गजल

तारा थापा मगर

 









बस्ने सान‍ो झुपडी छ, त्यसलाई टाल्ने गर्छु, 

गोठालो हु म, बस्तु भाउको मल फाल्ने गर्छु ।

उकाली ओराली गर्छु म, काधमा भारी ब‍ोक्दै,
नाङ्गो पैदल टेक्दै, ढुँगा माट‍ो चाल्ने गर्छु ।

वर्षा झरी पर्दा खेरी, पेट भोको राख्नु पर्छ,
पकाउने मेरो ग्यास छैन, दाउरा बाल्ने गर्छु ।

गरिबी जीवन के नै छ ? अन्धकार बाहेक,
घाम ढल्के पछि, अधेरीमा रात गाल्ने गर्छु ।

छैन खेतबारी, पशिना बगाएर खाउ भने,
भ्याकुर गिठ्ठा, सिस्नु खोले खाई पेट पाल्ने गर्छु ।।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %