–सरोजमोहन लामा तामाङ
देशमा पहिलो संविधान सभा भंग भएपछि पुनः दोस्रो संविधान सभामा नयाँ संविधान निर्माण, त्यसभित्र पहिचान, संघियता, समावेशी आदि विषय बारे तातो बहशको झट्का र तरंग हाम्रा दिमाग, दिल, आँखा, कान आदि जनन्द्रीयहरुमा आईरहेको थियो । एक्कासी हामी माझ २०७२ साल बैशाष १२ गते करिब १२ बजे प्राकृतिक प्रखोप वा दैवी विपत्ती महाभुकम्पको झट्का र तरंगा पो आयो, गयो आईरह्यो । मुलुकै सबै चिजले केन्द्र मानिने काठमाण्डौ देखि सिन्दुपाल्चोक, गोरखा, रसुवा, नुवाकोट, धादिङ्ग, दोलखा, रामेछाप, काभ्रे, लम्जुङ्ग लगायतको स्थानमा ठूलो जनधनको क्षति गरायो । हुनत सो क्षेत्रलाई पहिचानको कुरा गर्दा ताम्सालिङ्ग, नेवाः, तमुवान, मगरात आदि भनिन्थ्यो त्यही क्षेत्रलाई भूकम्पले पनि आँखा गाडेको रहेछ ।
प्राकृतिक प्रखोप वा दैवी विपत्तीलाई हामीले राजनीतिक तथा वर्गिय हिसाबले हेर्नत नहुने हो तर भयो त्यस्तै । त्यसै सिलसिलामा मिति २०७२ साल बैशाष २० गते शनिवार काठमाण्डौबाट दोलखा जिल्लाको दक्षिण पूर्व सिमानको ईलाक नं ७ मा पर्ने माघपौवा, भुस्साफेदा, दुधपोखरी, काटकुटी, फस्कु, शैलुङश्वर र ६ मा पर्ने पवटी,घ्याङसुकाठोकर, भेट्पु, मेलुङ, डाँडाखर्क गा.वि.स.हरु छुने सडक बाटो हुँदै प्रत्यक्ष रुपमा महाभुकम्पबाट पिडीहरुलाई राहत वितरण गर्ने कार्यमा कुनै गा.वि.स.मा म आफ्फै समेल भए भने म सँगसगै मेरो सम्धी भिम लामा, मेरो मित विदुर शर्मा, भाईभतिजाहरु प्रेम लामा, सज्जन लामा, छिरिङ लामा, प्रखर लामा, डि.बी.लामा …आदि पनि सामेल थिएँ । हामीले बाटोमा जाँदाजादै कुनैमा राहत वितरण गर्ने कार्य अवलोकन गर्न पाईयो भने त्यस्तैगरी दोलखा जिल्लाको सिमानामा पर्ने सिन्दुपाल्चोकका केही गा.वि.स.हरुमा पनि राहत वितरण गर्ने कार्य हेर्न पाईयो । समग्रमा अहिले हामी सबैले दशैभरका राहत वितरण गर्ने कार्यहरु कुनै कुनै संचारको माध्यामहरु पत्रपत्रिका, टेलिभिजन, समाजिक सन्जालको माध्याम आदिहरुबाट हेर्न र पढ्न पाईरहेका छौ ।
राहत संकलन गर्दा ट्रीपर लगेर चामल लोडिङ गर्दा कालीमाटी कुलेश्वर हाईटमा झण्डै त्यहाँका स्थानीय नेवार बासिन्दाहरुको पिटाई खाएको । कारण चर्केका घर हल्लेर लडिन्छ भनेर एक दुई दिन अघिदेखिनै ठूला गाडी आउन त्यसक्षेत्रमा मनाही गरेका रहेछन् तर हामीलाई केही थाहा थिएन । विवाद समाधान गरियो त्यसपछि बल्ल बल्ल सामान सानो गडीमा लोडगरी ट्रीपरमा फेरि पुनः लोड ग¥यौ मुल सडकमा ल्याई । त्यसपछि हामी सबै राहत सामाग्री लोड गरी करिब ५ बजेतिर दोलखा हानियो । मुडेदेखिको कच्ची सडकमा राती ट्रीपर फसियो । रातभरी फसेको ट्रीपरलाई निकल्न कोसिस गरियो तर असफल भईयो त्यही कच्ची सडकमा ट्रीपरमा सुतेर रात बिताईयो हामीसबैले । भोलीपल्ट बिहाना भैसी डाँडाबाट फेरि अर्को फोर हुइल ट्रक मगाएर ट्रीपरको आदि सामान त्यो ट्रकमा लोड गरी बल्ल फसेको ट्रीपर निकाली त्यहाँबाट विहान हामी हिड्यौ । तर त्यो फसेको ट्रीपल निकाल्न हामीले काठको ठूलो भाटा त्यहाँका एकजा बुढा बालाई अनुमति लिएर प्रयोग गरेका थियौ । उसको छोराले किन प्रयोग गरेको भनी बुढा बाका छोरासँग र होहल्ला हुँदा त्यहाँका स्थानीयसँग पनि झण्डै झगडा भाको । बुढालाई सहयोग गरे बापत र त्यो काठको भाटा प्रयोग गरेबापत १÷१ बोरा चामल र एउटा त्रिपाल हामीले सहमतिमा दिने भनी पहिला सहमति भएको थियो त्यो सामान दिई विवाद मिलायौ । त्यसपछि हामी तोकिएको स्थानमा सम्बन्धित पिडीतहरुलाई राहत वितरण गर्न हिड्यौ ।
हामीहरुलाई त्यसै पनि राहत संकलन गर्न धेरै गाह्रो भएको थियो । त्यसमाथि पनि राहत वितरण गर्न ल्याउदा बाटोमा भएका विभिन्न किसिमका अफ्ठयाराहरुले त झन् के भयो होला ? हामीलाई तपाईहरुनै कल्पना गर्नुहोस । पछित संकलन गरिएका राहतलाई सम्बन्धित ठाउँको पिडीत समक्ष पु¥याई वितरण गर्न त झन् फलामको चिउदा चपाउनु जस्तै सारै गाह्रो पो रहेछ । बरु सगरमाथा चढ्न सजिलो होला । त्यो राहत भन्ने चिज वितरण गर्न त्यस्तो गाह्रो रहेछ ।
कारणहरु धेरै छन् मुख्य रुपमा निम्न छन्ः
पहिलो भुकम्प पिडीतहरुको वास्तविक तथ्याङ्क संकलन गरिएको छैन । त्यसमा पनि सत्य तथ्य तथ्याङ्क त छदैछैन हालसम्म मौखिक तथ्याङ्क मात्र रहेको छ । पिडीतहरुको वर्गीकरण पनि गरिएको छैन । राहतको सवालमा पनि–कुनै पिडीतलाई एउटा राहतको बढी जरुरी वा आवश्यक छ । भने कुनैलाई अर्कै राहतको । जस्तो घर भत्केकाहरु र घर चर्केर बस्नै नहुनेहरुलाई त्रिपालको मुख्य आवश्यक रहेको छ तर काठमाण्डौमा त्रिपाल किन्न पनि पाईरहेको छैन । घर सामान्य चर्केका तर घरमै बस्न हुनेहरु पनि माथि उल्लेखित गरेका पिडीत नै हुँ भन्ने दाबी गर्दोरहेछ । हुँदा हुँदा त मलाई त यस्तो लाग्यो कि भुकम्प आउदा हल्लेका हामीहरु सबै पिडीत हुन् भन्न पनि बेर गर्ने छैन यी पिडीत भनाउँदाहरुले भन्ने पो लाग्यो । यसप्रकारका सबैलाई फेरि पनि त्रिपालनै चाहिने । फेरि त्रिपाल पाउँदा राहतको नाममा आएका सबै सामाग्री चाहिने ।
दोस्रो त्यस्तो भैसकेपछि राहत थोरै हुने पिडीतहरु धेरै देखिने । वास्तविक पिडीत समक्ष राहतै नपुगिने अवस्था हुँदोरहेछ । राहतको नाममा आएको चामल, चिउरा, टर्चलाईट, छाता, कम्बल, मन्डी, दालमोट, आदि सामाग्रीहरु पाएको खण्डमा यो भन्दा हामीलाई त्रिपाल भए पुग्छ भन्ने तर त्रिपाल पनि पाईसकेपछि सबै चाहियो भन्दो रहेछ । अनि त्यी सबै चिज पाइएको खण्डमा खाने थाल, प्लेट पनि चाहियो भन्दोरहेछ । माग र आवश्यकता बढाउदै लगेर पनि राहत वितरण गर्ने काम सारै गाह्रो हुने रहेछ ।
तेस्रा भुकम्प पिडीत मध्येहरुमा पनि जागिरे, शिक्षक, शिक्षीत वर्गहरुलाई नै राहतको नाउँमा आएका राहत सामाग्रीहरु पाउने कुरामा पहुँच हुँदोरहेछ र सहज रुपले पाउदो पनि रहेछन् । नपाएमा माग गर्दोरहेछन् । किनभने राहत सामाग्री आउदैछ वा ल्याउदै छ भन्ने पहिलो जानकारी वा सूचना नै उनीहरुले चाल पाउँदो रहेछ । विचारा शैक्षिक, आर्थिक, राजनीतिक, सामाजिक सबै रुपमा त्यत्तिकै पिडित त्यसमा पनि भुकम्पले पिडीतहरु त सधै पिडीत र पछि पर्दोरहेछन् । त्यसलाई व्यवस्थापन गरेर प्राथमिकता तोकेर वितरण गर्ने सवालमा पनि सारै गाह्रो हुने गर्दोरहेछ ।
चौथो राहत वितरण गरेर सहयोग गर्नेहरुलाई नै विभिन्न किसिमका दोष, लान्छनाहरु लगाउदा रहेछन् । धेरै जान्ने स्थानीय ओ.जे. (ओभर जान्ने) हरुले । त्यी ओ.जे.ले खाषगरी दोष र लान्छना लगाउने कुरा भनेका धेरै राहत यिनीहरुले खाए । यहाँ चाहिं देखाउन लागि मात्र थोरै ल्याएका हुन् । अनि यहाँका फोटो खिचेर लगेर फेरि हाम्रो नाममा आएका राहत पैसा उनीहरुले खान्छन् जस्ता अमानवीय दोष र लान्छनाहरु लगाउदा रहेछन् । स्यावास, धन्यावादको त परकै कुरा हुने भए । फेरि हाम्रा सहयोगी मन भएका संघ÷संस्था व्यक्तिहरुले पनि त्यस्तै गर्ने गरेका गर्छन् । राहतको एक पोका लग्यो फोटो खिच्यो सामाजिक सन्जालमा हाल्यो । त्यो राहत कसरी कसलाई कहाँ बाँड्ने पत्तो नै छैन । जसलाई पायो त्यसैलाई दियो बस ।
पाँचौ काठमाण्डौबाट राहत वितरण गर्न तोकिएको सम्बन्धित ठाउँमा लाननै गाह्रो विचैमा लुट्ने डर । काठमाण्डौबाट कुनै एक दुईवटा धनी संघ-संस्थाले त ढुवानी, गाडीसबैको व्यवस्था गर्दोरहेछन् तर राज्यको राम्रो सुरक्षाको अभावले गर्दा विचैमा लुटेराहरुले लुट्ने पिडीतलाई वितरण गर्ने नाममा । अर्को कुरो राज्यले राहतको व्यवस्था त गर्ने तर ढुवानी गाडी सबै त्यो राहत वितरण गर्ने वा सहयोग गर्ने व्यक्ति या संघ-संस्था आफ्फैले व्यहोरेर तोकिएको सम्बन्धित ठाउँमा लानु पर्ने, पर्दोरहेछ । त्यसमा पनि फेरि गाडी नै नभेटिने भेटी हालेमा पनि महँगो न महँगो ढुवानी र गाडी भाडा भएर पनि चौपटै छ ।
यी र इत्यादि कारणहरु धेरै छन् यसतर्फ नेपाल सरकार र सम्बन्धित सरोकारवालाहरु अनि हामी सबै नेपालीहरुले बेलैमा ध्यान पु¥याई समाधान गर्न जरुरी देखिन्छ, समाधानका लागि सहयोग गर्न जरुरी देखिन्छ ।
त्यसतर्फ ध्यान पु¥याऊ बसै सचेत हऊ । त्यतीका बाबजुत पनि बुद्ध जयन्ती मनाउने बेला जयन्ती मनाउने नौलो तरिका स्वरुप बुद्धका उपदेश अनुसार भुकम्पले पिडीतहरुको चहराइरहेका घाउँहरुमा अलिकती भएपनि मलम लगाउने सनो समाज सेवाको काम गरियो । आफ्नै जिल्ला दोलखाको घ्याङसुकाठोकर र भेट्पु गा.वि.स.का भुकम्प पिडीतहरुलाई राहत पहिला तनापूर्ण पछि शान्तिपुर्ण हिसाबले वितरण गरियो । कारण माथिका उल्लेख गरेका प्रायः सबै हुन त्यसमा पनि घ्याङसुकाठोकर र भेट्पुको सवालमा घर पूर्णरुपले क्षति भएको कम छ तर पनि पूर्ण रुपले क्षति भएको र बस्न नहुने गरी चर्केकाहरुलाई बढी प्राथमिकतामा राखी वितरण गर्न खोज्दा घर चर्केको सबै जनताले राहतको आशा गरे पहिला, अनि पाउनु पर्ने दाबी गरे, अधिकार हो भने, त्यसपछि कुट्पिट् गर्न खोजे, लुटपाट गर्न पनि खोजे, झगडा गर्नै पनि तम्से तर अन्तमा आफ्नै गाउँले दाजुभाई दिदीबहिनीहरुनै भएकाले सम्झाउन सफल भईयो ।
गाउँलेहरुका घर पनि फेरि केही बाहेक प्रायः सबैको नै चर्केको रहेछ । सायद यस्तो समस्या मलाई लाग्छ देशैभरी होला । त्यसो हुँदा राहत थोरै पिडीत धेरै भो । तैपनि हामीले वडा स्तरको कमिटी बनाई त्यो कमिटीको सिफारिस र रोहवरमा सबै राहत वितरण ग¥यौ । भेट्पु र घ्याङ दुबै गा.वि.समा गरी करि ३०० वटा त्रिपाल (रोल त्रिपाल समेत गरी), २०० बोरा चामल, २०० वटा व्लाङकेट, २०० वटा म्याटेस्, २०० वटा मन्डी, ५० वोरा चिउरा, २५ चाउचाउ, १० बोरा दालमोट, १० वटा टर्चलाइट, १० वटा छाता आदि सामाग्री क्षेत्र नं. १ को सभासद् पार्वत गुरुङ, सहयोगी मन भएका व्याक्तिहरु, समाज सेवा गर्ने संघ-संस्थाहरु आदिवाट सहयोग प्राप्त राहत सामानहरु तनावपूर्ण तरिकाले शान्तिपूर्ण हिसाबले पिडीहरुलाई २०७२ साल बैशाष २१ गते आईतवार दिनभर वितरण गरियो । हामी तुरुन्त फक्र्यौ रातभरीको यात्रा गरी काठमाण्डौमा राती २ बजे आईपुग्यो किनभने फेरि अन्य ठाउँका भुकम्प पिडीतहरुलाई राहत संकलन गर्न थियो ।