भीम राना मगर
काठमाडौ , असार २२ – आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिको आयोजनामा आदिवासी जनजाति मातृभाषी चलचित्रहरुलाई यही २०७२/०३/२६ गते शनिबार ११ बजे चलचित्र विकास बोर्डको सभाहलमा एक कार्यक्रम गरि सम्मान गर्न गईरहेको छ ।
मगर चलचित्र रैंयाँ, गुरुङ चलचित्र युम्पो देउराली, तामाङ चलचित्र मेन्दो, लिम्बु चलचित्र केवा कोक्मा, राई चलचित्र मतान, थारु चलचित्र प्रितक फूल र सुनुवार चलचित्र क्योङ मातृभाषी चलचित्रलाई यो वर्ष सम्मान गर्न लागिएको छ ।
(नेपाल सरकार चलत्रित्र बिकास बोर्डको पत्र)
मगर चलचित्रकर्मी संघमा दर्ता भई मगर चलचित्रकर्मी संघको सिफारिशमा— चलचित्रको माध्यमबाट भाषा, कला एवम् संस्कृतिको विकास एवम् प्रवद्र्धनमा पुर्याएको योगदानको कदर स्वरुप प्रोत्साहन सम्मान यस वर्ष मगर चलचित्रबाट रैंयाँ लाई प्रोत्साहन सम्मान गर्न लागिएको छ ।