कोरियन नागरिकसंग बिहे गरेर आएका नेपाली चेलीहरुको वास्तविकता

Read Time:7 Minute, 41 Second

निश्चल काउचा – सोल

कोरियन नागरिकसंग विवाह गरेर आउने नेपाली चेलीहरुको यकिन तथ्यांक नेपाली दुतावाससंग छैन । १२ सय भन्दा बदि नेपाली चेलीहरु कोरियन नागरिकसंग विवाह गरेर कोरिया आएको अनुमान गरिन्छ । पछिल्लो चरणमा ईपिएस प्रणाली मार्फत कोरिया आउनेको संख्या बढेसंगै विवाह गरेर कोरिया आउनेको संख्या घटेको छ । उसो त भिसा नवीकरणमा न्याय मन्त्रालयको कडाइ गरेपछि म्यारिज भिसा लिनेहरुको संख्या घटेको भन्ने तथ्यांक पनि बाहिर आएको छ ।

सरसर्ती हेर्दा दुई थरि मनस्थिति बोकेर कोरियन नागरिक संग विहे गर्नेहरु देखिए । शर्मिला गुरुङ नाम परिवर्तनले आफु भन्दा दोब्बर उमेरको कोरियन नागरिक संग बिहे गरेर कोरिया आईन । उनि कोरिया आउनुको उदेश्य एउतै थियो । कोरिया आए पछि पैसा कमाउने र सुखी जीवन जिउने । विवाह केवल नाटक मात्र हो भन्ने सोचाई राखेर विवाह गरिन र उता म्यारिज ब्युरोके दलालले पनि पैसाको प्रलोभनमा कोरिया छिर्नको निम्ति मात्र विवाहको नाटक रच्ने हो, कोरिया पुगे पछि आफ्नो आफ्नो बाटो लाग्ने हो भनेर बताई दियो तर कोरिया आई पुगे पछि वास्तविकता अर्कै भई दियो । कोरियन लोग्नेले पनि पैसा खर्च गरेर दुलही ल्याएको हुन्छ ।
उसले पनि पैसा खर्च गरेर ल्याए पछि दुलहीकी रुपमा बसोस बन्ने चाहन्छ तर नेपाली चेलीले पनि उल्टै म्यारिज ब्युरोको दलाललाई पैसा तिरेर आएको हुन्छिन । उनीलाई पनि पैसा कमाएर त्यो पैसा फिर्ता गर्ने जिम्मेवारी हुन्छ । त्यस पछि आन्तरिक कलह बदछ । बिदेशी बुहारी भाषा, सस्कृति, रिती रिवाज मिल्दैन । कोरियनहरु सन्काह र जडयाह प्रवृतिको बदि हुने भएकोले दुर्व्यवहार र घरेलु हिँसाको चपेटामा पर्छन । शर्मिलामा त्यहि लागु भयो । एक बच्चाकी आमा बनि सकेकी उनिलाइ महिना भरि कम्पनिमा काम गरेको तलव सबै लोग्नेले नै राखी दिने गरेको र बेला बेलामा कुटपिट गर्ने र गाली गजौल गरेको दुखेसो पोखिन ।

एक दशक अघि कोरियन नागरिक संग विवाह गरेर आएको बाला राईको आफ्नो अनुभव सुनाउदै भनिन जसले चिने, जानेको कोरियन नागरिकसँग विहे गरेर आएका छन् ति नेपाली चेलीहरुको स्थिति धेरै जसोको राम्रो नै छ । कतिपयले आफ्नै कारणले दुःख पाएका छन् । कतिपय कोरियन पनि खराव छन् । हरेक ठाउमा मान्छे असल मात्र पनि हुँदैनन र खराव मात्र पनि हुदैनन् । एकदुई जना खराब भए भन्दैमा सबै खराब छन भन्न मिल्दैन । हो कोरियनहरु अलि रिसाहा स्वभावका हुन्छन् तर आफु राम्रो गरि बसे उनीहरुले पनि राम्रो गर्छन् ।
कोरियनसँग विवाह गरेर आएका केहि नेपाली केटीहरु आफ्नै कारणले दुस्ख पाएका सुनाउदै फेरि थपिन, कतिपय युवतीहरु कोरिया छिर्नको लागि मात्र विवाह गरेका हुन्छन् । आधुनिक जीवनशैली, गगनचुम्बी सोचाई र पैसाको मोहमा परेर नेपाली युवती कोरिया प्रति मोहित भइ म्यारिज ब्युरोलाई रकम तिरेर विवाह भिसामा कोरिया आएका हुन्छन् । कोरिया आएर पैसा कमाउने, मोजमस्तीको जीन्दगी जिउने सपना बोकेका युवतीहरु कोरिया आएपछि भाग्न खोज्ने, आफ्नै स्वदेशी पुरुषसँंग सम्बन्ध बढाउने प्रयासमा लाग्छन् । त्यस पछि श्रीमानले थाहा पाएर कुटने गाली गर्ने गरेको घटना देख्न र सुन्नमा आउने गरेको सुनाईन ।

महिला लागि महिला संस्थाकी संस्थापक अध्यक्ष कोपिला राईको अनुभव पनि बाला राईको भनाईसंग मेल खान्छ । उनीले पनि कोरियन नागरिकसंग विहे गरेर आउन चाहनेलाई बिकशित र धनी देशका मान्छेहरु भन्दैमा सबै धनी र असल नहुने हुदा विवाह गर्नु भन्दा पहिले कोरियन भाषा, सस्कृति, रहन सहनको बारेमा राम्ररी पढेर, बुझेर म कोरिया पैसा कमाउन होईन । विवाह गरेर जादैछु भने मनस्थिति बनाएर आएमा खासै समस्या नपर्ने सुझाए ।

यस बारे दुतावासमा बुझ्न खोज्दा एक कर्मचारीले पहिले जस्तो कोरियन नागरिकसंग विवाह गरेर आएका नेपाली चेलीहरु घरेलु हिँसा र अत्याचारमा परेका घटना घटेको बताउदै बरु अहिले कोरियन नागरिकसंग विवाह गरेर आएका नेपाली चेलीहरु बालबच्चा छोडेर स्वदेशी केटाहरुसंग भागेर लिभिङ टुगेदरमा बस्नेको संख्या बढेको सुनाए । यसै गरि कोरियन नागरिकसंग विवाह गरेर आएका नेपाली चेलीहरु मध्ये दुःख पाउनेको संख्या भन्दा सुखद दाम्पत्य जीवन जिउनेको संख्या बदि भएको नेपाली चेली समाज कोरिया की अध्यक्ष मञ्जु गुरुङले बताईन ।

यसर्थ मिडियामा आए जस्तो कोरियन नागरिकसंग विवाह गरेर आएका नेपाली चेलीहरुको स्थिति नाजुक नभएको तथ्य बाहिर आएको छ । जसले कोरियन भाषा पढेर कोरियाको सस्कृति रहन सहन बुझेर आफुले विवाह गर्ने केटाको बारेमा राम्ररी बुझेर साच्चिकै विवाह गरेर कोरिया आएकाहरुले सुखद दाम्पत्य जीवन यापन गरेको देखिन्छ । जसले आफु भन्दा दोब्बर, तेब्बर उमेरको कोरियन नागरिकसंग विवाह गरेर पैसा कमाउने, मोज मस्तीको जीवन जिउने अभिलाषाले कोरिया आएका छन्, उनीहरुले घरेलु हिँसा र अत्याचारमा परेर दुःख पाएको देखिन्छ ।

अहिले ईपिएसवाट कोरिया आएका मजदुरहरुलाइ समस्या पर्दा सम्पर्क राख्नको लागि खोलिएका माईग्रेन्ट सेन्टरहरुमा भाषा अनुवाद र परामर्शको लागि काम गर्ने अधिकांश कर्मचारी कोरियन नागरिकसंग विवाह गरेर आएका नेपाली चेलीहरु कार्यरत छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %