नेपाल आदिवासी जनजाति महासंघ युकेमा छन्त्याल

Read Time:4 Minute, 19 Second

नेपाली दुतावासबाट गरिएको पक्षपात पूर्ण व्यवहार पर्ती ज्ञापत्र बुझाउने  

कर्मा शेर्पा

  बेलायत, ४ जुन – गत ३१ मे २०१५ का दिन आसफोड केन्टको गडिङटन पार्कहलमा नेपाल आदिवासी जनजाति महासंघ युकेको दोश्रो  अधिवेशन सम्पन्न भएको छ । 

अधिवेशनले तुल छन्त्यालको अध्यक्षतामा नयाँ नेतृत्व ३ बर्षको लागि चयन गरेको छ । आइतबार सम्पन्न महासंघको दोश्रो महाधिवेशनले ११ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ ।

नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा जंग सुनुवार, उपाध्यक्षद्वयमा लोकेन्द्र तबेबुङ र देवीमाया पुन चयन भएका छन ।

महासचिवमा कर्मा पहाडी शेर्पा, सचिव जगत गुरुङ, कोषाध्यक्ष पासाङ लामा र सहकोषाध्यक्षमा इन्द्र दुरा निर्विरोध चयन भएका छन् । त्यस्तै समितिमा तामाङ समाज, किरात राई यायोख्या र याख्खा छुम्माका प्रतिनिधिहरु सदस्य रहेका महासंघ आबद्ध ११ जातिय संघ संस्थाहरुले आ-आफ्नो प्रतिनिधि तोक्नेछन् ।

  महासंघमा आबद्ध जातिय सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले कार्यक्रमको सफलताको शुभ कामना मन्तब्य राखेका थिए भने संयोगबस नेपालबाट आई पुग्नु भएका एनेकपा माओवादी ताम्सालिङ राज्य सेक्रेटरी टासी लामा र जनजाति महासंघ नेपालका पूर्व सचिव भक्त दुराले पनि सभामा सम्बोधन गरेका थिए ।

निवर्तमान अध्यक्ष सिरीप्रसाद लिम्बुले नवनिर्वाचित समितिलाई बधाई तथा शुभ कामना मन्तब्य ब्यक्त गरेका थिए ।

नव निर्वाचित अध्यक्ष छन्त्यालले महासंघलाई आर्थिक रूपमा दरिलो बनाउने, आदिबासीहरुको हक अधिकारका मुद्दाहरुमा एकताबद्ध भएर ससक्त ढंगले अगाडि बढ्ने, नेपाल आदिबासी जनजाति महासंघसँग समन्वय गर्दै बेलायतमा रहेका आदिबासी जनजातिहरुबीच जनचेतनाका कार्यक्रमहरु गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

धिवेशनले नेपालमा पदमरत्न तुलाधरको संयोजकत्वमा गठित राष्ट्रिय आदिवासी जनजाति आन्दोलनलाई निरन्तर समर्थन र सहयोग गर्ने, नेपालमा पहिचानसहितको संघीयता स्थापना गर्नका लागि डटेर लागि पर्ने संकल्प प्रस्ताव पारित गरेको छ ।

निवर्तमान अध्यक्ष श्रीप्रसाद लिम्बुको अध्यक्षतामा नेपाल आदिवासी जनजाति महासङ्घका भूपू सचिब भक्तबहादुर दुराको प्रमुख अथित्त्यमा सम्पन्न अधिवेशनको बन्द सत्रबाट महासचिव नरेश काङमाङ राईले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष होम सुनुवारले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्बसम्मतिले पारित गरेको छ ।

भूकम्पमा दिवंगतहरुको चीर शान्तिको कामना गर्दै कार्यक्रममा एक मिनट मौन धारण गरिएको थियो ।

नेपाली दुताबास बेलायतबाट हिन्दू धर्ममा आधारित चाडपर्वहरुमा विशेष कार्यक्रम आयोजना गरी मनाउँदै आएकोमा आदिवासी जनजातिका चाडपर्व पनि आयोजना गर्न जनजातिहरुले ज्ञापन पत्र बुझाउने निर्णय समेत गरेका छन् ।

आसफोर्ड केन्टमा सम्पन्न कार्यक्रमको व्यवस्थापन तथा संयोजन बेलायत छन्त्याल संघले गरेको थियो । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %