नेपाल अझै सय बर्ष पिछाडी भुइँचालोले भासिने हो कि?

Read Time:10 Minute, 32 Second

बिजय हितान  

भुगर्वबिद्वहरु २०७२ बैशाख १२ को महाभुकम्प पछी नेपालको उत्तर तर्फको भुभाग करिव २ मिटरले भासिएको अनुमान गर्दछन । उनिहरु यत्तिकै भयानक अर्को भुकम्प गईहाले जनतालाई पूर्वसुचित गराउन सकिए धन-जनको छती हुनबाट जोगाउन सकिन्थ्यो कि भन्ने गहिरो चिन्तामा भासिएका छन । म जस्तो साधारण प्रवासी नेपाली भने यस प्राकृतिक महाबिनासले नेपालको अर्थतन्त्र र समग्र बिकासमा दिर्घकालिन कस्तो असर पर्ला भन्ने सोँचमा डुबेको छु । अनी मेरो मानसपटलमा क्रमश प्रश्नहरु पनि तेस्रिन्छन- ति पीडितहरुको दैनिकी सामान्य जीवनमा कहिले फर्केला? तिनका भत्केका घर कहिले बन्लान? पुरातत्विक महत्वका हाम्रा सम्पदाहरु फेरी पुरानै सैलिमा पुनर्निर्माण गर्न सकिएला कि नाइ ?

तर कतै झिनो आशाको त्यान्द्रोमा यो भत्केको मन अडाउन सक्दिन । यसका कारणहरु थुप्रै छन । तर त्यो भन्दा पहिला के बताउन चाहन्छु भने सधैं मैले सकारात्मक कुरा बोलेँ, त्यसरिनै आसाबादी सोंचका बिचार लेखेँ । जीवनमा थुप्रै बाधा-अडचनहरुसङग जुधियो तर कहिल्लै निराशाबादी भैएन । तर यस महाभुकम्प र त्यसपछि समुन्द्रका छालजस्ता लगातारका थर्काहरुले जसरी नेपालको जनजीवनलाई भयभित पारेको छ त्यसरिनै आज मेरो दृष्टिकोँणमा निराशाबादका कम्पनहरु छाइदिएका छन । त्यसैले वाध्य भएर के भन्न मन लागेकोछ भने यस बिकराल बिपत्तिले नेपालको अर्थतन्त्र र समग्रमा नेपालको बिकासक्रमलाई अझै १०० बर्ष पिछाडी धकेलीदिएको छ ।

त्यसै त भन्ने गरिन्छ नेपाल पश्चिमेलि बिकसित राष्ट्रहरुभन्दा २०० बर्ष पिछाडी छ । संसार २१ औं सताब्दिको अतिआधुनिक बिकासको रशस्वादन गरिरहँदा हामी नेपालीहरु यस प्रलयलेगर्दा १८ औं सताब्दिको ढुङ्गे युगमा फर्किने भइयो भनेर म त्रसित हुनथालेको छु । सामाजिक सन्जालमा केही आशाबादी अभिब्याक्ती नआएका होइनन । सुनिन्छ नेपाललाई अहिले खरबौंको बिदेशी सहायता प्राप्त भईरहेको छ । प्रधानमन्त्रि राहत कोषले थेग्नै नसक्ने पैसा बिदेशी सरकार र दात्रु संस्थाहरुले दिरहेका छन । ५-१० बर्षमा नेपाल पूर्णरुपमा पुनर्स्थापन भईसक्छ ।

यसरी आशाबादी हुनु राम्रो हो तर म भने यसमा पटक्कै सहमत छैन । सरकारी कर्मचारी र सत्ताशिन नेताहरु राहत स्वरुप आएको सामग्री र धनलाई कसरी हत्याउने र आफ्नो स्वार्थमा लगाउने रणनितीमा लागेका छन भन्ने आम गुनासो सुन्नमा आउँदा म अझै निरुत्साहित बनेको छु । अब यिनका आफ्ना र परिवारका नाममा खोलिएका स्वदेशी तथा बिदेशी बैंकका खाताहरु अनुगमन गर्न सुरुगरेहुन्छ । 

धनको भकारीले मात्रै यि भत्किएका भौतिक सम्रचनालाई रातरातै खडा गराउन सम्भव छैन । खाडी मुलुक कटार मरुभुमिको भुगर्वबाट पेलेर निकालेको तेल बेचेको पैसाले मात्रै गत एक दसकमा त्यसरी बिकसित भएको होइन । त्यसका पिछाडी अन्य तत्वहरु पनि छन । भौतिक पूर्बाधार निर्माण गरेर देशलाई बिकासको गतिसिलता दिन सर्बप्रथम सवल ब्याबस्थापनको आवश्यकता पर्दछ । जुन बिषयमा हामी नेपालीहरु विश्वप्रसिद्दै रुपमा कमजोर छौं । सुब्याबस्थापन सर्बप्रथम स्थिर सरकारले मात्रै दिनसक्छ । स्थिर राजनैतिक वातावरणमा नै स्थिर सरकारको स्थापना सम्भव छ । तर बिडम्बना यो घडीमा नेपालको राजनैतिक छितिज हामी आमनागरिकले चाहेजस्तो सफा र खुल्ला छैन ।

३ लाख भन्धा बढी ब्याक्तिगत घरहरु, स्कुल, सरकारी भवन, पुरातत्व र धार्मिक महत्व बोकेका मठमन्दिर र अन्य सम्रचनाहरु पूर्ण तथा आम्सिक रुपमा भत्किएका छन । त्यो भन्दा ठुलो त मानविय छती भएको छ । हजारौँको मृत्यु र लाखौं अपाङ्ग भएका छन । त्यसैगरी मजस्ता करोडौँ मानसिक पिडाका सिकार भएका छन । ति चर्केका कान्लाहरु र डगमगाएका भेगहरु अब आउँदै गरेको मनसुनी बर्षातले अझै कती कमजोर बनाउने हो हेर्न बाँकी नै छ ।

यसरी भत्किएका सम्रचनाहरु र फाटेका मनहरुलाई पुनर्निर्माण गरेर देशलाई बैशाख १२ भन्दा अगाडिको अवस्थामा ल्याउन प्रबिधी, जनसक्ती र सामाग्रीको पनि आवश्यकता पर्दछ । प्रबिधिको कुरा गर्दा हिँजसम्म गैँती बेल्चाले पहाड फोरेर सडक निर्माण गरिंदै थियो । छिटो र दिगो रहनेगरी निर्माणकार्य सम्पन्न गर्ने हो भने आधुनिक औजार र यन्त्रहरु प्रयोग गरिनु पर्यो । काठमान्डु उपत्यकाको ९० प्रतिसत भन्दा बढी पुरातत्विक भवनहरु नष्ट भएका छन । मलाई लाग्छ तिनलाई पहिलाकै रुपमा ठडाउन हामीसँग दक्ष्य कालिगढ पनि छैनन । जनसक्ती भन्नुपर्दा देशको युवासक्ती बिदेशमा श्रम बेचिरहेको अवस्था छ । कसै कसैको सुझाव छ ति यूवालाई पुनर्निमाणको लागि देश भित्र्याउनु पर्यो । बिदेशमा पो तिनलाई आवश्यक तालिम र अभ्यास दिलाइन्छ, चाहिने औजार र यन्त्र दिइन्छ ।  अनी मात्रै तिनले बनाइदिएकाछन अरुका गगनचुम्बी भवन, सडक, बिमानस्थल र पुलहरु ।

छड, सिमेन्ट, इँट्टा, काठ, फलाम जस्ता निर्माणका सामाग्री पनि चाहिए । तिनलाई बोकेर पहाडका गाउँ-गाउँमा पुर्याउन ढुवानीका साधन पनि जुराउनु पर्यो र सुगम ढुवानी मार्ग पनि पहिला खन्नु पर्यो । ति सामग्री उत्पादन गरिने उध्योग पनि खोलिनु पर्यो होला पहिला । औंलाले गन्न सकिने केही कलकारखाना बिगत दस पन्द्र बर्षमा बन्द भए । अब कैले यि उध्योगधन्दा स्थापना गरेर हामीलाई आवश्यक पुनर्निरमाणका सामाग्री उत्पादन गर्ने ? भनियला बिदेशी सहयोगको पैसा छँदैछ इन्डियाबाट आयात गर्ने । अर्को देशबाट भित्र्याउँदा यि मालसामनको दाम दोब्बर पर्न जाला । यसो हुन गएमा हामीले प्राप्त गर्नुपर्ने उद्देस्य आधा पनि प्राप्त्र गर्न नसकिने सम्भावना रहन्छ ।

मावोबादिको जनयुद्द छेका भत्किएका सम्रचनालाई त दस बर्ष बितिसक्दा पनि जस्ताको तस्तै बनाउन सकिएको छैन । यो भुकम्पले चिराचिरा पारेको देशलाई कसरी पाँच दस बर्षमा बनाएर सिद्धिएला ? फेरी  तर्क गरिएला ९० सालको भुइँचालो अैलेको भन्दा ठुलो थियो, त्यसले पुर्याएको छती पुनर्निर्माण गर्न १०० बर्ष लागेन । मलाई लाग्छ त्यतिबेलाको छती अैलेको जस्तो जटिल थिएन । निरङ्कुश सरकार रहेता पनि अैलेको जस्तो पद्दति बिहिन र अस्थिर त थिएन कि ।

त्यसैले हाम्रो देश यस्ता बिषयहरुमा आत्मनिर्भर छैन । आत्मनिर्भताको कुरो उठाउँदा हामी केमा आत्मनिर्भर थियौं भन्ने एउटा उदाहरण दिन चाहन्छु । पहाडघरमा हलोले जोतेर खेती गरिन्छ । बुढापाकाले स्थानिय वनमा उम्रेको काठलाई ताछेर हलो बनाइन्थ्यो । त्यसको फाली बनाउन परे स्थानिय कर्मिले बनाइदिन्थे । हलोलाई मरम्मत गर्न परे तिनै कालिगठ अघी सर्थे । हली पनि गाउँकै युवक हुन्थे । न त हलो नै बिदेसबाट मगाउन पर्थ्यो न हली, न त्यसलाई मरमत गर्ने मिस्त्री । अैले ट्याक्टर लगाएर खेत जोतिन्छ । जापानमा बनेको, खाडी मुलुकको तेल, भारतको मिस्त्री । यसरी परनिर्भर भैयो भने पैसा भएपनी दु:ख पाईन्छ ।

आजको अवस्था एक ब्यक्ती, बर्ग अथवा समाज भत्किएको होइन । सिङ्गो देसबासिका जीवनका सम्पूर्ण पक्षहरु चकनाचुर परिस्थितीबाट गुज्रिहहेको छ । त्यसैले अब यो अपाङ्ग देस एकदुई दसकमै पैसाको बैशाखि टेकेर दगुर्न सुरु गरिहाल्छ भन्नु निराधार हो । अरुले कठैबरा भनेर दिएको पैसाको मुख हेरेर मात्रै बस्ने होइन । सर्बप्रथमा अन्य स्रोत र साधन तयार पार्नु पर्छ अनी मात्रै यो देसको अनुहार पहिलाकै जस्तो सिङ्गार्न सकिएला ।        

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %