श्री हुमबहादुर पचभैया थापा मगरज्यू
अध्यक्ष,
गोरेबहादुर खपाङ्गी फाउन्डेसन,
काठमाडौँ – नेपाल
विषय: पहिलो संस्करणको सबै पुस्तक (२,००० प्रति) बाट प्राप्त सबै रकम कोषमा जम्मा गरिने सम्बन्धमा।
राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्तित्व श्रद्धेय श्री गोरेबहादुर खपाङ्गीमगरज्यूले नेपाली राजनीति र समाजमा पुर्याउनु भएको योगदानलाई सम्मान र कदर गर्दै वहाँको महान समावेशी नीतिलाई जीवन्त राख्न र नेपाली समाजमा शिक्षा र स्वास्थ्य क्षेत्रमा कार्यक्रम तथा योजनाहरू लैजाने प्रमूख उदेश्यका साथ गठन भएको ‘गोरेबहादुर खपाङ्गी फाउन्डेसन २०७२’ को स्थापना भएको खबरले मलाई हर्षित तुल्याएको छ।
संस्थाले लिएको महान उदेश्यलाई थप टेवा पुर्याउन म आफैद्वारा लिखित ‘नेपाली राजनीति र समाजमा खपाङ्गीको देन’ कृतिको पहिलो संस्करण दुई हजार प्रति पुस्तक बिक्रीवितरणबाट प्राप्त भएको सबै रकम लगभग ८ लाखदेखि १२ लाख रुपैंयासम्म फाउन्डेसनको कोषमा जम्मा गर्न अध्यक्षज्यू प्रति स्वीकृतिको लागि अनुरोध गर्दछु ।
सो पुस्तक बिक्रीवितरणको लागि संस्थाले बिशेष भूमिका निर्वाह गर्नुहुने कुरामा पनि आशावादी छु ।
धन्यवाद,
हुम सुनारी मगर
इमेल: humbsmgr@gmail.com
सम्पर्क: ००९६६५३७६८०४४८
रियाद, साउदी अरेवीया
सबैलाइ जानकारीका लागी:
असार ८ गते मंगलबार – गोरे बहादुर खपाङ्गी फाउण्डेशनको काठमाण्डौमा बसेको बैठकले हुम सुनारी द्धारा लिखित नेपाली राजनिति र समाजमा खपाङ्गीको देन बिषय पुस्तकको पहिलो प्रकाशन बाट उठ्ने सबै रकम फाउण्डेशनलाई दिने सुनारीको निर्णयलाई स्वागत गर्दे सुनारीलाई धन्यबाद प्रदान गरेको छ ।
यो पनि पढ्नुहोस:
गोरे बहादुर खपाङ्गी फाउण्डेशनमा सदस्य र सल्लाहकार बिस्तार