मनोज घर्तीमगर
पोखरां, ४ असार – ‘गोरेबहादुर खपाङगी फाउण्डेशन २०७२’ मा सहयोग आउनेक्रम जारी छ । यसैक्रममा आजीवन सदस्य रहने गरि लेखखानी –८ सिन्देश बाग्लुङ घर भइ हाल अमेरिका वासीन्टन बस्ने गोबिन्द श्रीसमगरले फाउण्डेशनका लागि १० हजार रुपैंया पठाइदिएका छन् ।
अध्यक्ष थापाले देश विदेशबाट सहयोग गर्नेलाई धन्यवाद दिँदै अझै सहयोग गर्न आग्रह गरे । रकम हस्तान्तरणपछि गायक थापामगरले पनि फाउण्डेशनलाई आजीवन सदस्य रहने गरि १० हजार रकम दिने घोषणा गरे ।
यस्तै पालुङटार नगरपालीका,ठाँटिपोखरि बजार, गोरखा घर भइ हाल हङकङ बस्ने राज्यसत्ता डटकमका सम्पादक भिम थापाले संरक्षक सदस्य रहने गरि २५ हजार सहयोग आज नेपाल पठाएको र उक्त रकम फाउन्डेशनका अध्यक्षले प्राप्त गरिसकेका छन । त्यसैगरि लेखानी–९,बागलुङ घरभइ हाल दक्षिण कोरिया बस्ने रणबहादुर पुन मगरले पनि फाउण्डशेनको आजीवन सदस्य रहने गरि १० हजार सहयोग १-२ दिनमा अध्यक्षकै नाममा पठाउन टेलिफोनमा जानकारि दिए ।
अहिलेसम्म फाउण्डेशनलाई तीन लाख ३५ हजारभन्दा बढी सहयोग रकम घोषणा भएको छ । घोषणासँगै रकम उठ्ने क्रम जारी रहेको फाउण्डेशनका कोषाध्यक्ष केबी रानाले बताए ।
पूर्व मन्त्री एवं आदिवासी जनजाति नेता गोरेबहादुरको उपचारमा सहयोग गर्ने लगायत विभिन्न उद्देश्य राखि बनाइएको फाउण्डनेशन केही दिने भित्र काठमाडौंमा दर्ता हुने र त्यसका लागि विधान तयारी अन्तिम चरणमा पुगेको फाउण्डेशनका सचिव भावे भुमरीले जानकारी दिए ।
यस अघि फाउण्डेशनका अध्यक्ष हुमबहादुर पचभैया थापामगरबाट ५० हजार, कोषाअध्यक्ष केबी रानामगर २५ हजार सहयोग प्राप्त भएको छ । यस्तै संरक्षक सदस्य रहने गरि धरान घर भइ हाल यूके बस्ने टंकबहादुर मगरले २५ हजार, पाल्पा देउरालीछाप ताहुँ घर भइ हाल युके बस्ने मगर संघ युकेका महासचिव बम थापा शूर्यबंशीमगरले २५ हजार , नेपाल मगर संघका पूर्व सदस्य नन्द घर्तीमगरले २५ हजार र उदयपुर गाइघाट घर भई इजरायल मगरकी महासविच माया घलेमगरले २५ हजार सहयोग गरेका छन् । महासचिव घलेमगरले एसिड आक्रमण्ँबाट घाइते भएकी संगीता पुलामीमगरका लागि पनि ५ हजार सहयोग गरेकी छिन् ।
यस्तै आजिवन सदस्यका लागि फाउण्डेशनका उपाअध्यक्ष रुद्र गुर्मछान १० हजार, सचिव भावेस भुमरी १० हजार, सस्थापक सदस्य सिलुवा–२ पाल्पाका कृष्ण सारुमगरले १० हजार, सदस्य गंगा खासुमगरले १० हजार,संस्थापक सदस्य, लेखक एवं पीएचडी शोधार्थी बिष्णु सिंजालीमगर १० हजार, सहयोग गरेका छन् ।
यसैगरी फाउण्डेशनको आजीवन सदस्यकै लागि लेखखानी ८ सिन्देश बाग्लुङ घर भइ हाल अमेरिका वासीन्टन बस्ने गोबिन्द श्रीसमगर १० हजार, गंगाबहादुर आलेमगर बिश्व साहित्य महासंघकाअध्यक्ष बिश्वासिदप तिगेला १० हजार, सौरेपानी–५ बान्चोक गोरखा घर भइ हाल तमु समाज बहराइनका सहसचिव एवं तमु समाज, बहराइनका प्रक्तता पदमकुमार गुरुङले १० हजार, पाल्पा गुम्मा हाल काठमाडौं बस्ने अमृता बगाले राना मगरले साधारण्ँ सदस्यका लागि ५ सय ५५ र लेखक एवं पत्रकार तथा मगर आम संचारकर्मी समाज, कास्कीका सल्लाहकार मनोज घर्तीमगरले साधरण्ँ सदस्यका लागि ५ सय पाँच रुपैंया सहयोग गरेको कोषाध्यक्ष केबी रानामगरले जानकारी दिए ।
फाउण्डेशनका कोषाध्यक्षकेवी रानमगरले फाउण्डेशनको कोषको आम्दानीका लागि संस्थापक, मानार्थ, संरक्षक , आजीवन र साधारण्ँ सदस्य वितरण्ँ गरिरहेको छ । उनका अनुसार संरक्षक सदस्यका लागि न्यूनतम २५ हजार, आजीवन सदस्यका लागि न्यूनतम १० हजार र साधारण सदस्य बन्न न्यूनतम ५ सय शुल्क तोकिएको छ ।