रमेशकनौजेमगर
कतार,नेपाल प्रवासी मगर संघ, दोहा कतारले २०१५ मे २२ तारिकका मन कु. थापामगरको सभापतित्व तथा केन्द्रिय महासचिव रमेशकनौजेमगरको सञ्चालनमा केन्द्रिय समितीका का.वा. अध्यक्ष महेन्द्र थापामगरको प्रमुख आतिथ्यमा नेपालप्रवासी मगर संघ,अलखोर एरिया समिति कतारको प्रथम भेला सम्पन्न भएको छ ।
भेलामा मगर संघ कतारका सांस्कृतिक वाङ (राजा) तथा नेपाल प्रवासी मगर संघ,दोहा एरिया समितिका अध्यक्ष रविन थापामगर को विशेष आतिथ्यमा केन्द्रिय समितिका सदस्यहरु विवेक पुलामी मगर, बल वहादुर रानामगरको समेत उपस्थित रहेको थियो ।
उक्त भेलाले मन कु. थापामगर (तनहुं) का अध्यक्षतामा ९ सदस्यिय समितिको चयन गरेको छ । उपाध्यक्षमा मोहन आले मगर (सर्लाही), सचिवमा रविन्द्र पुलामी मगर ( उदयपुर),सहसचिवमा बसन्त थापा मगर (तनहुं) कोषाध्यक्षमा गम वहादुर फालमगर (पाल्पा), सदस्यहरुमा तुल वहादुर रानामगर (नवलपरासी), थमन सिं मगर (तनहुं) र दुई जना रिक्त पदमा आगामी बैठकमा पूर्ति हुने गरी नेपाल प्रवासी मगर संघ, अलखोर एरिया समिती दोहा कतार गठन गरेको छ ।
प्रमुख सल्लाहकारमा केन्द्रिय समितिका सदस्य बलवहादुर रानामगरलाई उक्त समितिले चयन गरेको छ ।
कार्यक्रमको औपचारिकता संगै शुरु भएको उक्त भेलामा मन्तब्यको क्रममा दोहा एरिया समितिका अध्यक्ष रविन थापामगरले अहिले सम्म गठन भएका एरिया समितिले केन्द्रिय समिति संग हातेमालो गरेर अगाढी बढिरहेको र एरिया समितिले विभिन्न समयमा कहिले भलिवल त कहिले नृत्य प्रतियोगिता तथा बक्तृत्वकला प्रतियोगिता गरेर एरिया समितिहरु अगाढी बढिरेहेको वारेमा अवगत गराएका थिए ।
कार्यक्रमकै शिलशिलामा प्रमुख अतिथी का.वा. अध्यक्ष महेन्द्र थापामगरले नेपालमा मगर संघको स्थापना देखि र कतारमा मगर संघको स्थापनाकाल देखिको गरेको कार्यहरु, संस्थाले बिश्वमा संगठित मगर संस्थाहरु संग गरेको सहकार्यका अवस्था, मगरहरुको लागी आर्थिक अवस्था सुधार्ने हेतु र बचत गर्ने वानी गर्नका लागी र भविष्यमा लगानी गर्ने उद्धेश्येले स्थापना भएको नेपाल प्रवासी मगर वचत कोष, कतारले आज सम्म कोषले भए गरेका कार्यहरुको जानकारी गराउंदै भर्खरै मार्च १ तारिख २०१५ देखि लागू हुने गरी नेपाल मगर संघ, केन्द्रिय कार्यालय काठमाण्र्डौवाट बैदेशिक शाखाको मान्यता पाएको र अझ कतारको मगर संघलाई जिम्मेवार थपिएको वारेमा जानकारी दिएका थिए ।
केन्द्रिय समितिका सदस्य बलवहादुर रानामगरको संयोजकत्वमा सदस्यहरु विवेक पुलामी मगर र रविन मगरको निर्वाचन समितिवाट निर्वाचित नयां कार्य समितिका पदाधिकारीहरुलाई प्रमुखअतिथीका.वा. अध्यक्ष महेन्द्र थापामगरले शपथ ग्रहण गराएका थिए । अन्तमा निर्वाचित समितीका अध्यक्षले मन्तव्य नयां निर्वाचित सदस्यहरुमा भविष्यमा अलखोर रहेका मगरहरु संग हातेमालो गरी संस्थालाई अगाढी लैजानुपर्ने भन्ने धारणाराखेका थिए ।
अन्तमा सभापतिले धन्यवाद सहितकार्यक्रमको अन्त्य गरेका थिए