रमेश कनौजे मगर, दोहा कतार
नेपाल प्रवासी मगर संघ, दोहा कतारले नेपालमा गत २५ अप्रिल २०१५ का दिन विहान ११.५६ मि.जांदा ७.८ रेक्टरको महाविनाशकारी भूकम्पले ब्यापक मानविय तथा ठूलो धनजनको क्षति हुन गएको छ । उक्त भुकम्पका कारण आठ हजार भन्दा बढि सर्व साधारण नागरिकको ज्यान जानुको साथै हजारौं संख्यामा घरवार विहिन तथा घाईते भएका छन । महाभूकम्पमा परेका नेपालीजनहरुको आर्थिक, नैतिक, तथा भौतिक लगायत आवश्यक राहत संकलन गर्न गठित राहत संकलन उपसमितिले यस संस्थाका सम्पूर्ण एरिया समितिहरु तथा सहयोगी हातहरुवाट क.री. १६,००० ( क.री.सोह्र हजार ) ( ने.रु. चार लाख पैंतिस हजार )संकलन गरी वर्तमान अध्यक्ष शरण थापामगरको नाममा नेपाल मगर संघ, केन्द्रिय कार्यालय काठमाण्डौं का लागी पठाउन सफल भएको छ ।
अहिले राहत संकलनमा महेन्द्र थापामगर, बिजय मगर,केशव राना मगर, खिमानसिं रानामगर, विचारी मगर र उद्धव सारुमगरद्धारा क.री. ५०८६।—, नेपाल प्रवासी मगर संघ, सनैया ए एरिया समिति क.री. २८६३।— , वक्रा एरिया समिति क.री. २३२१।—, दोहा एरिया समिति क.री. १२७०।—, सहानिया एरिया समिति क.री. ६९०।—, सनैया बि एरिया समिति क.री. ५५९।—, अवु हमर एरिया समिति क.री. ३२५।—जम्मा गरेका छन । यसै गरि एकल प्रयासमा संकलित रकमहरुमा महेन्द्र थापा मगरक.री. ६२०।—, भिम तरामु मगर क.री. ४८४।—, देवेन्द्र पुनमगर क.री. २०९।— र केन्द्रिय समितिवाट क.री. १८२३।—सन्कलन गरेका छन । अझै पनि उपसमितिवाट कलेक्सन भईरहेको जानकारी अवस्थामा दिदै राहत सहयोग गरेर सहयोग पु¥याउनु हुने संपूर्ण देशी तथा विदेशी हातहरुलाई हार्दिक धन्यवाद संयोजक तथा का.वा. अध्यक्ष महेन्द्र थापा मगरले दिएका छन ।
यस महाविनाशकारी भुकम्पले गर्दा नेपाल प्रवासी मगर संघ,दोहा कतारका संस्थागत सदस्यहरु दोहा एरिया समितिका सदस्यहरु विचारी मगर(धादिङ), खिमानसिं रानामगर(गुल्मि), सरोज क्यामी मगर(धादिङ), सनैया ए समितिका गणेश थापा मगर(गोर्खा), कला तथा सांस्कृतिक विभागका सदस्य सम्झना रानामगर(काठमाण्डौं), अवुहमर समितिका चेत ब. कनौजे मगर(पाल्पा) र मानार्थ सदस्य बबिन राई(सोलुखुम्वु)लाई जनहि १५, १५ हजारका दरले र संस्थालाई हर समयमा साथ दिई रहने सहयोगि तथा कलाकारहरु मकवानपुरका माया लामा, रोशिका लामा, अन्जना तामा¨, राम रानामगर,यसैगरी सविता रानामगर (गोर्खा) र मन्जु पुन मगर (काठमाण्डौं) लाई जनहि १०, १० हजारका दरले संस्थाको तर्फवाट जम्मा १३ जना लाई राहत स्वरुप आर्थिक सहयोग स्वोरुप नेपालमा रहेको घर परिवारका सदस्यलाई पठाउने संयोजक तथा का.वा. अध्यक्ष महेन्द्र थापा मगरले दिएका छन ।
नेपाल मगर संघको संयोजनमा मगर अन्तर्राष्ट्रिय मञ्चसंग आवद्ध सदस्य राष्ट्रहरुद्धारा महाभूकम्प पीडित स्थानहरुमा गई प्रत्यक्ष राहत हस्तान्तरण गर्ने कार्यहरु भईरहेको छ ।अहिले सम्म मगर मञ्चले सिन्धुपाल्चोकको सांगाचोक गा.वि.स., काभ्रे, रामेछापको देउराली गा.वि.स.,,गोर्खाको मुतचोक,जौवारी र सिन्जुङ गा.वि.स.मा, धादिङको सलाङ गा.वि.स., चितवन, नुवाकोटको विदुर नगर पालिका—९, गेर्वु—४, कल्याणपुर—४, रसुवाको लहरेपिपलमा, भक्तपुरको पलांसेमा, ललितपुरको लुभु र लामाटारमा राहत वितरण गरि सकेको छ ।
नेपाल मगर संघको केन्द्रीय अध्यक्ष महेन्द्र थापामगर, मगर अन्तराष्ट्रिय मञ्चको प्रतिनिधी तथा मगर संघ हङकङका अध्यक्ष चन्द्रज्योती आलेमगर, मगर संघ, दोहा कतारको तर्फ वाट प्रतिनिधित्व अध्यक्ष शरण थापामगर लगायत र पूर्व केन्द्रिय सदस्य राजकुमार सुसलिङ मगर रहेका छन भने नेपाल मगर संघको उपाध्यक्ष गंगाबहादुर थापामगर, सचिव रक्षाबहादुर रैकामगर, केन्द्रीय सदस्य पद्मा आलेमगर, मगर विद्यार्थी अध्यक्ष दिपा आलेमगर, मगर महिला महासचिव हिरुसरा रानामगर, डा. राजेन्द्र पुनमगर र मिस मगर हङकङ पूजा रानामगर लगायतको टोलीले राहत सामाग्रीहरु वितरण गरेका थिए।