बिजय हितान
२०० बर्षको गोर्खाली इतिहासमा केही तिता केही मिठा समयावधी गुज्रेर गए । गोर्खाहरु बेलायती सेनामा सेवारत भएको द्वीसतबार्षीकी मनाइरहँदा नेपाली छापामा यसका नकरात्मक पक्षका खबरहरु आइरहेका छन । बेलायती सञ्चार माध्यममा भने यसलाई गौरवताकासाथ चर्चा गरेको पाईन्छ ।
गत बर्ष प्रकाशित मनोज घर्ति मगरको ‘भर्तीको फन्दा’ र यस बर्षको नरेश काङमाङ्को ‘खुकुरीको धारमा दुई सताब्दी’ पुस्तकहरुले पनि गोर्खा भर्तिको आलोचना गरेका छन । तर म भने ‘भर्तीको फन्दा’ भन्दा ‘भर्तीको अवसर’ भन्ने पक्षमा छु । त्यसरिनै ‘खुकुरीको धारमा दुई सताब्दी’ को सट्टा ‘खुकुरीको शानमा दुई सताब्दी’ भन्न रुचाउछु । यि लेख र पुस्तकहरुमा गोर्खा भर्ती रोजगारिको सुवर्ण अवसर भएपनी नेपाली र बेलायती सरकारले आदिवासी जनजाति युवालाई उनिहरुको इच्क्षा बिपरित आफ्नो स्वार्थपुर्तिकालागि शोषण गरेको र बलिको बोका बनाइएका तत्थ्यहरु खुलाईएका छन ।
केही भुपु गोर्खा सैनिक संगठनहरुले पनि नेपाली र बेलायती सरकारलाई औंला ठडाउँदै सन २०१५ को G200 (गोर्खा दिवस) लाई बहिस्कार गरिरहेको अवस्था छ । यस्ता लेखको सम्प्रेषण र बिरोध कार्यक्रमले सेवारत र सेवा निबृत गोर्खा सैनिक र उनका परिवारलाई पक्षताप महसुस अवस्य नै भएहोला । तर मेरो लेखको आसय माथि उल्लेख गरिएका बिषयमा समिक्षा गर्नु भन्दा पनि गोर्खा भर्तिका सकारात्मक पाटोको लेखाजोखा गरेर सबैको मनोबल उच्च पार्नु हो ।
केही पाउन केही गुमाउनै पर्छ:
ब्रिगेड अफ गोर्खाजका सेवारत तथा सेवानिबृत सैनिकद्वारा बेलायत र नेपालभरी बिभिन्न हर्सोल्लासका कार्यक्रम आयोजना गरेर द्विसतबार्षीकी मनाइँदै छ । एक सिक्काको दुई पाटा त हुन्छन नै ।
गोर्खा भर्तीका अँध्यारा पाटा आफ्नै ठाउँमा छन । यसका राम्रा बिषयलाई पनि हामीले बिर्सन हुन्न । सर्बप्रथम त आदिवासी जनजातिले रोजगारी पाएका हुनाले केही हदसम्म भएनि यसले गाउँमा आर्थिक उन्नती भित्र्याउन मद्दत गरेको हुनुपर्छ । अर्को, बेलायतीसंगको दिनदिनैको प्रत्यक्ष उठबसले सभ्यता, शिक्षा र कुशल ब्यबस्थापनका ज्ञान पनि नेपाल भित्रिएको हुनपर्छ, भलै सामन्तिहरुको धार्मिक र राजनैतिक सोषणमा परेर गोर्खा र तिनको परिवारलाई प्रत्यक्ष लाभ नभएहोला । अन्यथा यो बर्गमा सामाजिक बिकास नभै शिकार खेल्ने, कन्दमुल खाने र बनजंगलैमा बस्ने अवस्था रहिरहन्थ्यो कि भनेर पनि सोँच्न पर्नेहुन्छ । हो, यि नगण्य फाइदाहरु पुर्खाको रगतसँग साटिएको छ ।
चालिसौं हजार निर्दोशहरु पहिलो र दोस्रो विश्वयुद्दमा ओइहात ज्यान गुमाउनु परेको तितो सत्य लुकाएर लुकिन्न । ओइहातको लडाईं त्यो अर्थमा कि ति लडाइँहरु मेची-महाकाली, हिमाल-मधेसलाई नभएर पराइ देसको लागि आदिवासी जनजाती युवाहरुले लडिदिएका थिए । ति अर्थहिन युद्दहरुका कारणहरु राज्यको स्वार्थ, रोजगारी र आर्थिकोपार्जन बाहेक अरु केही थिएनन् । तर केही पाउन केही गुमाउनै पर्छ । आज बेलायतको यो दरिलो अर्थतन्त्रको पछाडि याँहाका जनताले विश्वका बिभिन्न ठाउँमा गएर रगतपसिना बगाएको ऐतिहासिक गाथा सुन्दा हृदयबिदारक बनेर आउँछ । बल्ल आएर गोर्खालिहरुले केही न्याए पाएका छन ।
आदिवासी जनजाती युवा मात्रै किन ?
कहिलेकाँहि प्रश्न तेर्सीने गर्छ- आदिवासी जनजाती युवा मात्रै किन ? ब्राह्मण पृष्ठभूमीका युवा पनि अरुको गुलाम बनेर किन रगत बगाउन परेन त ? यसमा पक्षपाती राज्यको दोष त छंदैछ तरपनी आदिवासी जनजातिको पनि केही खोट होला । त्यो कसरी भने, गोर्खा भर्ती सुरुवातका अवधिमा ब्राह्मण यूवाहरुलाइ पनि ब्रिटिश-इन्डियामा मा भर्ती लिइन्थ्यो । तर धर्मको कारणले सिकार खान नहुने र ब्रत बस्ने जस्ता व्याबहारिक कठिनाईले पल्टनघर र युद्दमैदान तिनलाई फापेन । फल्सरुप कलान्तरमा भर्ती लिन छोडिएको इतिहासमा पढन पाईन्छ ।
यो कुरो सत्य होला तर अर्को कारण के पनि हुन सक्छ भने, ढुङ्गा फालेर तलाउको गहिराइ अनुमान लगाएजस्तै, तिनले बिदेशी सैनिकसेवा खतरापूर्ण देखेर भर्तिहुनबाट सतर्क रहे । अर्को शब्दमा, उनिहरुले भर्तिहुनुको जोखिम अवलोकन गरे र यसबाट टाढा रहे । त्यसैले ति युवाहरु तालिम गर्दागर्दै र युद्द मैदानबाट भागेको उदाहरणहरु भेटिन्छन् । तर आदिवासी जनजातीमा जोखिम नाप्ने बौद्दिक स्तर भएन । फल्सरुप राज्यले जबर्जस्ती भर्ती हुन पठाएँ पनि त्यो पक्षपाती व्यबहार र शोषणको अनुभुती गर्न नसकी यसको कुनै प्रतिबाद नगरि भर्ती भए । अनी युद्दमा कातर हुनु भन्दा मर्नु निको भन्दै लडे, पराया भुमिमा परायाकोलागी बीरगती प्राप्त गरे ।
अवसरका खानिहरु:
तर खैर त्यो केही छैन । ईतिहासबाट पाठ सिक्नु पर्छ । भलै गोर्खा भर्तिको ईतिहास कालो अँधेरी रात जस्तै थियो होला । तर आज आएर सुनौलो बिहानी छाएजस्तो छ । पुर्खाका सस्तो रगत पसिनाको फल्सरुप आज हजारौं गोर्खा र तिनका परिवार बेलायतमा आएर बस्ने अधिकार पाएका छन । उता हङकङमा पनि त्यत्तिकै छन । यि दुई देशहरु अवसरका खानिहरु हुन । यि खानिबाट अब गोर्खालिले हिरा निकाल्न सक्नुपर्छ । ति हिरा भनेका उच्च शिक्षा, रोजगारी र आर्थिक उन्नती हुन । यस्तो अवसर नेपालमा आदिवासी जनजातिले पाउने सम्भावना छैन । त्यसैमा देसकै स्थिती नाजुक छ । संघर्षपूर्ण अवस्था पछी अब लैनो गाई गोठमा बाँधिएको छ । त्यसलाई राम्रो गोबर-सोत्तर गरेर र हरियो घाँस खुलाएर मस्तै भन्दा मस्तै दुध दुहुनतिर लाग्नुपर्छ । दुधलाई घरमै खपत होइनकी बरु प्रशोधन गरेर कुरौनी, घ्यू र मही बनाएर बेच्नु पर्दछ । भुल्न हुँदैन कि त्यो घ्यू नेपालमा पनि निर्यात हुनुपर्छ ।
बर्षमा डेढ-दुई सय भएनी गोर्खाली भर्ती भईरहेकाछन । तिनिहरु र उनका परिवार गेसोको लामो आन्दोलन पस्चात बेलायतमै बस्न पाउने कानुनी ब्यावस्था भएछ । गोर्खा भर्ती अहिल्लै टुटिहाल्ने सम्भावना देखिदैन । द्विसतबार्षीकी कार्यक्रमहरुमा बेलायती लगायत याँहाको राजपरिवारको उत्सुक्तापूर्ण सम्लगनताले गोर्खा भर्ती झनै निरन्तर रहिरहला जस्तो भान हुन्छ । अर्को १०-१५ बर्षसम्म कायमै रहेपनि दसौँ हजार गोर्खाली बेलायतमै थाइ बसोबास गर्लान । यसरी पाइएको अबको अवसर र त्यसले नेपाललाई पुर्याउने दिर्घकालिन फाईदालाई मनन गर्दा गोर्खा भर्तिको अहिलेसम्मको नकारात्मक पक्षले यती सारै हतोत्साहित भईहाल्नुपर्ने अवस्था छैन । लगानी धेरै नै लगाइयो, अहिलेसम्म कम्पनी घाटामै थियो होला, अब भने मुनाफा खाएर यसको बोनस पनि बाँडने समय आएको छ भन्दा अत्युक्ती नहोला ।
सङ्लो छविमा धमिलोपना नछावोस:
तर यि सबैको फाईदा लिनु नलिनु गोर्खा र तिनका सन्तानमा निर्भर गर्दछ । बुझ्नु के पर्छ भने जोखिम निर्धारण गरेर पाइला अघी चालिय दुस्मनले मार्ने सम्भावना न्युन हुनसक्छ । बेलायत जस्तो अतिबिकसित राष्ट्रको नागरिक बनेर बस्ने अवसरको फाईदा लिन जाने गोर्खालिका भावी शन्ततिको भबिस्य उज्यालो हुनको साथै नेपाललाई पनि आवश्यक सेवा प्रदानगर्न सकिन्छ । त्यो कसरी भने, सर्बप्रथम हाम्रो मुल्य र मान्यतामा कुनै आँच नआवोस । हाम्रो सङ्लो छविमा कुनै धमिलोपना नछावोस भन्नाका खातिर बेलायतीहरुसँग बिरोध भन्दा पनि शहकार्य गर्न जरुरी छ । अनी सन्तानलाई उच्च शिक्षातिर उन्मुख गराउनुपर्यो ता की भबिष्यमा प्राबिधिक ज्ञान र शिप हाँसिल गरेर नेपाल र नेपालीसँग पनि बाँडन सकियोस । जसको लक्षण अहिल्लै देखिन थालिएको छ ।
उदाहरणकोलागि, हालैको महाभुकम्पमा सयौं गोर्खा युवायुवतीहरु नेपाल गएर राहत बाँडने काममा संलग्न भए । बेलायतमा स्थानान्तरण भएका गोर्खाले ईतिहासको अर्को च्याप्टर खोलेका छन जो अर्को दुइसय बर्षसम्म जिवित रहन सक्छ । जब भावी शन्ततिले ४०० बर्षको गोर्खाली ईतिहास यस भुमिमा मनाउनेछन तव पक्षताप भन्दा पनि ठुलो गौरवले त्यस क्षणलाई मनाइने छ ।
निराशा भन्दा आशा:
१९९७ पछी गोर्खालीको बेलायत बसाईसंगै सोंचाइ र ब्यबहारमा धेरै परिवर्तन आएका छन । राजनैतिक, सामाजिक, साहित्यिक इत्यादी सबै तरिकाले सचेत देखिन्छन । केही प्रतिशतले सेवामै रहँदारहँदै पनि ऊच्चशिक्षा आर्जन गरिरहेका छन । धेरैले निबृत भएपछी पनी शिक्षापार्जन गरेको देखिन्छ । कयौं ब्यवसायमा पनि लागेका छन । तिनका परिवार पनि पहिलाको तुलनामा सिक्षित छन । गोर्खा परिवारका ९५ % सन्तानहरु उच्चशिक्षा हाँसिल गरिरहेको अनुमान गर्न सकिन्छ । नेपालमा आदिवासी जनजातिका छोराछोरिहरु अनपढ हुन्छन भन्ने हेराइलाई यस उदाहरणले गलत साबित गरिदिएको छ । तिनिहरु सबैजसो सरकारी तथा गैरसरकारि निकायहरुमा रोजगार छन ।
केही गोर्खाली काउन्सिलर भएर राजनीतिमा पनि घुसेका छन । भोली गएर तिनका सन्तान एम पि नहोलान भन्न सकिन्न । सेनामा गोर्खालीलाइ लेफ्टेन कर्नेल भन्दा माथिको पद यैलेसम्म दिइएको छैन । भबिस्यमा के हो के हो, हाम्रा सन्तान यस देसका कर्नेल जर्नेल पो हुनेहुन कि ? यस्ता सुवर्ण अवसरहरु त अझै आउन बाँकीनै छन । गोर्खा भर्तीले गर्दा यस्ता मौका पाइएको हो नै । त्यसैले गोर्खा भर्तिलाई हामी निराशाले भन्दानि आशाको दृष्टिले हेरौँ ।
जय गोर्खा !
(लेखक:बृटिस आर्मी अन्तर्गत क्यून्स गोरखा ईन्जिनियरस्का रिटायर नन्कमीसन अफिसर हुन)
