मनोज घर्ती मगर
नेपालगंजमा म्यूजिक भिडियो बनाउने चलन अझै त्यतिविधि छैन । आक्कलझुक्कल बने पनि भनेजस्तो लोकेसन भेटिँदैनन् । गतिलो लोकेसन खोज्नै नेपालगंजका युवाको एक समूह म्यूजिक भिडियो सुटिङ गर्न पहिलो पटक पोखरा आएको छ । अमर रस्तुली (रवि) निर्माता रहेको गीत ‘वेटिङ फर यू’ को पोखरामा विभिन्न ठाउँमा छायाङ्कन गरिएको छ ।
सन्ध्या जोशी र अभिषेक अर्जेको स्वर रहेको गीतमा मोहित गुप्ता, सपनासिंह ठकुरीले अभियन गरेका छन् । बिमल सिंजालिमगरले निर्देशन गरेको भिडियोलाई ओम साई प्रोडक्सनका संचालक शैलेन्द्र जिएनले खिचेका हुन् । म्यूजिक भिडियो निर्माता अमर रस्तुलीले पोखरा रमाइलो ठाउँ भएकाले त्यहि अनुसारको सिन सुटिङ गर्न पोखरा आएको बताए । एक लाख लगानीमा बन्ने म्यूजिक भिडियोको सम्पादनको जिम्मा ओम साई प्रोडक्सनले लिएको छ ।