थपियो गोधुली

Read Time:1 Minute, 42 Second

मनोज घर्तीमगर

पोखरामा नयाँ दोहोरी साँझ खोल्ने लहर चलेको छ । यहि लहरमा बाँस्तोलाथर नयाँबजारमा ‘गोधुली दोहोरी साँझ’ मिसिएको छ ।

 

शुक्रबारदेखि दोहोरी साँझको शुभारम्भ भयो । यो सँगै पोखरामा दोहोरी साँझहरुको संख्या १३ पुगेको छ । ८० लाख लगानीमा युवा व्यवसायी मनोज भट्ट, रेशम रचक, डिबि कुमाल र सोना मल्लले दोहोरी संचालनमा ल्याएका हुन् । त्यही ठाऊँमा दिउँसो क्वालिटि फुड क्लब (केएफसी) नामको रेस्टुरेन्ट चलाउँदै आएका उनीहरुले व्यवसायलाई विस्तार गरि साँझमा दोहोरी साँझ संचालन गरेका हुन् ।

गोधुली दोहोरी साँझको शुभारम्भ विशेष कार्यक्रम जेठ १६ गतेसम्म चल्नेछ ।  विशेष कार्यक्रममा रामजी खाँड, मुना थापामगर, शर्मिला गुरुङ, राजु गुरुङ, पुरुषोत्तम न्यौपाने, प्रजापती पराजुली लगाएतका कलाकारहरुले विशेष प्रस्तुती दिने संचालक रेशम रचकले बताए । शुभारम्भ कार्यक्रममा भएको नाफाको केहि प्रतिशत रकम भूकम्प पिडितहरुको लागि सहयोग गरिने उनले जानकारी दिए ।

नियमित कलाकारमा माधव चापाँगाई, ओम गुरुङ, रमेश परियार, प्रदिप राजपाल, कुसुम क्षेत्री लगाएत छन् ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %