मनोज घर्तीमगर
काठमाडौं, १ असार – ‘गोरेबहादुर खपाङगी फाउण्डेशन २०७२’ का लागि २ लाख ६६ हजार ६० रुपैंया संकलन भएको छ ।
पूर्व मन्त्री एवं आदिवासी जनजाति नेता गोरेबहादुरको उपचारमा सहयोग गर्ने लगायत विभिन्न उद्देश्य राखि बनाइएको फाउण्डनेशनलाई देशविदेशका विभिन्न व्यक्तिबाट एक दिनमै यति धेरै रकम सहयोग भएको हो ।
फाउण्डेशनका अध्यक्ष हुमबहादुर पचभैया थापामगरले गोरेबहादुरको राष्ट्रिय व्यक्तित्व र उनले देशलाई दिएको योगदानको कदर गरेरै विभिन्न व्यक्तिले एक दिनमै यति धेरै सहयोग गरेको बताए ।
अध्यक्ष थापामगरले देशविदेशमा रहेका व्यक्तिहरुको सदासयताले गोरेबहादुरलाई बचाउनका लागि जस्तोसुकै काम गर्न हौसलमा मिलेको बताउँदै अन्य व्यक्ति तथा संस्थालाई पनि सहयोग गर्न आग्रह गरे ।
फाउण्डेशनका सचिव भावेस भुमरीका अनुसार अहिलेसम्म अध्यक्ष हुमबहादुर पचभैया थापामगरबाट ५० हजार, कोषअध्यक्ष केबी रानामगर २५ हजार सहयोग प्राप्त भएको छ । यस्तै संरक्षक सदस्य रहने गरि धरान घर भइ हाल यूके बस्ने टंकबहादुर मगरले २५ हजार, पाल्पा देउरालीछाप ताहु“ घर भइ हाल युके बस्ने मगर संघ युकेका महासचिव बम थापा शूर्यबंशीमगरले २५ हजार , नेपाल मगर संघका पूर्व सदस्य नन्द घर्तीमगरले २५ हजार र उदयपुर गाइघाट घर भई इजरायल मगरकी महासविच माया घलेमगरले २५ हजार सहयोग गरेका छन् । महासचिव घलेमगरले एसिड आक्रमणबाट घाइते भएकी संगीता पुलामीमगरका लागि पनि ५ हजार सहयोग गरेकी छिन् ।
यस्तै आजिवन सदस्यका लागि फाउण्डेशनका उपाअध्यक्ष रुद्र गुर्मछान १० हजार, सचिव भावेस भुमरी १० हजार, सस्थापक सदस्य सिलुवा–२ पाल्पाका कृष्ण सारुमगरले १० हजार, सदस्य गंगा खासुमगरले १० हजार,संस्थापक सदस्य, लेखक एवं पीएचडी शोधार्थी बिष्णु सिंजालीमगर १० हजार, सहयोग गरेका छन् ।
यसैगरी फाउण्डेशनको आजीवन सदस्यकै लागि लेखखानी ८ सिन्देश बाग्लुङ घर भइ हाल अमेरिका वासीन्टन बस्ने गोबिन्द श्रीसमगर १० हजार, गंगाबहादुर आलेमगर बिश्व साहित्य महासंघका अध्यक्ष बिश्वासिदप तिगेला १० हजार, सौरेपानी–५ बान्चोक गोरखा घर भइ हाल तमु समाज बहराइनका सहसचिव एवं तमु समाज, बहराइनका प्रक्तता पदमकुमार गुरुङले १० हजार, पाल्पा गुम्मा हाल काठमाडौं बस्ने अमृता बगाले राना मगरले साधारण सदस्यका लागि ५ सय ५५ र लेखक एवं पत्रकार तथा मगर आम संचारकर्मी समाज, कास्कीका सल्लाहकार मनोज घर्तीमगरले साधरण सदस्यका लागि ५ सय पाँच रुपैंया सहयोग गरेको कोषाध्यक्ष केबी रानामगरले जानकारी दिए ।
फाउण्डेशनका कोषाध्यक्ष केवी रानमगरले फाउण्डेशनको कोषको आम्दानीका लागि संस्थापक, मानार्थ, संरक्षक , आजीवन र साधारण सदस्य वितरण गरिरहेको छ । उनका अनुसार संरक्षक सदस्यका लागि न्यूनतम २५ हजार, आजीवन सदस्यका लागि न्यूनतम १० हजार र साधारण सदस्य बन्न न्यूनतम ५ सय शुल्क तोकिएको छ ।