मगरघाटको एउटा छुट्टै अस्तित्व र महत्व

Read Time:9 Minute, 25 Second

कमल चौधरी / बुटवल

  तिलोत्तमा–३ रुपन्देहीमा अवस्थित मगरघाटले एउटा छुट्टै अस्तित्व र महत्व बोकेको छ । छोटो समयमा पनि निकै चर्चा कमाउन सफल मगरघाटमा लास दाह संस्कारको रुपन्देहीमा एउटा केन्द्र विन्दु नै बन्न पुगेको छ । यस मगरघाट दिनहुँ मानिसहरुको भिड लाग्ने गरेको स्थानिय बसिन्दाहरु बताउँछन् ।

यो घाट निर्माणको लागि नेपाल मगर संघ, शंकरनगरले कडा मेहनतको साथ आज यो अवस्थासम्म पुर्याउन सफल भएको हो । पछि यस मगरघाटलाई अझै व्यवस्थित रुपमा लैजानको र सरकारी स्तरबाट सहयोग लिनको लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा दर्ता गरेर यसको नाम मगरघाट विकास तथा व्यवस्थापन परिषद् राखेको मगरघाट विकास तथा व्यवस्थापन परिषद् तिलोत्तमा–३ रुपन्देहीका उपाध्यक्ष ज्ञान बहादुर सालामी मगरले जनकारी गराए ।

उपाध्यक्ष सालामी मगरले भने –‘यस मगरघाटको लागि खासै कतैबाट सहयोग अएको छैन ।’ घाटको शुभारम्भमा मगर जातीहरुले नै गरेको र त्यसलाई मगरघाट भन्न थलेका हो । मगरघाट ‘मगर’  शब्द राखेको भन्दै यस शब्दलाई हटाए सहयोग गर्न सकिने र सरकारी निकायबाट ठुलो रकम प्रदान गर्न सकिने बताउने मानिसहरु पनि छन् । तर आफूहरुले दिर्घकालिन सोच विचार गरी प्रत्येक मगर घर परिवारबाट तन,मन र धन दिएर रगत पसिनाले सिचेर यो मगरघाटको निर्माण गरेको हुँदा कुनै पनि हालतमा मगरघाट नाम परिवर्तन हुन नसक्ने मगर समुदायहरु बताउँछन् ।

बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपलिकाको मध्य भागमा रहेको यो घाट मगर समुदायको मत्र नभएर सम्पूर्ण जाति, समुदाय देशी तथा विदेशीहरुले लास दाह संस्कार गर्ने गर्दछन् । यसरी नै यो मगर घाटलाई सहयोग गर्ने दाताहरु नभएका होइनन् तर त्यति सहयोगले घाटको विकास हुन सकेको छैन । त्यसैले यसको  अझै व्यवस्थित रुपमा चौतर्फी विकासको लागि स्थानीय निकायहरु, नगरपालिका तथा राज्यले नै विशेष कदम चाल्नु आवश्यक देखिन्छ । हो यो मगर घाटलाई विकास र व्यवस्थित गर्नको लागि विभिन्न किसिमका कार्यहरु भइरहेका छन् ।  

मगरघाट मर्मत, सम्भार तथा निर्माण :

त्यस्तै मगरघाट मर्मत, सम्भार तथा निर्माणका कार्यहरु भइरहेका छन् । यसरी नै मगर संघ साविक शकरनगर र हाल तिलोत्तमा १–५ वडाको साझेदारीमा मगरघाट समिक्षालय भवन निर्माण भइरहेको छ । त्यस्तै यस घाटको पूर्वपट्टि विगतमा वाउन्ड्री वाल लगाउन छुटेको ठाउँमा वाल निर्माण हुदैछ ।

त्यस्तै वलाल मगर परिवार रुपन्देहीबाट आधुनिक शौचालय महिला र पुरुषका लागि लगायत रु ७ लाख २९ हजार २ सय ७५ बराबारको रकम निर्माणमा खर्च भएको छ । त्यस्तै खामे पुन समाज रुपन्देहीद्वारा एउटा पक्की छानो भएको शवदाह गृह निर्माण कार्य शुभारम्भ भएको र घाटमा ल्याएको लास राखी पूजा गर्ने अन्त्येष्टि संस्कार पवित्र स्थल दुईवटा निर्माण भएको छ । यस्तै मगर घाटमा विकास निर्माणका कार्यहरु भैरहेको परिषद्का अध्यक्ष पदम प्रकाश रानाले जनकारी गराए ।

उनले यसरी विद्युतीय शवदाह भट्टि निर्माण र पानीका लागि बोरिङ्ग निर्माण क्रियापुत्री निर्माण गर्ने जस्ता कार्यको जिम्मा बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाले लिएर काम गरे राम्रो हुने बताए ।

मगरघाट निर्माणमा सहयोगी हातहरु :

मगरघाट लाई व्यावस्थित गर्नको लागि जिविस (जिल्ला विकास समिति) मर्फत पूर्व अर्थमन्त्री बर्षमान पुनमगरको पहलमा रु १७ लाख रकम प्राप्त भएको  थियो । त्यस्तै तत्कालीन नेपाल मगर संघ नगर समिति द्वारा २६ लाख, बलाल मगर परिवारबाट ७ लाख, ग्वाली समाज , भार्सेली समाज र हाल खोमपुन मगर परिवार तराई क्षेत्र बाट अनुमानित १० लाख सहयोग प्राप्त भएको कोषाध्यक्ष गोपाल चोहन मगरले जानकारी गराए । उनले यसरी नै विभिन्न व्यक्ति संघ संस्थाहरुले सहयोग गर्दै आएको बताए ।

मगरघाटको दोस्रो बार्षिक साधारण सभा सम्पन्न :

त्यसैगरी मगरघाट विकास तथा व्यवस्थापन परिषद् तिलोत्तमा–३ रुपन्देहीका अध्यक्ष पदम प्रकाश रानाको अध्यक्षता तथा नेपाल मगर संघ रुपन्देहीका जिल्ला अध्यक्ष दलबहादुर विरकाट्टामगरको प्रमुख अतिथ्यता, मगरघाट विकास तथा व्यवस्थापन परिषद्का उपाध्यक्ष ज्ञानबहादुर सालामी मगरको स्वागत र सचिव तोजमन थापामगरको संचालनमा विहिबार मगरघाट विकास तथा व्यवस्थापन परिषद् –३ सभाहलमा बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभामा मगरघाटलाई अझै  व्यवस्थित रुपमा विकासको लागि सम्पूर्ण समुदायहरु एक जुट भएर लाग्नु पर्ने बताएका थिए । उनीहरुले विद्युतीय शवदाह गृहका लागि सरकारी तथा ग्रहसरकारी संघसंस्थाहरुले विशषे रुपमा सहयोग गर्नुपर्ने बताए । साधारण सभा कार्यक्रममा मगरघाटका अध्यक्ष पदम प्रकाश रानामगरले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने, कोषाध्यक्ष गोपाल बहादुर चौहनमगरले  ४ लाख ३५ हजार ५ सय ३८ रुपैया आय व्यया विवरणको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

लगभाग पाँच सय जनाको उपस्थितमा साधारण सभा कार्यक्रममा विशिष्ट अतिथि पश्चिम क्षेत्रिय प्रहरी तालिम केन्द्रका बरिष्ठ प्रहरी उपरीक्षक योगेश्वर रोमखामीमगर, नेपाल मगर संघ बुटवल उपामहानगर समिति किशनबहादुर थापा, समाजसेवी टिका आले, नेपाल मगर बौद्ध सेव समाजका केन्द्रीय प्रशिक्षक प्रमुख पूर्णबहादुर तरामी मगर, शंकरनगर समुदायिक बनका अध्यक्ष दिल बहादुर कार्की, खामेपुन मगर परिवार (तराई क्षेत्र) का अध्यक्ष हितममान पुन, सल्लाहकार राजु राना लगायतले बोलेका थिए ।

साधारण सभामा सम्मान :

मगरघाँट विकास तथा व्यवस्थापन परिषद् तिलोत्तम –३ रुपन्देहीको दोस्रो साधारण सभामा मगरघाटको विकास व्यवस्थापनमा ठलो योगदान पुरर्याएको भन्दै सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा तदर्थ समितिका महेश राना, जनक थापा, टिका आले, श्रीराम रेश्मी, केश बहादुर थापा, नेपाल मगर संघ बुटवल उपामहानगर समितिका ओम प्र. पुन, दिपक कुमार थापा रहेको छन् । त्यस्तै मगरघाटलाई सहयोग गरेका ग्वाघाती समाज तराई क्षेत्र बाह्रपन्थी रानामगर परिवार, बुटवल–११ लैसरा पुन मगर, बलाल मगर परिवार ई. गम प्रसाद रेश्मी मगर र तिलबहादुर थापालाई सम्मान गरेको हो ।

अतः साधारण सभामा सम्मान गरेका व्यक्तिहरु मात्र नभएर सम्पूर्ण मनिसहरु यसको विकासमा लग्नु आवश्यक छ ।  यसरी यो मगरघाट ‘मगर’ समुदायको निजि पेवा मात्र नभएर सम्पुर्ण समुदायको सम्पत्ति भएको हुँदा यस घाँटको विकास निर्माण र व्यवस्थित बनाउँन सम्पुर्ण समुदायहरु एक जुट भएर लाग्नु पर्दछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %