अन्तर्राष्ट्रिय मगर मञ्चले धादिङको सलाङ्गमा राहात वितरण गर्यो

Read Time:3 Minute, 6 Second

फोटो फिचर सहित

दिपा आले मगर  

 धादिङ,बैशाख २६- अन्तर्राष्ट्रिय मगर मञ्चले भुकम्प पीडित धादिङ्ग जिल्लाको सलाङ्ग गाविस वडा नं. ९ का जनताहरुलाई बैशाख २५ गते शुक्रबारका दिन उनीहरुकै गाउंमा गएर राहात वितरण गरेको छ ।

वैशाख १२ गते गएको महाभुकम्पमा परेका सलाङ्ग गाविसका सबै घरहरु ध्वस्त भएका छन् । खुला आकाश मूनि दिनरात बिताउन बाध्य उनीहरुकै गाउंमा गएर मञ्चले राहात वितरण गरेपछि पिडितहरू हर्षित भएका थिए ।  

मञ्चले भुकम्प पीडितको राहातकोलागि चामल, दाल, कपडा, नुन, तेल, त्रिपाल, लगाउने लत्ताकपडा, औषधी लगायतका सामाग्रीहरु ह्स्तारन्तण गरेको हो । मञ्चका प्रतिनिधि एव हङकङ मगर संघका अध्यक्ष चन्द्रज्योति आले मगरले भुकम्प पीडितहरुलाई राहात वितरण गरेकि हुन । 

भुकम्प पीडित राहातकोलागि गएको टोलिमा डा.राजेन्द्र पून मगरले भूकम्पमा परि धाइते भएका बिमारीहरूको स्वास्थ्य परिक्षण गरि औषधी समेत बितर्ण गरेका थिए ।

राहात एवं प्रत्येक्ष भेटघाटकै क्रममा हङकङ मगर संघका कोषाध्यक्ष निलु मगरले भुकम्प पीडितहरुको सहयोगकालागि हङकङमा बसोबास गर्दै आएका नेपालीहरुले सहयोगको हात फैलाएको बताए । दुःखमा परेका नेपालीहरुलाई सहयोग गर्न पाउंदा आफू हर्षिक समेत भएको निलुले बताइन ।  

 

 

भुकम्प पीडितहरुकोलागि राहात एवम प्रत्येक्ष भेटघाटको संयोजन नेपाल मगर संघ केन्द्रीय समितिले गरेको हो । मगर संघका केन्द्रीय अध्यक्ष महेन्द्र थापामगर, उपाध्यक्ष गंगा थापामगर,महासचिव नविन रोकामगर, कोषाध्यक्ष राजेन्द्र थापामगर, सचिव ज्ञानेन्द्र पुनमगर, रक्षा रैकामगर, पदमा आलेमगर, नेपाल मगर विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दिपा आलेमगर, मिस हङकङ पुजा रानामगर, मिस तनहुं एवंम प्रतिविन्बका नायिका पवित्रा सारुमगरलगायतको उपस्थिति रहेको थियो ।

 

राहातकालागि अन्तर्राष्टिय मगर मञ्च आज भक्तपुरको पलासेमा गयको छ भने  भोलि रामेछाप जाने मगर संघका संगठन सचिव ज्ञानेन्द्र पुनमगरले जानकारी दिए ।

 

 

 

(डा.राजेन्द्र पून मगरले भूकम्पमा परि धाइते भएका बिमारीहरूको स्वास्थ्य परिक्षण गर्दै) 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %