नेपाल प्रवासी मगर वचत कोषको साधारण सभा सम्पन्न

Read Time:5 Minute, 57 Second

रमेश कनौजे मगर/दोहा कतार

“आजको थोपा ,थोपा बचत सुनौलो भविष्यको बलियो आधार” भन्ने मुल नाराका साथ नेपाल प्रवासी मगर वचत कोष, कतारको तेस्रो साधारण सभा सम्पन्न भएको छ ।

  २०१५ जुलाई ०३ मा दोहाको टप फर्म रेष्टुरेण्टमा भएको कार्यक्रममा नेपाल प्रवासी मगर वचत कोष, कतारको अध्यक्ष लिलम्बर चिदीमगरको सभापतित्व र  कोषका सञ्चालक समितीका सदस्य बिवेक पुलामीमगरले उपस्थितीहरुमा स्वागत मन्तब्यद्धारा स्वागत र सचिव बिजय कुमार मगरको सञ्चालनमा कार्यक्रम भएको थियो ।

नेपाल प्रवासी मगर संघ दोहा कतारका केन्द्रिय समितीका का वा अध्यक्ष महेन्द्र थापामगरको प्रमुख आतिथ्यमा कतारवासी मगरहरुको वाङ(राजा) रबिन मगर, प्रमुख सल्लाहकार भिम तरामुमगर, पूर्व बचतकोषका अध्यक्ष गिरी काउछामगरको विशेष आतिथ्यमा मगर तथा गैर मगरहरुको बाक्लो उपस्थितीमा साधारणसभा सम्पन्न भएको हो ।

 

कार्यक्रममा प्रमुख अतिथी तथा विशिष्ट अतिथिहरुले  ब्यानर अनावरण तथा दियो वालेर उद्घाटन गरिए पछि कार्यक्रमको औपचारिक रुपमा शुरु भएको थियो ।

उक्त कार्यक्रमका अतिथीहरुमा नेपाल प्रवासी मगर संघ दोहा कतार केन्द्रिय समितीका सल्लाहकार सदस्य देव ब. रानामगर, जनक थापामगर,पूर्व सल्लाहकार डि. एन. मगर, केन्द्रिय समितीका द्धितिय उपाध्यक्ष शेरबहादुर रोकामगर, केन्द्रिय समितीका महासचिब रमेश कनौजेमगर, संघका मानार्थ सदस्य टेक रसाईली, दोहा एरिया समितीका अध्यक्ष उद्धब सारूमगर,सनैया ए एरीया समितीका उपाध्यक्ष अम्बर थापामगर, सनैया बी  एरिया समितीका सदस्य नरेन्द्र मगर, वक्रा एरिया समितीका सचिव दिपक मगर थिए ।  कार्यक्रममा अतिथिहरुलाई खादा लगाई दिन मन्जु पुनमगर र मन्जु बलालमगरले सहयोग गरेका थिए ।

 

कतारवासी मगरहरुको वाङ २०१५/२०१६ का (राजा) तथा कार्यक्रम बिशिष्ट अतिथि रबिन थापामगरले उक्त तेस्रो साधारण सभा कार्यक्रमको लागी ब्यानर प्रायोजन गरी ठुलो सहयोग गरेका थिए ।

कार्यक्रममा मन्तव्यको क्रममा उद्धब सारूमगरले सम्पूर्ण एरिया समितीहरुको तर्फबाट शुभकामना मन्तव्य दिएका थिए भने, गिरी काउछामगरले वचतसँग मानव सम्बन्ध बारे र भिम तरामुमगरले वचत कोषको महत्व तथा सम्भावना बारे प्रकाशपारेका थिए ।

 

त्यस्तैगरी प्रमुख अतिथी महेन्द्र थापामगरले हामीमा भएको ज्ञान र शक्तीलाई हामी आफैले कमजोर नठानी ब्यबहारमा उतारेर समाज परिवर्तनमा लाग्नुपर्ने भनाई राखेका थिए । अन्त्यमा कार्यक्रमका सभापति चिदीमगरले  उक्त कार्यक्रममा सहभागी हुनुभएका सम्पूर्ण केन्द्रिय समितीका र बचतकोषका सदस्यहरूलाई मायाको चिनो प्रदान गर्दै वचत कोषको योजना बारे जानकारी दिदै कार्यक्रममा सहभागी सबैलाइ धन्यवाद सहित कार्यक्रमको समापन गरेका थिए ।

उक्त खुल्लाशत्र कार्यक्रम सकेपछी शुरु भएको बन्दशत्रमा कार्यक्रममा केन्द्रिय समितीका प्रमुख सल्लाहकार भिम तरामुमगरको संयोजकत्वमा केन्द्रिय समितीका सल्लाहकार सदस्य देब रानामगर र जनक थापामगर सदस्य रहेको निर्वाचन समिती गठन गरिएको थियो ।

  कोषका सचिव  बिजय कुमार मगरले प्रस्तुत गरेको कोषको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष केशब रानामगरले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सभाले ब्यापक बहस र छलफल गरी सर्व सहमतले अनुमोदन सहित पारीत गरेको थियो । वचत कोष निर्देशिका संशोधन समितीका संयोजक  महेन्द्र थापामगरले प्रस्तुत गरेको संशोधित निर्देशिका २०१५ लाई पनि ब्यपक छलफल गरि पारित गरिएको थियो ।

निर्वाचन समितिले निर्देशिका अनुसार नेपाल प्रवासी मगर संघ (केन्द्रिय समिती) दोहा कतारका कोषाध्यक्ष पदेन अध्यक्ष रहने प्रावधान रहेकाले अध्यक्ष केन्द्रिय समितीको महाधिवेशन पछिनै तोकिने र अन्य पदमा  केशब घर्तिमगर उपाध्यक्ष, बिजय कुमार मगर सचिव, अभिमत पुनमगर कोषाध्यक्ष, रबिन थापामगर सह—कोषाध्यक्ष र सदस्यहरु बिवेक पुलामीमगर र धुर्ब थापामगर रहेको सञ्चालक समिती सर्बसम्मतले चयन गरिएको थियो । अन्तमा निर्वाचन समितीका संयोजकले निर्वाचित समितीलाई  शुभकामना मन्तव्य दिएपछी कार्यक्रमको अन्त्य गरिएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %