दिपा आलेमगर
काठमाण्डौ , ३१ जेठ २०७२ – पूर्व मन्त्री एवं आदिबासी जनजाति अगुवा नेता गोरेबहादुर खपाङ्गीमगरको स्वास्थ्य उपचारलाई मध्यनजर गर्दै शनिबार एक कार्यक्रम बिच गोरे बहादुर खपाङ्गी फाउण्डेशन २०७२ गठन गरिएको छ ।
राज्यसत्ता डटकमको आयोजनामा उक्त फाउण्डेशन गठन गरिएको हो । खपाङ्गीमगरको स्वास्थ्य उपचारमा आर्थिक अभाव भएपछि जनजाति अगुवाहरुले उक्त कार्यक्रम आयोजना गरी सो फाउण्डेशन गठनको लागि पहल गरेको हो ।
राज्यसत्ता डटकमका प्रबन्ध निर्देशक हुमबहादुर पचभैया थापामगरको संयोजकत्वमा गठन गरिएको फाउण्डेसनले घाईते खपाङ्गीमगरको उपचारकोलागि दिर्घकालिन रुपमै आर्थिक व्यवस्थापन गर्ने योजना रहेको जनाइएको छ ।
फाउण्डेशनको अन्य सदस्यहरुमा नन्दबहादुर घर्तिमगर, केवि रानामगर, कृष्ण सारुमगर, अधिवक्ता गौ बहादुर आलेमगर, साहित्यकार भावेश भुमरी, गंगाबहादुर आलेमगर गरी ७ सदस्य चयन भएका छन् ।
गोरे बहादुर खपाङ्गी फाउण्डेशन २०७२ लाई सक्रिय बनाउनको लागि ८ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । सल्लाहकार सदस्यहरु डा. ओम गुरुंग, डा.कृष्ण भटचन, क्याप्टेन दुर्गा प्रसाद गुरुंग, क्याप्टन देवबहादुर राना, क्यप्टन कुल प्रसाद पुन, क्याप्टेन यमबहादुर बुढा थोकी, त्रिलोक सिंह थापामगर, गणेश बल तामांग रहेका छन् ।
फाउण्डेसन गठन बारे छलफल कार्यक्रममा नेपाल मगर संघका पूर्व अध्यक्ष क्याप्टेन एमबहादुर बुढाथोकीमगर, नेपाल मगर बौद्ध सेवा समाजका अध्यक्ष देवबहादुर रानामगर, अधिवक्ता गौबहादुर आलेमगर, मास्टर मित्रसेन प्रतिष्ठानका अध्यक्ष त्रिलोकसिंह थापामगर, डा. ओम गुरुङ्ग, नेपाल मगर संघका पूर्व कोषाध्यक्ष कुलप्रसाद पुनमगर, राष्ट्रिय भूपू सैनिक संगठनका पूर्व महासचिव क्याप्टेन दुर्गा प्रसाद गुरुङ्गको उपस्थिती रहेको थियो ।
त्यसैगरी लिबरल डेमोक्रेटीक पार्टीका उपाध्यक्ष गणेशबल तामांग, नेपाल मगर महिला संघका केन्द्रीय अध्यक्ष गंगा खासुमगर, नेपाल मगर संघका पूर्व केन्द्रीय सदस्य नन्दबहादुर घर्तिमगर, आदिबासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष डण्ड गुरुङ्ग, हिमाल मिडियाका सन्त गाहामगर, पत्रकार सेन्चुलेङ लिम्बु, आदिकवि जितबहादुर सिंजालीमगर प्रतिस्ठानका अध्यक्ष सन्जोग लाफामगर, नेपाल मगर विद्यार्थी संघका केन्द्रिय अध्यक्ष दिपा आलेमगर, होटल न्यूक्यासलका प्रोपराइटर के.बि राना मगर,हरिसंखर थापा मगर, चन्द्रबहादु थापा मगर, गंगाबहादुर आले मगर, शिलाजित खपांगी, मगर कुमार सुस्लिङ,टोप सारू मगर ,शिब राना रूद्र गुर्मछान मगर ,मनिराज पून मगर,चित्लर काउचा मगर,निर्मल बगाले मगर लगायत करिब ५० जनाको उपस्थित रहेको थियो ।
नेपाल मगर संघका पूर्व अध्यक्ष गोरेबहादुर खपाङ्गीको उपचार र उनको नाममा फाउण्डेसन स्थापनाको विषयमा प्रा.डा. ओम गुरुङ,यमबहादुर बुढाथोकी, सञ्जोग लाफा, गणेश बल तामाङ, गंगा खासु, कुलप्रसाद पुन, गौबहादुर आले, कृष्ण सारु, त्रिलोकसिं थापा मगर, के.बि राना मगर,चन्द्रबहादुर थापा मगर र नन्दबहादुर घर्ती मगर लगायतले मन्तब्य राखेका थिए ।
नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव समेत रहेका प्रा.डा. ओम गुरुङले खपाङ्गीको उपचार राज्यको दायित्व भएको बताएका थिए । आदिवासी आन्दोलनमा जीवन सुम्पेका उनलाई राज्यले उपचार गरिदिनुपर्नेमा गुरुङले जोड दिए ।
खपाङ्गीको उपचारमा देश बिदेश बाट संकलन भएको पैसा र दाताको नाम र खपाँगी बारे यूके मगर संघका उपाध्यक्ष नेम थापा मगरले तयार पारेको www.khapangitrust.org मा छिटै अप्डेट गरि प्रकाशित गरिने हुमबहादुर थापा पचभैया मगरले बैठकमा जानकारि गराएका थिए ।
फाण्डेशनका संयोजक हुमबहादुर थापामगरले देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरुले खपाङ्गी बचाउमा आर्थिक सहयोग गर्नु पर्नेमा जोड दिए । छलफल कार्यक्रमका सहभागीहरुले नेपालकै पूर्व मन्त्री भएका कारण पनि राज्यबाट उपचारकोलागि आवश्यक पहल हुनुपर्नेमा जोड दिएको थिए ।
तदर्थ समितिकको दोस्रो बैठक आज आईतबार ४ बजे बस्ने फाउन्डेशनका संयोजक हुमबहादुर थापामगरले जानकारी दिए ।
बैठकमा फाउण्डेसनले आगामि दिनमा बिधान मस्यौदा तयार पार्ने , फाउण्डेसन नेपाल सरकारमा दर्ता गर्ने देखि देश बिदेशमा रहेका आबद्ध संघ सस्था र बिज्ञ बयाक्तिहरू संग परामर्श गरि समितिको आकार बढाउने बारे पनि छलफल हुने थापामगरले जानकारी दिए ।