मनोज घर्तीमगर
काठमाडौं,३२ जेठ – ‘गोरेबहादुर खपाङगी फाउण्डेशन २०७२’ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गरिने भएको छ ।
पूर्व मन्त्री एवं आदिवासी जनजाति नेता गोरेबहादुरको नाममा गठित तदर्थ समितिका संयोजक एवं राज्यसत्ता डटकममा प्रबन्ध निर्देशक हुमबहादुर पचभैया थापामगरको अध्यक्षतामा आइतबार बसेको पहिलो बैठले यो निर्णय गरेको हो । बैठकले फाउण्डेशन दर्ता गर्न चाहिने विधान मस्यौदा तयार पार्न वरिष्ठ अधिवक्ता गौबहादुर आलेमगरलाई जिम्मा दिएको छ ।
यस्तै बैठकले फाउण्डेशनको कार्यालय कामनपा–११, बागदरबार काठमाडौंमा रहने, खपाङ्गीले जीवनकालमा राजनीतिक, सामाजिक, भाषिक,शैक्षिक क्षेत्रमा दिएको योगदानको प्रचारप्रसार, संरक्षण र उजागर गर्ने, खपाङ्ीको नामबाट आदिवासी जनजातिका प्रतिभाशाली गरिब तथा जेहेन्दार छात्रछात्राहरुलाई छात्रबृत्ति तथा पुरस्कार प्रदान गर्ने, उनको व्यक्तित्व कृतित्व र विचारको अध्ययन, अनुसन्धान गरि महत्वपूर्ण योगदान पु¥याउने विज्ञहरुलाई संस्थाको तर्फबाट सम्मान गर्ने तथा गोरेबहादुरको नाममा पुरस्कार स्थापना गर्ने निर्णय गरेको संयोजक हुमबहादुर पचभैया थापामगरले जानकारी दिए । यस्तै बैठकबाट गोरेबहादुरको अहिलेसम्मको अवस्थाबारे जानकारी गराउँदै उनको उपचारका ।
लागि नेपाल सरकारलाई खर्च माग गर्ने निर्णय गरिएको छ । यसका लागि एक समिति बनाउने तयारी भइरहेको फाउण्डेशनका सचिव जुद्धबहादुर पुनमगर (भावेस भुमरी) ले बताए ।
बैठकले फाउण्डेशनको कोषका लागि संस्थापक, मानार्थ, संरक्षक, आजीवन र साधारण सदस्य वितरण गर्ने निर्णय पनि गरेको छ । संरक्षक सदस्यका लागि न्यूनतम २५ हजार, आजीवन सदस्यका लागि न्यूनतम १० हजार र साधारण सदस्य बन्न न्यूनतम ५ सय शुल्क तोकिएको फाउण्डेशनका कोषाध्यक्ष केबी रानामगरले जानकारी दिए ।
आइतबारकै निर्णयले फाउण्डेशनमा रुद्र गुर्मछानलाई उपाध्यक्ष र नेपाल मगर महिला संघका केन्द्रिय अध्यक्ष गंगा खासुमगरलाई सदस्यमा चयन गरेको छ ।
यसैबीच फाउन्डेशनका लागी अध्यक्ष हुमबहादुर पचभैया थापामगरबाट ५० हजार, कोषाध्यक्ष केबी रानामगर २५ हजार, धरान घर भइ हाल यूके बस्ने टंकबहादुर मगरले संरक्षक सदस्य रहने गरी २५ हजार, नेपाल मगर संघका पूर्व सदस्य नन्द घर्तीमगरले संरक्षक सदस्य रहने गरी २५ हजार, पाल्पा देउरालीछाप ताहुँ घर भइ हाल युके बस्ने मगर संघ युकेका महासचिव बम थापा शूर्यबंशीमगरले २५ हजार सहयोग गरेका छन् ।
यस्तै उपाध्यक्ष रूद्र गुर्मछान १० हजार, सस्थापक सदस्य सिलुवा–२ पाल्पाका कृष्ण सारूमगरले आजीवन सदस्य हुने गरी १० हजार, गंगा खासुमगर १० हजार, भावेस भुमरी १० हजार, लेखखानी ८ बाग्लुङ घर भइ हाल अमेरिका वासीन्टन बस्ने गोबिन्द श्रीसमगर १० हजार, संस्थापक सदस्य, लेखक एवं पीएचडी शोधार्थी बिष्णु सिंजालीमगर १० हजार, गंगाबहादुर आलेमगर बिश्व साहित्य महासंघका अध्यक्ष बिश्वासिदप तिगेला १० हजार, गोरखा घर भइ बहराइन बस्ने नेफिनका सहसचिव तथा तमु समाज, बहराइनका प्रवकता पदमकुमार गुरूङले १० हजार,पाल्पा गुम्मा हाल काठमाडौं बस्ने अमृता बगाले राना मगरले साधारण सदस्यका लागि ५ सय ५५ र लेखक एवं पत्रकार तथा मगर आम संचारकर्मी समाज, कास्कीका सल्लाहकार मनोज घर्तीमगरले साधरण सदस्यका लागि ५ सय रूपैंया सहयोग गरेका छन् ।
फोटो:कृष्ण सारू मगर