हङकङ्ग र यूएई मा रहेका पाल्पाली द्धारा भुकम्प पिडितलाई सवा ९ लाख सहयोग

Read Time:2 Minute, 32 Second

देब पचभैया

जेठ २२  पाल्पा -पाल्पा श्रीनगर समाज हङकङ्ग र पाल्पाली समाज यूएईले  पाल्पाका भूकम्प पीडितहरुको लागी ९ लाख १८ हजार बढी रकम सहयोग गरेका छन् ।

 

तानसेनमा बिहिबार छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरी उनीहरुले जिल्ला दैविप्रकोप उद्धार समिति पाल्पाका संयोजक  एबं प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्कीलाई नगद र चेक हस्तान्तरण गरेका हुन् ।

पाल्पा श्रीनगर समाज हङकङ्गका सचिब झलक पल्लीले ३ लाख १८ हजार नगद र पाल्पाली समाज यूएईका महासचिव वेदप्रसाद अर्यालले  ६ लाख १ हजार १ सय ११ रुपैयाँको चेक प्रदान गरेका थिए । 

सहयोग रकम हस्तान्तरण गर्दे  पाल्पा श्रीनगर समाज हङकङ्गका सचिब झलक पल्लीले भूकम्पले ठूलो क्षती पुर्याउँदा पाल्पाका पिडितहरुमा थोरै भए पनि राहत पुगोस भनेर सहयोग गरेको जानकारी दिए ।

 

सन २००४ मा स्थापना भएको पाल्पा श्रीनगर समाज हङकङ्गले सामाजिक क्षेत्रमा पनि सक्रिय रुपमा काम गर्दे आएको छ । समाजले देशैभरका भुकम्प प्रभाबितहरुको लागी पनि  यस अधि प्रधानमन्त्री राहतकोषमा पनि रकम जम्मा गरेको थियो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा पाल्पाली समाज यूएईका महासचिव वेदप्रसाद अर्यालले  रोजगारीको लागी बिदेशमा रहँदा भुकम्पले पिल्सिएका नेपालीको पीडाले मन पोलेको र आफूहरुको गाँस कम गरेरै भए पनि सहयोग गर्ने इच्छा अनुसार रकम संकलन गरेको बताए ।

 

सहयोग रकम र चेक बुझेपछि पाल्पाका प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर  कार्कीले वैदेशिक रोजगारमा रहेका पाल्पालीहरुले मातृभूमीप्रति देखाएको सदासयताले बास्तबिक भूकम्प प्रभावितलाई सहयोग पुग्ने भन्दै सहयोग गर्ने सबैलाई धन्यबाद दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %