दिपा आलेमगर
ललितपुर, जेठ ३१ – सम्पूर्ण मगर महिला एक हौं, आफ्नो हक, अधिकार सुनिश्चित गरौं भन्ने मूल नाराका साथ नेपाल मगर महिला संघ जिल्ला समिति ललितपुरको आठौं जिल्ला अधिवेशन आज लुभुमा सम्पन्न भएको छ ।
चांदनी रानामगरको अध्यक्षतामा ११ कार्यसमिति चयन गरेको हो ।
उपाध्यक्षमा लालमाया थापागमर, सचिव राममाया थापामगर, सहसचिव दिपा थापामगर, र कोषाध्यक्ष सकुन्तला रानामगर रहेका छन् । भने सदस्यहरुमा लिला रानामगर, तिलिसरा थापामगर, इशारा बुढाथोकीमगर,रेखा थापामगर केसरी थापामगर र निमा रानामगर चयन भएका छन् ।
कार्यक्रमको उद्घाटन मगर महिला संघका केन्द्रीय अध्यक्ष गंगा खासुमगरले गरेका थिए । उद्घाटन सत्रमा नेपाल मगर बौद्ध सेवा समाजका केन्द्रीय अध्यक्ष देउबहादुर रानामगर, ललितपुर मगर संघका अध्यक्ष कृष्ण रानामगर, नेपाल मगर विद्यार्थी संघका संस्थापक सदस्य सन्जोक लाफामगर, नेपाल मगर विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दिपा आलेमगर, कोरिया मगर संघका सचिव किरण मगर, बौद्ध संघका कोषाध्यक्ष मधुमालती थापामगर, लगायतले आ आफ्नो धारणा राखेका थिए ।
कार्यक्रमको अध्यक्ष हरिकला रानामगरले र कार्यक्रम सञ्चालन राममाया थापामगले गरेका थिए ।
अधिवेशनको बन्द सत्रमा निर्वाचन मण्डलको अध्यक्षता नेपाल मगर विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दिपा आलेमगर र सदस्यहरुमा नेपाल मगर बौद्ध सेवा समाजका केन्द्रीय अध्यक्ष देउबहादुर रानामगर, मगर संघ ललितपुरका अध्यक्ष कृष्ण रानामगर रहेका थिए ।
नेपाल मगर महिला संघका केन्द्रीय अध्यक्ष गगा खासुमगरले निर्वाचित पदाधिकारीहरुलाई खादा लगाई प्रमाण पत्र सहित बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।