मगरहरूले सिन्धुपाल्चोकमा राहत वितरण सम्पन्न गरे

Read Time:1 Minute, 57 Second

ज्ञानेन्द्र पुनमगर

  सिन्धुपाल्चोक , बैशाख २३ गते- महाभूकम्पले सिंगो देश नै बिपतमा रुमलिएको परिस्थितिमा मगर अन्तरास्ट्रिय मन्चको सदस्य राष्ट्रहरुद्वारा महाभुकम्प पिडितहरुलागि संग्कलन गरेको राहत तथा सहयोगलाइ आज नेपाल मगर संघको संयोजन मन्चको प्रतिनिधिहरु को उपस्थितिमा सिन्धुपाल्चोक जिल्लाको साँगाचोक स्थित रानाथोकमा एक कार्यक्रमका बीच वितरण गरियो ।

  नेपाल मगर संघको अध्यक्ष महेन्द्र थापामगर र अन्तरास्ट्रिय मन्चको प्रतिनिधि तथा मगर संघ हंगकंगका अध्यक्ष चन्द्रज्योती आलेमगर त्यहाँका स्थानिय प्रभावितहरुलाई संयुक्त रुपमा वितरणगरेका थिए ।

यस राहत वितरण कार्यक्रममा स्थानीय १०० घरका प्रभावितहरुको उपस्थिति रहेको थियो। राहत हस्तान्तरण कार्यक्रममा नेपाल मगर संघको सचिवहरु द्वय ज्ञानेन्द्र पुनमगर, रक्षबहादुर रैकामगर, कोषाध्यक्ष राजेन्द्र थापामगर, मगर संघ हंगकंगको कोषाध्यक्ष निलम थापामगर, मिस मगर हंगकंग पुजा रानामगर, डा राजेन्द्र पुनमगर लगाएतको उपस्थिति रहेको थियो । 

राहत वितरणमा ५० थान त्रिपाल, १०० प्रति लगाउने लुगा, १५ प्रति टर्च लाइट, १० थान बलंकेट, सुत्केरी तथा महिलाहरुको लागि कपडाहरु हस्तान्तरण गरिएको थियो भने पिडितहरुको तर्फबाट धन्यबाद ब्याक्त गरिएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %