देब पचभैया
पाल्पा, जेठ १८ – भुकम्पले बिधालयका कक्षाकोठा भत्किदा खुलाचौर र मन्दिरको प्राङ्गढमा पढाउदै आएका पाल्पाका ५ बिधालयलाई युरोपमा रहकोहरुले जस्तापाता र किलाकांटी सहयोग गरेका छन् ।
हङकङ्गबाट संचालित अनलाईन मिडिया राज्यसत्ता डटकमको संयोजनमा Eclipse नामक कम्पनीमा कार्यरत २५ बढि देशका कामदारहरु बाट उठाईएको रकम मध्ये झण्डै एक लाख २५ हजार बाट पाल्पाका ५ बिधालयलाई जस्ता पाता र किलाकांटी प्रदान गरिएको राज्यसत्ताका निर्देशक हुमबहादुर थापा (पचभैया)ले जानकारी दिनुभयो ।
जिल्ला शिक्षा कार्यालय पाल्पाले निकालेको भुकम्पीय जोखिमका बिधालयहहरुको तथ्याङ्कको आधारमा गाउमै पुगेर शनिबार गिजनचौर प्राबि कोलडाडाका प्रध्यानाध्यापक लालुसरा सारु र कौडे प्राबि कसेनीका प्रध्यानाध्यापक देब सिंग सुनारीलाई जस्तापात र किलाकांटी हस्तान्तरण गरिएको हो ।
त्यस्तै आईतबार सारदा निमाबि सिलुवाका प्रअ राजेन्द्र ढकाल, भानुभतm उच्च माबि जब्कादीका प्रअ पिताम्बर कार्की र दुर्गा भवानी निमाबि ठिमुरेका बिधालय ब्यवस्थापन समितिका अध्यक्ष तुल बहादुर जिसि लाई जस्ता पाता प्रदान गरिएको हो ।
बिधालयका कक्षाकोठा भड्किएपछि बाहिरै पढ्न बाध्य बालबालिकाहरुले बर्षातको समयमा झन सास्ती खेप्नुपर्ने देखिएकाले आफुहरुले सानो सहयोगको शुरुवात गरेको हुम बहादुर थापाको भनाई थियो ।
पाल्पाका बिधालय संगै गोर्खा र काठमाण्डौका भुकम्प पिडित लाई गरी ४ लाख बढी सहयोग गरेको उहाले जानकारी दिनुभयो । सहयोग हस्तान्तरणमा कार्यक्रममा हुम बहादुर थापा संगै नेपाल मगर संघका केन्द्रिय सदस्य गम बहादुर थापा, पत्रकारहरु देब पचभैया , कृष्ण सारु, राम सारु लगाएतको टोली पनि बिधालयहरुमा पुगेका थिए ।
गएको बैशाख १२ र २९ गते आएको भुकम्पले पाल्पाका १६९ बिधालयलाई क्षति पुर्याएको जिल्ला शिक्षा कार्यालय पाल्पाले जनाएको छ । २७ बिधालयका ८८ कक्षा कोठा तत्काल निर्माण गर्नुपर्ने र त्यसको लागी झण्डै ३० लाख आबश्यक रहेको जिल्ला शिक्षा अधिकारी टोप बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
भुकम्पले भड्किएका बिधालयहरुलाई सरकारका तर्फ बाट अहिले सम्म केहीपनि सहयोग नभएको बिधालयहरुले गुनासो गरेका छन् । प्राबिधिक टोली आएर कक्षा कोठामा बस्न हुन्छ कि हुदैन भन्ने जानकारी दिए पनि आफुहरुलाई ठुरो राहात हुने कौडे प्राबि कसेनीका बिधालय ब्यवस्थापन समितिका अध्यक्ष खेम बहादुर दर्लामीले बताउनुभयो ।
भुकम्पले चर्काएका कक्षाकोठामै बिधार्थी राखेर पढाउनुपरेको जानकारी दिदै दुर्गाभवानी ठिमुरेका बिधालय ब्यवस्थापन समितिका अध्यक्ष तुल बहादुर जिसिले प्राबिधिक पठाउन शिक्षा कार्यालय संग पटक पटक आग्रह गरिएपनि अहिले सम्म गाउमा टोली नआएको गुनासो गर्नुभयो ।