बारपाक दैनिकी (फोटो फिचर सहित)

Read Time:5 Minute, 30 Second

मनोज घर्तीमगर

 

(भैंचालोले ध्वस्त बनाएको बारपाक गाउँ ०

   बारपाक, महाभैंचालोले केन्द्रबिन्दु बनाएको बारपाक गाउँ । सदरमुकाम गोरखा बजारबाट २२ कोष उत्तर पश्चिमको यो गाउँलाई केन्द्रबिन्दु बनाएर २०७२ वैशाख १२ गते महाभैंचालो अघि १४ सय ७२ घर थिए । अहिले भने औंलामा गन्न सकिने मात्रै सद्दे होलान्, अरु सबै धुलिसात । जसले बारपाकमा मात्रै ७० जना मारेको थियो । ५ जना बेपत्ता छन् ।

( पोखरा आउनलाई हेलिकोप्टरमा चढ्न तछाडमछाड गर्दै ) 

अहिले के भइरहेको छ ? कसरी चलिरहेको छ त्यहाँका मानिसहरुको जिन्दगी ? राहत पुगेको छ कि छैन ? अहिले पनि दिनदिनै भूकम्प गइरहेको अवस्थामा बारपाकका मानिसहरु के सोच्छन् र के गर्छन् ? एकै मिनेटमा १४ सय ७२ घरधुरी मध्ये ९० प्रतिशत गल्र्यागुर्लम्मै ढालेको बारपाकका जनता कहाँ र कसरी रात काटिरहेका छन् ? के फेरि बारपाक बौरिन सम्भव छ ? यी र यस्तै प्रश्नहरु लिएर म जेठको पहिलो साता बारपाक पुग्दा घरका भग्नावशेषहरुको थुप्रोले त्यहाँका घरका आँगन, बारी र डहरहरु पुरेको थियो ।

( हेलिकोप्टरले झारेको राहत सामग्री लैजाँदै एक बालक)

 

भत्केको घरको सामान र ढुंगामाटो, छाना र काम लाग्ने सर्जाम थन्क्याउनमै जान्छ अहिले बारपाकीको दिन । भन्दा र सुन्दा त्यो सानो काम होला, एक दुई दिनमै सकिएला जस्तो लाग्छ । तर, भैचालो गएको यतिका दिनसम्म बारपाकको असरल्लता उस्तै थियो । हेर्दा त्यो भग्नावशेष पन्छाउन कम्तीमा डेढ दुई महिना लाग्ने देखिन्थ्यो । महिलापुरुषहरु भत्केको घरका ढुंगाहरु समेल्दै मिलाएर राख्न व्यस्त छन् बारपाकमा । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीमात्रै होइन भारतीय सेनाको टोली पनि अड्डै जमाएर बसेको छ । जसले भग्नावशेष पन्छाउन बारपाकीलाई सहयोग गरिरहेको नेपाली सेनाका कर्णेल हरिहरसिंह राठौरले जानकारी दिए ।

 

(भैचालोले भत्काएको घरको भग्नाबशेष मिलिजुली हटाउँदै बारपाकी)

 

बारपाकको मान्द्रे भन्ने गाउँमा भैंचालाले धेरै क्षति पुर्याएको थियो । पाँचधारा भन्ने टोलमा पनि अकल्पनीय विनास देखिन्थ्यो । ढुंगैढुंगाका घरहरुका भत्किएर बाटोघाटोसम्म पनि पुरिएपछि तिनलाई पन्छाउन हप्तौं लाग्ने अनुमान गाउँलेले गरेका थिए । २१ सय मिटरभन्दा बढी उचाइमा रहेको हुँदा बारपाकमा वैशाखमास पनि चिसै थियो । पालमुनिको बासबाट बारपाकीले छिटो मुक्ति खोजेका थिए । मुख्य कुरा भने अस्थायी वा स्थायी घर कहिले बनाउने र कसरी बनाउने भन्ने बारपाकीलाई चिन्ता देखियो ।

 

(घरका छोरो मान्छे नभएपछि आफै घरको भग्नावशेष हटाउँदै)

 

बारपाक पुननिर्माणमा स्थानीय आफै खटेका छन् । तर, पनि लागि स्वयंसेवी र मजदुरको अभाव छ । पोखराका समाजसेवी गणेशमान गुरुङ २५ जनाको टोली लिएर बारपाक पुगेका थिए । उनको टोलीले आफ्नो बन्दोबस्तीको सामान आफैं लगेको थियो । टोलीले केही घरहरुको भग्नावशेष पन्छाएर सामान मिलाउन सघाइदियो र अस्थायी घरहरु पनि बनाइदियो । खासमा बारपाक, लाप्राक र गोरखाका अरु गाउँहरुमा मात्रै होइन भूकम्प प्रभावित नेपालका डेढ दर्जन जिल्लाका गाउँहरुमा त्यस्तै स्वयंसेवीहरुको खाँचो छ ।

 

(पालमुनिको भान्सा)

 

 

(नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीसँग मिलेर घरमा पुरिएका सामान निकाल्दै स्थानीय)

 

(भैंचालोले भत्काइदिएको आफ्नो घर अगाडी टोलाइरहेकी बारपाककी एक युवती)

 

 

(बारपाकीका घरका भग्नावशेष पन्छाउँदै नेपाली सेनाका जवानहरु)

 

 

(एक विदेशी सँस्थाले साँझ ६ बजेदेखी ८ बजेसम्म मोबाइल चार्ज गर्नेलाई जनेरेटरबाट बिजुलीको  व्यवस्था गरिदिएपछि मोबाइल जार्च गर्नेको भिड)

 

 

(चौरमा राखिएको राहत दामासाही रुपमा स्थानीयले बाँडिचुडी लिँदै)

 

 

(पुरिएको भकारीको कोटो झिकिदिँदै नेपाली सेना)

 

(बारपाक गाउँको भग्नाबेशष)

 

 

तस्वीर : मनोज घर्तीमगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %