राज्यसत्ता,
काठमाण्डौ, जेठ ५ – आदिबासी जनजाति राष्ट्रिय आन्दोलन,नेपाललाइ आदिबासी जनजाति महासंघ बहराईनले रु.८लाख ८५ हजार सहयोग गरेको छ ।
नेपाल आदिबासी जनजाति महासंघ बहराइनका सुचना तथा संचार बिभाग प्रमुख कृष्ण सारु मगर र सास्कृतिक बिभाग प्रमुख सोनाम दोंग तामागले आज एक कार्यक्रम बिच आदिबासी जनजाति राष्ट्रिय आन्दोलन,नेपालका अध्यक्ष पद्यमरत्न तुलाधरलाई हस्तान्तरण गरेका छन । बैशाख १२ र २९ गते नेपालमा गएको बिनासकारी महाभूकम्पले नेपालमा ठुलो मात्रामा धनजनको क्षति पुईएकोले सो प्रयोजनको लागी उक्त रकम संकलन गरएिको सारु मगरले जानकारी दिए ।
तुलाधरले बहराईनका नेपालीहरुलाई धन्यबाद दिदै बहराईन बाट संकलन गरि पठाएको यो सहयोग अहिले सम्मको सबै भन्दा ठुलो रासी भएकोले र भूकम्पमा सबै भन्दा धेरै क्षति भएको क्षेत्रमा यो राहत पठाईने अध्यक्षले जानकारि दिए ।
कार्यक्रममा आदिबासी जनजाति राष्ट्रिय आन्दोलन,नेपालका प्रबक्ता डा. ओम गुरुंग,सभाषद आर.के खम्बु,प्रेम राइ, पाशांग शेर्पा लगायत बिभिन्न दलका अध्यक्ष तथा प्रतिनिधीहरूको उपस्थित बिच लैनचौर स्थित पार्टी प्यालेसमा सम्पन्न भएको थियो ।