मगर समाज सेवा ललितपुरको राहत वितरण कार्य सम्पन्न

Read Time:4 Minute, 4 Second

(फोटो फिचर)

राम्रो कामकोलागी सबै एक ठाउँमा  

ले. मनबहादुर बुढामगर

  ललितपुर बैशाख २९ –  मगर समाज सेवा केन्द्र ललितपुरको  आयोजनामा आयोजित राहत संकलन र बितरण कार्यक्रममा देशबिदेशका  बिभिन्न संस्था तथा संघ संगठनहरूको संयुक्त पहलमा सन्कलित राहत वितरण , बृहत कार्यक्रमका साथ  बैशाख २५ गते शुक्रबार सम्पन्न भएको छ ।

सिन्धुपाल्चोक जिल्लाको साधाँचोक गाबिसको वार्ड नं. ६ ,रानाथोक गाउ लगाएत वरीपरिका जनतालाइ संबिधानसभाका उपसभामुख ओनसरी घर्ती मगरबाट उद्धधाटन कार्यक्रम गरि बिभिन्न राहतका सामाग्रीहरू बितरण गरिएको हो ।

बेलायत आर्मीबाट अवकास प्राप्त लेफ्तिनेन्ट  मगर समाज सेवा केन्द्र  ललितपूरका अपाध्यक्ष तथा समाजसेवी  मनबहादुर बुढामगरको नेतृत्वमा गएको टोलीले महत्वपूण भूमिका निभाएको थियो ।करिब ३,५०,०००(३ लाख पचास हजार) रूपैयाँको राहत संकलन गरिएकोमा उक्त रकम सोही स्थान गाउ तथा वरिपरीका जनताहरूलाई उपलब्ध गराइएको थियो ।

राहतको बिवरण देहाए बमोजिमका छन् : 

१.त्रिपाल १२ x १५ =११५ x१०००=११५०००,  

२.भूइमा बिच्छयाउने (Density mat)७० मिटर x रू.३२० = रू.२२४०० ,

३. चामल kg ३४९० x = रू.१,२५,६००,

४. कम्बल थान ४० x ६०० =रू.२४,०००,

५. अन्य लुगाफाटा  = रू. १०,०००,

६. पिउने पानी बोत्तल २४४x२०  = रू.४८८०,

७. तोरिको तेल लिटर x ३००० = रू.६४२० , ८. अयोडिन नुन x  =रू.१६९० र

९.अषधी =रू.१०,००० को गरि करिब  रू.३,५०,४९०( तिनलाख ५० हजार चासय नब्बे रूपैयाको समानहरू किनेर बितरण गरिएको थियो ।

‘राम्रो कामको लागी सबै एक ठाउँमा’ भने जस्तै उक्त राहत कार्यक्रमलाई  सहयोग गर्ने संघसंस्थाहरु निम्न अनुसारका रहेका छन :

१, संयोजक, मनबहादुर बुढामगर उपाध्यक्ष मगर समाज सेवा केन्द्र, ललितपुर ,

२, अयोजक मगर समाज सेवा केन्द्र ललितपुर ,

३, रोटेरी कल्ब अफ महाबैध पाटन ,

४.  रोटेरी कल्ब अफ इटहरी, सुनसरि ,

५. Friends of Nepal-New Jersey, USA,

६. गोरखा ग्रुप ( गोरखा इन्टरनेश्नल स्कूल, घोराही , गोरखा स्कूल,

तुल्सिपुर र भिक्टोरिया इन्टरनेश्नल कलेज घोराही),

७. Einstein Academy,Lalitpur,

८. SANN institute of Nursing, Kathmandu,

९.  Deep High School, Kathmandu,

१०. आमा समूहहरू (महिला जागरण आमा समूह,नख्खिपोट र नमूना आमा समूह धोबिधाट),

११. Rotaract Club of Mahabouddha, Patan,

१२. Youth Service(Self Help),

१३.Personal efforts र,

१३. Volunteers of Biratnagar हरूले सहयोग गरेका थिए ।

 

 

कार्यक्रमका संयोजक बुढा मगरले उक्त राहत संकलन तथा बितरण कार्यक्रमबाट गौरवका साथ आफुमा अझ समाजसेवामा केही गर्ने इच्छा शक्ती प्राप्त भएको जनाए । ” वास्तबमा राम्रो कामको लागी सबै एकै ठाउँमा जम्मा हुन सकिने र संयूक्त प्रयासबाट असल कार्य गर्न सकिने भएकोले सबैमा एकताको खाँचो भएको पनि उनले बताए ।
उक्त राहत संकलनमा सहयोग पुर्याउने सबै संघसस्थाहरूलाई ,पदधिकारी ,सहिर्दय व्यतित्वोहरु सबैलाइ ले.मनबहादुर बुढामगरले आयोजकको तर्फबाट धरै धन्यबाद दिएका थिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %