प्रथम भिसी विजेता कुलविर थापा मगरलाई बेलायतको अर्को सम्मान

Read Time:1 Minute, 57 Second

१४ मे २०१५ ,लन्डन 

प्रथम विश्वयुद्दका प्रथम नेपाली भि सि विजेता राइफल म्यान कुलविर थापा मगरलाई बेलायतबाट प्रकाशन हुने रोयल मेलको टिकटमा राखी बेलायतले सम्मान गरेको छ। सेकेन्ड बटालियन,थर्ड क्वीन अलेक्जान्ड्राज गोर्खा राइफल्समा सेवा गरेका थापा मगरले २५ सेप्टेम्बर १९१५  मा जर्मन सँगको लडाईंमा बहादुरिताका साथ आफ्नो कर्तव्य निभाएका कारण उनलाई बेलायती सेनाको उच्च पदक विक्टोरिया क्रसले सम्मानित गरिएको थियो ।

उनले आफु घाइते हुँदा हुँदै पनि उनी जर्मन सँगको लडाईंमा घाइते भएका ब्रिटिश सेनालाई बचाउन सफल भएका थिए भने अन्य दुई गोर्खाली सैनिकलाई पनी आफ्नो ज्यानको प्रभाह नगरि उद्दार गरेका थिए,यस्तो बहादुरी देखाए बापत उनलाई विक्टोरिया क्रसले सम्मानित भएका थापालाई रोयल मेलले सम्मान गरेको रोयल मेलले जनाएको छ ।
विश्वमै इमान्दार र बहादुर कहलिएका नेपाली गोर्खालीलाई बिदेशिले खुलेर प्रतिभा र योग्दानको सम्मान गर्दै आएको पाईन्छ भने आफ्नै देश नेपालमा चाँही गोर्खालीलाई मागी खाने भाडोको रुपमा हेरी सम्मानको त कुरै छोडौ दोश्रो दर्जाको नागरिक बनाई बिदेश धपाउने रणनिती अवलम्बन गरेको पाईन्छ ।
१५ डिसेम्बर १८८८ पाल्पामा जन्मेका थापा मगरको निधन ३ अक्टोबर १९५६ मा भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %