गजल

तारा थापा मगर

गजल









काम दिए, अनि सहि दाम भए देशको
सीप देखाउनलाई, ठाम भए देशको ।

अब युवा उठ्नु पर्छ, देश चलाउन
यी बुढा नेताहरु, विश्राम भए देशको ।

हत्या हिँसा, बलात्कार, गुण्डा गर्दी
रोक्ने तह लाउने, लगाम भए देशको ।

पुर्खाले अर्जेका, प्यारो, भुमी नेपाल
विश्व जगत मा, बदनाम भए देशको ।