२४ मे हंगकंग, नमो बुद्ध आमा समुह, मगर बुद्ध समाज, तमु एसोसियन, तमाङ धेदुङ, नेवारी समाज र हंगकंग युथ एसोसियन हंगकंगको सयुक्त आयोजना याउ मा तेइ कम्युनिटी हलमा चाइनिज क्यालेन्डर अनुसार मानिने २५५९ औ बुद्ध जयन्तीको अवसरमा धर्म गुरुहरुबाट मन्त्र वाचन गरी १०८ बत्ती बालेर नेपालको लागि प्रार्थना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख आतिथ्य ग्रहण गर्दै नेपाली महाबाणिज्यदुट महेश प्रसाद दाहालले बुद्धको बारेमा बोल्दै राम्रो कार्यक्रम भएको बताएका थिए । डिएबी याउ चिम मोङ शाखाको प्रायोजनमा कार्यक्रम सम्पन्न भएको थियो ।
हंगकंग युथ एसोसिएसनका अध्यक्ष कुल प्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई मिन गुरुङले सञ्चालन गरेका थिए । कार्यक्रममा डिएबी प्रतिनिधि लगायत नेपाली संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।