खपाङ्गीलाई मासिक ७ हजार दिने निर्णय
देब पचभैया
काठमाण्डौ, असार ८ – गोरे बहादुर खपाङ्गी फाउण्डेशनको मंगलबार बसेको बैठकले सदस्य र सल्लाहकार बिस्तार गरेको छ ।
सस्थाका अध्यक्ष हुमबहादुर थापा (पचभैया) को अध्यक्षतामा बसेको फाउण्डेशनको तेश्र्रो बैठकले हुम सुनारी (साउदी अरब) नेम थापा (युके ) आले माहिला (सिंगापुर) लाई बिषेश सल्लाहकारमा र बरिष्ठ अधिबक्ता गौ बहादुर आले लाई कानुनी सल्लाहकारमा नियुक्ति गरेको छ । साथै शंखर लिम्बु र संजोक लाफालाई सस्थाको सल्लाहकारमा चयन गरेको छ ।
सदस्यहरुमा देब पचभैया (पाल्पा ) मनोज घर्ती मगर (पोखरा) गायत्री राना मगर (काठमाण्डौ) र ज्ञानु थापा मगर ( गोर्खा ) लाई मनोनयन गरेको छ ।
बैठकले दुर्घटनामा परि घाईते भएका गोरे बहादुर खपाङ्गी लाई यही असार महिना देखि नै लागु हुने गरी मासिक ७ हजार सहयोग गर्ने निर्णय गरेको छ । फाउण्डेशनको निर्णय संगै मंगलबार नै फाउण्डेशनका प्रतिनिधि खपाङ्गी निवास पुगी उहालाई ७ हजार प्रदान गरेको छ । फाउण्डेशनमा अहिले सम्म उठेको रकम बाट प्राप्त हुने ब्याज बाट उहालाई तत्कालको लागी मासिक ७ हजार प्रदान गर्ने र सहयोग रकमलाई क्रमश बिस्तार गर्दै जाने फाउण्डेशनका सहकोषाध्यक्ष गंगाबहादुर आले मगरले जानकारी दिए ।
फाउण्डेशनमा हाल सम्म प्राप्त १ लाख ७८ हजार ६० रुपिया अध्यक्ष हुमबहादुर थापाले सस्थाका कोषाध्यक्ष केबी रानालाई हस्तान्तरण गरे ।
फाउण्डेशनलाई अहिले सम्म अध्यक्ष थापा बाट ५० हजार, केबि राना बाट २५ हजार, टंक मगर (युके ) बाट २५ हजार, भिम थापा (हङ्गकङ) बाट २५ हजार, गंगा थापा (खासु) बाट १० हजार, गोबिन्द श्रीस मगर (अमेरिका) बाट १० हजार,रण बहादुर पुन (दक्षिण कोरिया) बाट १० हजार, भावेश भुमरी १० हजार, मनोज घर्ती मगर ५ सय ५ , अम्रिता राना ५ सय ५५, देब पचभैया एक हजार, चन्द्र बहादुर थापा एक हजार र गौ बहादुर आले बाट १० हजार नगद प्राप्त भएको सस्थाका कोषाध्यक्ष रानाले जानकारी दिए ।
बैठकले अधिबक्ता गौबहादुर आलेको संयोजनमा तयार पारेका बिधानलाई पारित गरेको छ ।
मंगलबारको बैठकले हुम सुनारी द्धारा लिखित नेपाली राजनिति र समाजमा खपाङ्गीको देन बिषय पुस्तकको पहिलो प्रकाशन बाट उठ्ने सबै रकम फाउण्डेशनलाई दिने सुनारीको निर्णयलाई स्वागत गर्दे सुनारीलाई धन्यबाद प्रदान गरेको छ ।
बिदेशमा रहेका सबै मगरसंघ हरुलाई सस्थाको पदेन सदस्य र सम्बन्धित स्थानको संयोजक बनाउने सस्थाले निर्णय गरेको छ ।