तेलअविव,इजरायल
नेपाल आदिवासी जनजाती महासंघ,इजरायल द्वारा संस्थाको “ऐतिहासिक द्धितीय बार्षिकउत्सव तथा शोक कार्यक्रम २०१५” तेलअविव इजरायलमा १५मे (शुक्रबार)का दिन सम्पन्न गरेको छ |
संस्थाको उपाध्यक्ष भुपेन्द्र गुरुङको संयोजक र अध्यक्ष सुन्दर सिंह लामा तामाङको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदुतावास इजरायलकी द्धितीय सचिव श्रीमती रोशन खनाल , बिशेष अतिथि नेपाली राजदुतावास इजरायलका सहचारी कमल कोइराल,नेपाली संघीय समाज,इजरायलका संस्थापक अध्यक्ष युवराज राई , अतिथिहरुमा महासंघमा आवद्ध जातीय संस्थाका अध्यक्षहरु , इजरायलमा अवस्थित विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु र अनलाइन मिडियाकर्मीहरु रहेका थिए कार्यक्रममा सहभागीहरुलाई संस्थाका कार्यकारिणी सदस्य निरु गुरुङले स्वागत मन्तव्य राखेकी थिइन् | द्धितीय बार्षिकउत्सवको पावन अवसरमा कार्यक्रममा सभापति सुन्दर सिंह लामा तामाङ र प्रमुख अतिथि श्रीमती रोशन खनालले पानसमा दिप प्रज्वलन र केक काटेर कार्यक्रमको उत्घाटन गरिएको थियो | गत बैशाख १२ गते र त्यसपछि नेपालमा आएको भूकम्पबाट मिर्त्यु हुनु भएकाहरुको चिर-आत्माको कामना गर्दै एक मिनेट मौनधारणा व्यक्त गरेका थियो | साथै लामा धर्मगुरु थुप्तेन तामाङले बौद्धविधिअनुसार मिर्तकहरुको चिर-आत्माको कामनाको लागि मोलाम /कामना गर्नु भएको थियो |
महासंघमा आवाद्ध जातीय संस्था नेपाल तामाङ घेदुङ,इजरायलका अध्यक्ष बी बी लामा तामाङ , शेर्पा संघ,इजरायलका अध्यक्ष दावा शेर्पा , तमु समाज,इजरायलका अध्यक्ष डिक कुमार गुरुङ , नेवा खल ,इजरायलका अध्यक्ष रन्जुबाबा श्रेष्ठ , किराँत राई यायोख्ख नेपाल , इजरायलका अध्यक्ष कुमार राई , किराँत याक्थुङ चुम्लुङ,इजरायलका अध्यक्ष नयन इमासोङ लिम्बु, नेपाल मगर समाज,इजरायलका अध्यक्ष बसन्त रास्टकोटी ,नेपाली नागरिक समाज,इजरायलका अध्यक्ष नबराज खड्का ,नारीका लागि नारी संस्थाकी नितु खतिवडा र बिशेष अतिथि युबराज राईले आ-आफ्नो तर्फबाट शुभकामना मन्तव्य राख्नु भएको थियो |कार्यक्रम संयोजक भुपेन्द्र गुरुङले कार्यक्रम आयोजन गर्नुको उद्धेश्यबारे स्पस्ट पार्नु भएको थियो | संस्थाको संगठनिक प्रतिवेदन महासचिव डोमा शेर्पा र आर्थिक प्रतिवेदन दाना श्रेष्ठले प्रस्तुत गरेकी थिइन् |
कार्यक्रमका प्रमुख अतिथि श्रीमती रोशन खनालले आफ्नो मन्तव्यमा जनजाती महांसघ जुन उद्धेश्यले इजरायलमा स्थापन भएको हो त्यो प्राप्ति गर्न सफल होस् भन्दै कामना गर्नु भएकी थिइन् |
महासंघलाई बिशेष सहयोग एवम् योगदान पुर्याउनु भएका संस्थाका पुर्व कोषाध्यक्ष कल्पना राई र कार्यकारिणी सदस्य सुनिता मोक्तान तामाङलाई कदर पत्र द्वारा सम्मान गरिएको थियो | साथै गत अप्रिल महिनामा सम्पन्न भएको अधिवेशनबाट तामाङ समुदायको इजरायलमा रहेको संस्थाको नाम परिवर्तन भई “नेपाल तामाङ घेदुङ,इजरायल’ भएकोमा महासंघमा आवाद्ध भएको सदस्य प्रमाण पत्र समेत सो संस्थाका अध्यक्ष बी बी लामा तामाङलाई हस्तान्तरण गरिएको थियो |
कार्यक्रमको अन्तमा सभापति सुन्दर सिंह लामा तामाङले आदिवासी जनजातिहरुको हक,अधिकार र पहिचानको लागि देशबिदेशमा रहेका सम्पूर्ण आदिवासी जनजातीहरु एकजुट हुनुपर्ने बताउनु हुँदै प्रत्यक्ष एवम् अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सम्पूर्ण महानुभावहरु तथा कार्यक्रममा सहभागी सबैलाई धन्यवाद व्यक्त गर्नु हुँदै कार्यक्रम समापन भएको घोषण गर्नु भएको थियो |
आदिवासी जनजाती महासंघ,इजरायलको द्धितीय बार्षिकउत्सव सम्पन्न
Read Time:5 Minute, 13 Second