यातायातका दुई कर्मचरी घुस लिँदालिँदै अख्तियारको नियन्त्रणमा

Read Time:2 Minute, 2 Second

मनोज घर्तीमगर

पोखरा, १६ असार ।

 

यातायात व्यवस्था कार्यालय गण्डकी, सवारी पोखराका दुई कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय, पोखराको टोलीले घुस लिँदालिँदै नियन्त्रणमा लिएको छ । लखनचोक नजिकैको यातायात व्यवस्था कार्यालय गण्डकी सवारीका लेखाअधिकृत गोविन्दप्रसाद बराल र लेखापाल नारायणहरि शर्मा अधिकारीलाई १० हजार रुपैंयाँसहित आफ्नै कार्यकक्षबाट नियन्त्रणमा लिइएको हो ।

सेवाग्राही टेकबहादुर बरुवालले दिएको उजुरीका आधारमा अख्तियारले यातायात कार्यालयमा छापा मार्दा बराल र शर्मा अधिकारी घुस लिँदालिँदै रंगेहात पक्राउ परेको अख्तियारका डिएसपी श्यामकुमार राईले जानकारी दिए । सेवाग्राही बरुवाले बा २ च ८५५८ नम्बरको निजी कार नविकरण गर्न लाग्ने राजश्व तिरे पटकपटक बिल बुक माग्दा हराएको भन्दै यातायातका कर्मचारीले २० हजार घुस मागेको बताउ्रँदै १० हजार दिए बिलबुक दिने सहमति भएपछि आफूले उक्त रकम दिएको जानकारी दिए ।

 आरोपित लेखाअधिकृत गोविन्दप्रसाद बराल र लेखापाल नारायणहरि शर्मा अधिकारीले ृआफूहरुले घुस लिएको सुनाउँदै आफूहरुलाई सुनियोजित रुप्मा फसाउन खोजिएको दाबी गरेका छन् । आरोपित दुवै व्यक्तिलाई अख्तियारले थप अनुसन्धानका लागि नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडी बढाउने जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %