मनोज घर्तीमगर
पोखरा–१७ रातो पैह्रोमा अन्तराष्ट्रिय पर्वतिय संग्रहालय छ । जुन पोखराको गहना हो । यहाँ वर्षेनी हजारौं देशीविदेशी पर्यटक आउँछन् । २०६० सालबाट औपचारिक रुपमा सुरु भएको हो । यसलाई नेपाल पर्वतारोहण संघले संचालन गरेको छ भने यसको क्षेत्रफल १०० रोपनी हो । पर्वत(हिमाल) हरुको तथा यसमा आरोहण गर्ने साहसी आरोरिहको ऐतिहाँसिक तथ्यहरु, यी पर्वतहरुको सेरोफेरोमा बसोबास गर्ने मानिसका सँस्कार, सँस्कृति, भौगर्भिक संरचना, वनस्पती तथा जीवजन्तु र अन्य क्रियाकलापहरुको बारेमा विविध जानकारी राखिएको प्रष्टै देखिन्छ ।
भुईतलाको दायाँतिर रहेको हलमा भिडियो हेरिसकेपछि संग्रहालयको घुमाई सुरु हुन्छ । संग्राहालयमा मुख्य चार वटा प्रर्दशनी कक्षहरु अन्र्तगत १२ वटा शाखा कक्षहरु छन् । संग्राहालयको प्रथम कक्ष (दायाँतिर)बाट अवलोकन गर्न सुरु गरिन्छ । यहाँ मुख्य दुईवटा शाखा कक्षहरु छन् । त्यसमध्ये क शाखामा नेपालको पर्वतिय क्षेत्रमा बसोबास गर्ने विभिन्न जातिहरुको झलक देखाईएको छ ।
‘संग्रहालय भनेको त्यो विज्ञान हो, जसले एकै छतमुनि एकै विषयसँग सम्बन्धित सम्पूर्ण कुराहरुको जानकारी गराउँछ’ संग्रहालयविद् एवं कार्यालय प्रमुख बलप्रसाद राईले भने,‘हाम्रो स्रग्रहालय पर्वतिय हो । जहाँ पर्वत (हिमाल) सम्बन्धि जानकारी दिने सम्पूर्ण कुराहरु छन् ।’
यस कक्षमा भएका गुरुङ, मगर, तामाङ, छन्त्याल, शेर्पा, थकाली, किराँतहरुको सँस्कार तथा सँस्कृति झल्काउने भेषभुषा, गर गहना, बाजागाजा, भाँडाकुडा र हतियार चाख मानि मानि हेर्छन् धेरैले । शाखा ख विश्वका अन्य पर्वतिय क्षेत्रमा बसोबास गर्ने मानव जातिको झलक हो यो । त्यति मात्रै हैन । विश्वका पर्वतिय क्षेत्रमा बसोबास गर्ने मानव जातिको त्यतिबेलाको विभिन्न संस्थाकार पनि छ यहाँ । ‘आजभन्दा ५० वर्ष अघि विश्वका विभिन्न पर्वतिय क्षेत्रमा महिलाले हलो तान्ने पुरुषले जोत्ने गर्थे त्यति नै बेला नेपालमा गोरुले तान्ने पुरुषले जोत्ने गर्थे ।’ त्यसको तस्वीर पनि संग्राहलयमा छ ।
दोस्रो शाखा अर्थात पर्वत शाखा कक्ष । यहाँ अन्तराष्ट्रिय पर्वतश्रृङ्खला सम्बन्धी विविध तथा बहुआयामिक जानकारी छन् । यस मुख्य कक्षमा सम्बन्धित चार वटा शाखा कक्षहरु रहेका छन् । यसमध्ये शाखा क मा संसारका ८ हजार मिटरभन्दा माथी उचाई भएका १४ वटा तस्वीरहरु देख्न सकिन्छ । यसको अगाडी दायाँ बायाँमा नेपालका उच्च पर्वतहरु, अन्नपूर्ण, मनास्लु, धौलागिरी, माछापुछ«े लगायतका हिमालहरुको तस्वीर प्रर्दशित छ । यसको शाखा ख मा पर्वतको भौगर्भिक संरचना र हिमाल पर्वतहरु कसरी उत्पत्ति भए भन्नेबारे जानकारी गराउने सामाग्री राखिएको संग्रहालय प्रमुख एवं संग्रहालयविद बलप्रसाद राईले जानकारी दिए ।
शाखा ग पर्वतीय वनस्पती तथा जीवजन्तुको बारेमा जानकारी लिने कक्ष हो । यो कक्षको अवलोकनपछि शाखा घ मा पुगिन्छ । जहाँ कावाचुगी इकाई, डा.टोनी हेगन र कुमार खड्का विक्रम शाहा, डा. हर्क गुरुङले नेपाल तथा नेपाल पर्वत सम्बन्धी विभिन्न योगदान पु¥याएकाले उनीहरुको जीवनबारे झल्काउन विभिन्न सामग्री प्रस्तुत गरिएको छ । यसलाई चार व्यक्तित्वको कोण को नाम दिईएको छ । ‘यी सबै व्यक्ति हाम्रो संग्रहालय बनाउनमा ठूलो योगदान दिने व्यक्ति हुन्’ बलप्रसादले उनीहरुको योगदानको स्मरण गरे ।
तेस्रो मुख्य कक्षलाई ‘पर्वतिय क्रियाकलाप कक्ष’ नाम दिईएको छ । यहाँ पनि चार वटा शाखा छन् । यी सबै तल्लो तलामा छन् । शाखा क को प्यानल बोर्डहरुमा अन्नपूर्ण प्रथमका प्रथम सफल आरोहण सन् १९५० देखि अन्तिममा सिसापाङमा पर्वतका प्रथम सफल आरोहण सन् १९६४ सम्मको अवधिमा संसारका १४ वटा उच्च पर्वतहरुको प्रथम आरोहण गर्ने होडबाजीमा कुन देशका क–कसले कुन सालमा सफल आरोहण गरे भन्ने विस्तृत रुपमा उल्लेख छ ।
यसैगरि त्यही शाखाको सोकेशहरुमा सन् १९५० सम्म संसारका कुन कुन देशका क–कसले सफल आरोहण गरे र सफल आरोहीका तस्वीर तथा उक्त सफल आरोहण गर्न प्रयोग गरिएका लुगाफाँटा र अन्य प्राप्त सामग्रीहरु समेत प्रर्दशन गरिएको छ । शाखा क मा पर्वत आरोहण गर्दा के कस्ता सामग्रीहरु आवश्यक पर्दछ र तिनीहरुको प्रयोग कसरी गर्ने भन्ने सोकशहरुमा प्रस्तुत गरिएका सामाग्री हेरेपछि शाखा ‘ग’ मा प्रवेश गर्नुपर्छं । जहाँ पर्वतिय र सगरमाथा तथा लोत्सेबाट सन् २००० देखि २००३ सम्म सफाइ अभियान टोलीले उठाई ल्याएका फोहोर मैला प्रर्दशन गरिएको छ । शाखा ‘घ’ मा ब्रिटिस काउन्सील र रोयल जोग्राफीकल सोसाईटी व्रिटेनको सौजन्यबाट प्राप्त सन् १९२१ देखि सन् १९५३ सम्मको ब्रिटिस आरोहीदलले सगरमाथा आरोहण गर्दा खिचेका महत्वपूर्ण तस्वीहरु छन् । त्यतिबेला बेलायतले आफ्ना नागरिकलाई सन् १९२०/२१ बटै सगरमाथा आरोहणका लागी पठाए पनि सन् १९५३ आएर एडमण्ड हिलारी र नेपाली नागरिक तेञ्जिङ्ग नोर्गे शेर्पा हिमाल सगरमाथा आरोहण गरेको जानकारी पाइन्छ ।
अन्तिम तथा मुख्य चौथो कक्ष हो । यो कक्षमा दुईवटा शाखाहरु छन् । यसमा आइयूसिएन तथा आईसीआईएमओडीले गरेका पर्वतीय मानव जातीको उत्थानको लागि विविध कार्यक्रमहरु गर्दै आएको र गरिरहेको कामका बारेमा जानकारी दिने प्रर्दशनी छ । यस मुख्य कक्षअन्र्तगत आइयूसिएन र आईसीआईएमओडी शाखा रहेका छन् । संग्राहालय भवनभित्र पुस्तकालय, सभा सम्मेलन कक्ष पनि छ । यहाँ रहेको बौद्ध धर्मावलम्बीको ‘लाखाङ्ग’ अवलोकन गर्दा मन शान्त हुन्छ । ‘लाखाङ्ग भनेको बौद्ध धर्मावलम्बीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम देखाउने, पाहुनालाई यही सुताउने । धुप बत्ति बाल्ने स्थान हो’ बलप्रसादले लाखाङ्गको बारे बताए ।
संग्रहालयको भित्री भाग अवलोकनपछि तल्लो तलाबाट माथी उक्लनुपर्छ । माथिल्लो तलाबाट संग्रहालयको उत्तरतिरबाट नेपालमा रहेका आठ हजार मिटर भन्दा अग्ला हिमाल अन्नपूर्ण, धौलागिरी र मनास्लु सबै संग्रहालयभित्रै बसेर हेर्न सकिन्छ । यी हिमश्रृङखला हेर्नलाई कुर्सी पनि छन् । ‘संसारमा धेरै संग्रहालय छन्, तर हाम्रो जस्तो एकै स्थानबाट आठ हजार मिटरभन्दा अग्ला हिमाल हेर्न सकिने स्रग्रहालय विश्वमा कुनै ठाउँमा छैन’ बलप्रसाद भन्छन्,‘ त्यहीभएर यो सग्रहालय सबैभन्दा राम्रो मानिन्छ । यहाँबाटै नेपालमा रहेका आठ हजार मिटर भन्दा अग्ला तीन वटै हिमाल हेर्न सकिन्छ भन्ने कुर सबैलाई भन्नुपर्छ है । अनि पो प्रचार हुन्छ ।’
संग्राहलय परिसरमा रहेको दश मिटर अग्लो मनास्लु हिमालको नमुना, नमुना नेपाली गाउँ, नेपाली परम्परा अनुसार बनाईएको रेष्टरेण्ट र साढे २१ मिटरको कृत्रिम आरोह पर्खाल छ । संग्राहालयमा हप्ताको सातै दिन खुल्ने हुनाले जुन दिन आए पनि हेर्न पाईन्छ । विहान नौ बजेखि बेलुकी पाँचबजेसम्म मात्र खुल्ने भएको यही समयभित्र त्यहाँ छिर्नुपर्छ । विहान नौ बजेदेखि साँझ साढे चार बजेसम्म मात्र टिकट पाईन्छ । प्रवेश शुल्क तेस्रो मुलुकका विदेशीलाई प्रतिव्यक्ति रु तीन सय, सार्क मुकुकका विदेशीलाई एक सय, नेपाली नागरिकलाई रु ५०, नेपाली विद्यार्थीलाई रु २५ तिर्नुपर्छ । फ्रान्स ,बेलायत र अमेरीकाबाट निकै मेहनतका साथ सामाग्रीहरु जुटाईएको हो यो संग्रहालयमा ।