०१५ हङकङ काउलुङ पार्क-म्याग्दी प्रवासी नेपाली संघ (मोना), हङकङले आयोजना गरेको ‘मोना हङकङ खुल्ला फुटबल प्रतियोगिता’मा प्रथम हुने युनलुङ फुटबल क्लवले हङकङ डलर १३,०००/- सहित कप, दोस्रो हुने आर्सनिक फुटबल क्लवले हङकङ डलर ८,०००/- सहित कप हात पारे । गत जेष्ठ १० गते म्याग्दी, भगवति गा.वि.स. २ र राम्चे गा.वि स. ९ बैसरीमा गएको सुख्खा पहिरोले पुरै गाउ पुरिएर बैसरीबासीहरु घरबार विहिन अवस्थामा रहेकालाई थोरै भए पनि मानविय सहयोग गर्ने उद्देश्यले मोना, हङकङले ‘मोना हङकङ खुल्ला फुटबल प्रतियोगिता’ आयोजना गरेको थियो । उक्त प्रतियोगितामा १६ टिमले भाग लिएका थिए ।

मोना, हङकङका सल्लाहकार राजु गर्बुजा पुनले उदघाटन गरेर शुरु भएको खेल उच्च गर्मी बीच पनि अतिनै कडा प्रतिस्प्रधाको साथ सम्पन्न भएको थियो । प्रथम पुरस्कार हङकङ डलर १३,०००/- प्रायोजक यसआर कम्पनि लिमिटेडका प्रबन्धक निर्देशक ज्ञानेन्द्र थापा र प्रबन्धक निर्देशक मोहन गुरुङ तथा दोस्रो पुरस्कार हङकङ डलर ८,०००/- प्रायोजक गोर्खा कन्स्ट्रक्सन एण्ड ईन्जिनियर्स लिमिटेडका प्रबन्धक निर्देशक प्रकाश पुन र प्रबन्धक निर्देशक हर्कमान मगरले गरेका थिए भने प्रथम कप निवर्तमान अध्यक्ष दल सेर्बुजा, दोस्रो कप सल्लाहकार गोमा पुन, प्रथम तथा दोस्रो मेडलहरु हङकङ नेपाली महासंघका अध्यक्ष प्रदिप थापा तथा नेपाल क्लवका अध्यक्ष रिता गुरुङ, हाइ स्को कप, वेष्ट प्ले र म्यान अफ द म्यात्च कप कार्यसमितिका सदस्य तथा प्रचार प्रसार विभागका उप-प्रमुख नारायण सिह पुन, कार्यसमितिका सदस्य लिल रोका र महिला विभागका सदस्य सुनिता पुर्जा, ब्यानर महिला विभाग, प्रमाण प्रत्र संस्थापक अध्यक्ष तथा सल्लाहकार तुल्मराज रामजाली, ड्रेस कमल रोका, हरि पुर्जा, तिपेन गर्बुजा, जीबन गर्बुजा, खेम गर्बुजा, दिलु पुन, गणेश पुर्जा, टेक पुन, देबेन्द्र तिलिजा, प्रमोद गिरी, राजु रोका, घन राना थिए । यसै गरी खेलाडीहरुको लागि चिसो पानी पुन क्लवले प्रायोजित गरेको थियो ।

‘संकलित रकम हरहिसाब पछी के कति हुन्छ निकट भविष्यमै बैसरीका पहिरो पिडितहरुलाई वितरण गरिने छ’ अध्यक्ष थापामगरले भने । उक्त अवसरमा अध्यक्ष थापामगरले प्रतियोगिता भव्य र सभ्यरुपमा सफल पार्न आर्थिक तथा भौतिकरुपमा सहयोग गर्ने प्रायोजक, चन्दा दाता लगायत सबैलाई धन्यवाद दिएका थिए ।

प्रथम हुने युनलुङ फुटबल क्लवलाई यसआर कम्पनि लिमिटेडका प्रबन्धक ज्ञानेन्द्र थापाले प्रथम पुरस्कार,कप नेपालका राष्ट्रिय फुटबल खेलाडी अनिल गुरुङले मोना हङकङका अध्यक्ष ईन्द्र एलजी थापामगरले स्वण पदक तथा संस्थापक अध्यक्ष तुल्मराज रामजालीले प्रमाण पत्र ताथ दोस्रो हुने आर्सनिक फुटबल क्लवलाई गोर्खा कन्स्ट्रक्सन एण्ड ईन्जिनियर्स लिमिटेडका प्रबन्धक निर्देशक प्रकाश पुनले दोस्रो पुरस्कार, निवर्तमान अध्यक्ष दल सेर्बुजाले रजत पदक कप सल्लाहकार गोमा पुनले तथा संस्थापक अध्यक्ष तुल्मराज रामजालीले प्रमाण पत्र वितरण गरेका थिए भने मोना, हङकङका सहसचिव तथा महिला विभागका प्रमुख शिला जुग्जाली, उप-प्रमुख रुपा रामजाली’ सांस्कृतिक विभागका प्रमख अनित फगामी, मोना साँस्कृति विभागका भूपू अध्यक्ष मनु पुन लगायतले विजय खेलाडीहरुलाई अविर र खादाँले सम्मान गरेका थिए भने मोना कलाकार मनु पुनले थाली नाँच प्रस्तुत गरेकी थिइन ।

यस प्रकारको वृहत, भव्यरुपमा दर्शकहरुको उपस्थिति तथा समय मै खेल सम्पन्न भएको फुटबल खेल प्रतियोगिता हङकङेली नेपाली समाजमा नै पहिलो भएको खेल प्रर्यवेक्षकहरू बताउछन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %